नेकपा (क्रान्तिकारी माओवादी) को विशेष अपिल

6सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक तथा जनसमुदायका नाममा

नेकपा (क्रान्तिकारी माओवादी) को विशेष अपिल

“ ‘एकता’ को नाराले हामी भ्रममा पर्नुहुँदैन । जुन मानिसहरूका मुखबाट यो शब्द सबैभन्दा बढी सुन्न पाइन्छ, तिनले नै सबैभन्दा बढी फुटका बीज रोपिरहेका छन् ।” -फ्रेडरिक एङ्गेल्स

“मार्क्सवाद लागु गर संशोधनवाद होइन, एकताबद्ध होऊ नफुट, स्पष्ट र खुला होऊ छलछाम र षड्यन्त्र नगर ।”–माओत्सेतुङ्ग

आदरणीय जनसमुदाय तथा प्रिय कमरेडहरू,

क्रान्तिकारी अभिवादन !

उक्त पहिलो उद्धरण २० जुन १८७३ मा फ्रेडरिक एङ्गेल्सले अगस्त बेबेलको नाममा पठाएको पत्रबाट लिइएको हो । एङ्गेल्सले अवसरवाद र अराजकतावादका विरुद्धको विचारधारात्मक सङ्घर्षको प्रक्रियामा उक्त विचार व्यक्त गर्नुभएको हो । आज हाम्रो पार्टीमा पैदा भएको भीषण दुई लाइनसङ्घर्षको प्रक्रियामा पनि एङ्गेल्सको यसप्रकारको विचारको वैज्ञानिकता शानदार रूपमा पुनः प्रमाणित भएको पाइन्छ ।

उक्त दोस्रो उद्धरण १९७१ अगस्त र सेप्टेम्बरका बिचमा माओले चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा द–दश पटक भएका ठूला दुई लाइनसङ्घर्षहरूका क्रममा अभिव्यक्त विचारमा आधारित छ । अहिले हाम्रो पार्टीको नेतृत्वका कतिपय जिम्मेवार कमरेडहरूले माओका यसप्रकारका विचारहरूको ठाडो उल्लङ्घन गरिरहेका छन् ।

आज हाम्रो पार्टी इतिहासको एक गम्भीर मोडमा खडा छ । २०७२ चैत्र १२ बाट सुरु भई १० दिनसम्म चलेको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । यस बिचमा एकताका नाममा पार्टीलाई फुटाउने अनेकौं कसरत भइरहेका छन् । यो बेला दुईलाइन सङ्घर्ष निकै उत्कर्षमा पुगेको छ । यस स्थितिमा निम्न विषयमा गम्भीरतापूर्वक ध्यान दिन, अत्यन्तै मनोयोगपूर्ण तरिकाले चिन्तन–मनन गर्न र पार्टी जीवनमा पैदा भएका भीषण प्रकारका बाह्य तथा आन्तरिक चुनौतीहरूको दृढतापूर्वक सामना गर्दै अगाडि बढ्नका लागि हाम्रो पार्टी सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक तथा जनसमुदायलाई विशेष अपिल तथा हार्दिक अनुरोध गर्दछ ।

ज्ञ.    पार्टी एकतासम्बन्धी दुई दृष्टिकोण

हामीले विभिन्न कम्युनिस्ट घटकहरूसितको पार्टी एकतालाई अधिभूतवादी होइन, द्वन्द्ववादी तरिकाले बुझ्नुपर्दछ । आज नेपालमा पार्टी एकताको जुन चर्चा चलिरहेको छ, त्यसका दुई पक्ष छन् – सकारात्मक र नकारात्मक । क्रान्तिकारी जनसमुदाय, शुभचिन्तक तथा नेता–कार्यकर्ताको एउटा हिस्साले सच्चा कम्युनिस्टहरूसहित क्रान्तिकारी माओवादीहरू एकताबद्ध होऊन् र तिनले क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाऊन् भन्ने रहेको छ । यो एकताको सकारात्मक पाटो हो । हामीले यसको स्वागत एवम् सम्मान गर्नुपर्दछ । परन्तु, अर्कोतिर साम्राज्यवादी, विस्तारवादी, घरेलु प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादीहरूले एकताको प्रक्रियामा गएर क्रान्तिकारी धाराको अवसान होओस् र त्यो संसदवाद एवम् दक्षिणपन्थी भासमा चुर्लुम्मै डुबोस् भन्ने चाहन्छन् । त्यहाँ छलछाम र षड्यन्त्र छ । यो एकताको नकारात्मक पाटो हो । यसको हामीले दृढतापूर्वक विरोध गर्नुपर्दछ ।

अधिभूतवादले या त सकारात्मक या नकारात्मक केवल एकपक्षीय रूपमा मात्र सोंच्न प्रेरित गर्दछ । यसको ठीक विपरीत द्वन्द्ववादले सकारात्मक र नकारात्मक दुवै पक्षमाथि आवश्यक ध्यान दिन्छ । आज हामीले दक्षिणपन्थी अवसरवादीहरूसितको एकताको दृढ विरोध गर्नुपर्दछ । अहिले क्रान्तिकारी सिद्धान्त र कार्यदिशालाई परित्याग गरेर पार्टी एकताको जुन हल्ला चलिरहेको छ, त्यो नकारात्मक नै रहेको छ । अहिले यसप्रकारको एकताको होहल्लाका पछाडि नकारात्मक पक्ष नै प्रभावी रहेको छ ।

द्द.   वर्तमान दुई लाइनसङ्घर्षका विभिन्न चरण

अहिले हाम्रो पार्टीमा दुईलाइन सङ्घर्ष विभिन्न चरण हुँदै भीषण रुपमा अगाडि बढिरहेको छ । पार्टी एकताका मूल आधारका सन्दर्भमा केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नका लागि तयार पारिएको क. किरणको प्रस्तावका विरुद्ध क. बादलको फरक मतको प्रस्तावबाट यो सङ्घर्ष स्पष्ट देखिने गरी सुरु भयो । क. किरणको प्रस्तावमा उल्लिखित नयाँ जनवादका विरुद्ध क. बादलद्वारा राष्ट्रिय जनवाद अर्थात् राष्ट्रिय प्रजातन्त्रको ख्रुस्चोभ तथा तुल्सीलाल पक्षीय विचारसहितको प्रस्ताव प्रस्तुत गरियो र ती दुवै प्रस्ताव केन्द्रीय सल्लाहकार समितिको बैठकमा पेश भए । यहाँसम्म आउँदा दुईलाइन सङ्घर्षको पहिलो चरण पूरा भयो । सल्लाहकार समितिमा आएको प्रतिक्रिया तथा सुझाव पश्चात् क. बादलले त्यस प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा सुझावका रुपमा पूरक प्रस्ताव भनेर पेश गर्नुभयो । सीसीको बैठकमा अन्य कमरेडहरूद्वारा पनि लिखित ढङ्गले अभिमतका रुपमा केही प्रस्ताव पेश भए । यसरी बैठकको विषयवस्तु पार्टी एकताका आधारमा मात्र होइन, राजनीतिक कार्यदिशाका प्रश्नमा पनि केन्द्रित हुन पुग्यो । त्यस स्थितिमा बहसको प्रक्रियामा सीसीएम कमरेडहरूबाट आफ्ना मत जाहेर गरिए । परन्तु, प्रायशः सबै सीसीएमहरूको साझा अभिमत – (क) सर्वप्रथम आन्तरिक एकतालाई बलियो बनाउने, (ख) सिद्धान्तनिष्ठ एकता गर्ने र (ग) राष्ट्रिय सम्मलेन गरी पार्टीको कार्यदिशालाई विकसित तुल्याउने भन्ने रह्यो । यहाँसम्म आउँदा दोस्रो चरण सकियो । अनि स्पष्टीकरणका लागि गृहकार्यसहितको तयारी गर्न भनी दुईदिन बैठक स्थगित गरियो । नेतृत्व टिमका कतिपय जिम्मेवार कमरेडहरूबिच अन्तरक्रिया गरियो । क. किरणद्वारा एकताका मूल आधारसम्बन्धी प्रस्तावको अङ्गको रुपमा सङ्क्षेपीकृत ११ बुँदे प्रस्ताव तयार पारियो । त्यसका विरुद्ध क. बादलद्वारा एकातिर १४ बुँदे प्रस्ताव र अर्कोतिर सीसीएमहरूको हस्ताक्षर अभियान चलाइयो । यसप्रकारको जटिल स्थितिमा अन्तरक्रिया तथा गृहकार्य गरी पार्टी एकतालाई बचाउनका लागि क. किरणद्वारा १ महिनाका लागि के. स. को बैठक स्थगन गरियो । यहाँनेर आउँदा अन्तरसङ्घर्षको तेस्रो चरण पूरा भयो । यसैबिचमा एकातिर बादलसहितका कमरेडहरूद्वारा उक्त ११ बुँदे प्रस्तावका आधारमा एमाओवादीसित वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव आयो भने अर्कोतिर क. बादलद्वारा अध्यक्षलाई थाहै नदिई एकताका लागि एमाओवादीसहितका विभिन्न पक्षसित वार्ताको प्रक्रिया अगाडि बढाइयो । त्यस स्थितिमा बाध्यतावश पुनः बैठक स्थगित गरियो । यहाँसम्म आउँदा अन्तर्सङ्घर्षको चौथो चरण पूरा भयो । अनि त्यसपश्चात् एकातिर क. बादलद्वारा अध्यक्षसित नसोधी बैशाख २८ गते के. स. को बैठक आह्वान गरियो भने अर्कोतिर आधिकारिक र विधिसम्मत नभएको सो बैठकमा उपस्थित नहुन अध्यक्षद्वारा सीसीएम कमरेडहरूलाई जानकारी गराइयो । यसैबिच क. बादलद्वारा अध्यक्षलाई बैठक स्थगित नगरियोस् भनी पत्र पठाइयो र सो पत्रमा अध्यक्षद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई मान्ने कुरा पनि उल्लेख गरियो । यहाँसम्म आउँदा अन्तर्सङ्घर्षको पाँचौं चरण पूरा भयो । परन्तु, सारमा कुरा अर्कै थियो । यस बिचमा क. बादलको नेतृत्वमा अध्यक्षलाई थाहै नदिई एमाओवादीसित घनीभूत रूपमा एकतावार्तालाई अघि बढाइयो र कथित साझा सहमतिका रूपमा १२ बुँदे प्रस्ताव तयार पारियो । यसप्रकारको जटिल स्थितिमा स्थगित सीसी बैठक जेठ १ गते राखिएकोमा त्यो पनि स्थगन गर्न बाध्य हुनुप¥यो । यहींनेर दुई लाइनसङ्घर्षको छैटौं चरण पार भयो ।

यहाँ हामीले दुईलाइन सङ्घर्षको जटिलता, तीव्रता, भीषणता र बक्रतालाई देख्न सक्तछौं । नयाँ जनवादको विरोधमा राष्ट्रिय जनवाद अर्थात् राष्ट्रिय प्रजातन्त्रको प्रस्ताव लिएर आउने क. बादल फेरि फनक्कै घुमेर अध्यक्षद्वारा प्रस्तुत नयाँ जनवादको प्रस्ताव मान्ने बहाना गर्न पुग्नुभयो । अनि त्यसको ठीकविपरीत अन्ततः वहाँहरू एमाओवादीसित साँठगाँठ गरी साझा “सहमति” को सारसङ्ग्रहवादी तथा अवसरवादी प्रस्तावमा सहमत हुनुभयो । यहाँ हामीले दुई लाइनसङ्घर्षको आरोह–अवरोहमय प्रक्रियामा आधारित द्वन्द्ववादलाई राम्रोसित बुझ्न र तदनुरुप अत्यन्तै सचेत रूपमा अगाडि बढ्न जरुरी छ ।

घ.    के. स. को बैठक पहिलो स्थगन

केन्द्रीय समितिको बैठक एक महिनाका निम्ति किन स्थगन गरियो त ? यस प्रश्नलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ । यसरी के. स. को बैठक स्थगित गर्नुका पछाडि मूलतः दुई ओटा कारण छन् । पहिलो, अध्यक्षद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावका विरुद्ध १४ बुँदे प्रस्ताव ल्याइयो । दोस्रो, अध्यक्षलाई पार्टी एकताका निम्ति दबाब दिनका निम्ति हस्ताक्षर सङ्कलन अभियान चलाइयो । अनि यी दुवै कुरालाई सार्वजनिकसमेत गरियो । स्पष्ट छ, यी सबै गतिविधि पार्टीको आन्तरिक पङ्क्तिलाई खल्बल्याउने तथा पार्टीलाई विभाजित गर्ने कारण बन्न गएका छन् ।

अनि १४ बुँदेमा के छ त ? त्यहाँ नयाँ जनवादको उल्लेख त गरिएको छ, परन्तु सबै फरक–फरक राजनीतिक कार्यक्रम र कार्यदिशाहरूलाई एकै ठाउँमा राखेर एकता महाधिवेशनमा हल गर्ने कुरा बताइएको छ । १४ बुँदे प्रस्तावमा एमाओवादी नेतृत्वको प्रस्ताव, क. सोनामको प्रस्ताव र क. बादलको प्रस्तावलाई एउटै ठाउँमा मिलाइएको छ, जस्तो कि हेरौं ः

(क) एमाओवादीको प्रस्ताव ः “नयाँ जनवादी क्रान्तिको रणनीति वा समाजवादी क्रान्तिको रणनीति भन्ने लगायतका प्रश्नलाई बिना कुनै आग्रह, पूर्वाग्रह आन्तरिक अध्ययन र छलफलका माध्यमबाट ठोस वस्तुको ठोस विश्लेषण गरी निष्कर्षमा पुग्नु उचित हुनेछ ।” (पार्टी एकताका सम्बन्धमा) ।

(ख) क. सोनामको प्रस्ताव ः “एकीकरण प्रक्रियालाई एक निश्चित समयावधिमा सम्पन्न गरी फरक दृष्टिकोण, सोंच र कार्यदिशाहरूलाई मालेमावादको आधारमा राष्ट्रिय सम्मलेन वा महाधिवेशनको आयोजना गरी नयाँ आधारको नयाँ एकता एवम् कार्यदिशाको संश्लेषण गरिनुपर्दछ ।” (नेपाली क्रान्तिको दिशा र पार्टी एकताबारे आधार प्रस्ताव) ।

(ग) क. बादलको प्रस्ताव ः “तत्काल न्यूनतम–आधारमा एकता हुँदै बृहत एकता महाधिवेशनको ऐतिहासिक प्रक्रियाद्वारा क्रान्तिको समग्र सिद्धान्त÷कार्यदिशा (रणनीति, कार्यनीति एवं कार्यक्रम) तथा नेतृत्वको नयाँ संश्लेषण, समृद्धिकरण एवं केन्द्रीकरण गर्नु युक्तिसङ्गत ठहर्दछ ।” (आन्तरिक तथा बृहत् एकताका न्यूनतम आधारहरू तथा समयबद्ध कार्ययोजना) ।

यसरी स्पष्ट छ, क. बादलको १४ बुँदे प्रस्तावमा एमाओवादी नेतृत्व र क. सोनामको प्रस्तावलाई समेत समेटेर एकताको सारसङ्ग्रहवादी खिचडी तयार पारिएको छ ।

जहाँसम्म अध्यक्षलाई एमाओवादीसित एकताका लागि दबाब दिन चलाइएको हस्ताक्षर अभियानको प्रश्न हो, त्यसले अन्तर्सङ्घर्षलाई दुश्मनीपूर्ण रूप दिने काम गरेको छ । वस्तुतः विचारको प्रश्नमा तर्क र बहस गर्नुपर्दछ । परन्तु, दबाब दिनु र त्यस निम्ति हस्ताक्षर सङ्कलन गर्नु नितान्त गलत हुन गएको छ । यो माक्र्सवादी विधि होइन ।

द्ध.   के. स. को बैठक दोस्रो स्थगन

त्यसैगरी दोस्रो पटक के. स. को बैठक किन स्थगन गरियो त ? यसबारे पनि स्पष्ट हुन जरुरी छ । यसका पछाडि पनि मूलतः दुई ओटा कारण रहेका छन् । ती कारण हुन् – पहिलो, क. बादलद्वारा अध्यक्षलाई थाहा नदिई एमाओवादीसहित विभिन्न पक्षसित एकताका लागि वार्ताको प्रक्रिया अगाडि बढाइनु र दोस्रो, एमाओवादीको स्थायी समिति बैठकद्वारा बादल पक्षसित पार्टी एकता गर्ने निर्णय लिइनु । यसरी स्थिति झनै गम्भीर बन्यो र क. किरणद्वारा पार्टीको आन्तरिक एकता बचाउने उद्देश्यमा आधारित रही अर्को एक महिनाका लागि सीसीको बैठक स्थगित गर्नुप¥यो । दोस्रो पटक बैठक स्थगन गर्नुपर्नाका मूल कारण यिनै हुन् ।

छ.    ११ बुँदे प्रस्तावका आधारमा वार्ता गर्ने प्रश्न

क. बादलद्वारा एकातिर अध्यक्षद्वारा सीसी बैठकमा पेश गर्नका लागि मस्यौदाका रूपमा तयार पारिएको ११ बुँदे प्रस्तावको विरोधमा १४ बुँदे प्रस्ताव पेश गर्ने र अर्कोतिर सङ्गठन ब्युरो, सचिवालय वा सीसी कुनै पनि निकायद्वारा पारित नै नभएको ११ बुँदे प्रस्तावका आधारमा एमाओवादीसित अविलम्ब वार्ताका लागि दबाब दिने काम गरियो । कुनै पनि निकायबाट पारित वा अनुमोदित नभएको ११ बुँदे प्रस्तावलाई आधार बनाई एमाओवादीसित वार्ता गर्नु उपयुक्त हुँदैनथ्यो र अध्यक्षद्वारा त्यो खतरा मोल्ने काम भएन । परन्तु, ठीक यहींनेर विचित्र कुरा के भयो भने पार्टी अध्यक्षलाई समेत थाहै नदिई र केन्द्रीय सङ्गठन ब्युरो, केन्द्रीय सचिवालय तथा केन्द्रीय समिति कुनै पनि निकायमा कुनै पनि प्रस्ताव पारित नगरी स्वेच्छाचारी तथा मनोमानी ढङ्गले क. बादल र क. गुरुङसहितका कमरेडहरूद्वारा एमाओवादीसित वार्ताको प्रक्रिया अगाडि बढाइयो ।

ट.    क. बादलको पत्र ः एक नौटङ्की

२८ गते बैठक स्थगन गरिएकोबारे क. बादलद्वारा लिखित पत्र निकै भ्रामक र वैचारिक रुपमा तारतम्यविहीन रहेको छ । यसबारे स्पष्ट हुन आवश्यक छ । यस सन्दर्भमा मूलतः दुई ओटा कुरामाथि ध्यान दिन जरुरी छ ः

सबैभन्दा पहिलो कुरा त सो पत्रमा एमाओवादीसित वार्ता गरिएको र उनीहरूको स्थायी समितिमा लिइएको निर्णयलाई ढाकछोप गर्ने काम गरिएको छ । जस्तो कि क. बादलको पत्रमा भनिएको छ – “एमाओवादीको हालै बसेको स्थायी समितिको बैठकको निर्णय भनी सञ्चार माध्यममा भएको प्रचारको विषय हो, त्यसबारे सम्बन्धित पक्षसँग वार्ता नै नगरी र आधिकारिकताको पुष्टि नै नभई निष्कर्ष निकाल्नु उपयुक्त देखिंदैन ।” (विषय ः बैठक स्थगन नगरियोस् – २०७३ बैशाख २३ गते) । क. बादलको यो भनाइ अहिले सफेद झूट साबित हुन पुगेको छ ।

दोस्रो कुरा, सो पत्रमा क. बादलद्वारा उक्त ११ बुँदे प्रस्ताव मान्ने नौटङ्की गरिएको छ । यसबारे क. बादलको पत्रमा भनिएको छ – “बैशाख २८ को बैठक स्थगन नगरी अध्यक्षले तयार गर्नुभएको ११ बुँदे प्रस्ताबलाई नै सहमतिको लागि प्रस्तावित गरौं ।” (पत्र) ।  परन्तु, यो कुरा वास्तविक अर्थमा बनावटी नै रहेछ । किन कि क. बादलसित ११ बुँदे प्रस्तावका आधारमा जेठ १ गते बैठक बोलाउने समझदारी भएकोमा सो समझदारीलाई पनि तोड्ने तथा लत्याउने काम गरिएको छ । ठीक यहींनेर आउँदा यस समग्र प्रक्रियामा एमाओवादी नेतृत्वसित साँठगाँठ गरी तथा कथित एकतावार्ता चलाई पार्टीलाई फुटाउने षड्यन्त्र गरिएको कुरा खुल्न आएको छ । यसप्रकारको नौटङ्की र षड्यन्त्र कथित १२ बुँदे साझा सहमतिमा उद्घाटित हुन पुगेको कुरा सुस्पष्ट छ । यसरी हेर्दा अध्यक्षद्वारा तयार पारिएको ११ बुँदे प्रस्तावका आधारमा होइन, एमाओवादीसित बसेर तयार पारिएको १२ बुँदे प्रस्तावका आधारमा जेठ १ गते बैठक राख्न खोजिएको कुरा छर्लङ्गै हुन गएको छ ।

ठ.    कथित १२ बुँदे साझा सहमतिबारे

२०७३ वैशाख २८ गते क. बादल र क. गुरुङद्वारा पार्टी अध्यक्षलाई एमाओवादीसित साँठगाँठ गरी तयार पारिएको “पार्टी एकताका लागि साझा सहमतिका बुँदाहरू” शीर्षक कथित साझा सहमति पत्र थमाइयो । अनि अध्यक्षसित के भनियो भने एमाओवादीसित वार्ताको काम सकिएको छ, अब यसै १२ बुँदे सहमतिका आधारमा पार्टी एकता गर्नुपर्दछ र अध्यक्षले यो १२ बुँदे सहमति मान्नुपर्दछ । यो अत्यन्तै हास्यास्पद, विचित्र र विडम्बनाको कुरा हो । सो “साझा सहमति” मा आधारित प्रस्तावको सारतत्व र मूल विशेषतालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः

ड्ड    साङ्गठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लङ्घन गरेको छ । यो गुटवाद तथा फुटवादमा आधारित रहेको छ ।

ड्ड    यस प्रस्तावले एकातिर सारसङ्ग्रहवाद अवलम्बन गरेर पुँजीवादी जनवादी तथा समाजवादी क्रान्तिका दुई भिन्न चरण र तिनमा आधारित दुई भिन्न कार्यदिशालाई एउटै ठाउँमा घालमेल गराउने प्रयास गरेको छ भने अर्कोतिर समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशा अवलम्बन गर्न पुगेको छ । अन्ततः एकता महाधिवेशनमा कार्यदिशाको परिमार्जन, समृद्धिकरण र संश्लेषणको कुरा गरेर यसमा दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्यदिशालाई स्थापित तुल्याइएको छ ।

ड्ड    वर्तमान संविधानको प्रश्नमा यो प्रस्ताव मूलतः एमाओवादीकै नीति, मान्यता र दृष्टिकोणमा आधारित छ । सडक, सदन र सरकारको प्रश्नमा पनि यस प्रस्तावले सारतः एमाओवादीकै मान्यता र मुख्यतः सरकारको प्रश्नमा मिलेराँवादी अर्थात् मन्त्रिमण्डलवादी दृष्टिकोणलाई अवलम्बन गरेको छ ।

ड्ड    यो प्रस्ताव कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र हाम्रो पार्टीका विरुद्ध छलछामपूर्ण तथा षड्यन्त्रमूलक ढङ्गले ल्याइएको हो र यसले अन्ततः घरेलु प्रतिक्रियावाद, साम्राज्यवाद र विस्तारवादको सेवा गर्दछ ।

ड.     वार्ताको बहुद्वार प्रणाली

एमाओवादीसितको वार्ताप्रक्रिया केन्द्रको निर्णय तथा केन्द्रद्वारा निर्धारित टोलीद्वारा नभई गुटगत रूपमा विभिन्न कमरेडहरूद्वारा हुँदै आएको छ र अहिले त्यसप्रक्रियाले निकै तिव्रता पाएको छ । यस स्थितिमा सैद्धान्तिक, वैचारिक तथा राजनीतिक पक्षमा आवश्यक छलफल गरी सहमति कायम गर्ने र क्रान्तिकारी धारालाई बचाउने काममा गम्भीर व्यवधान पैदा हुन गएको छ । केन्द्रीय रुपमा एकद्वार प्रणालीद्वारा गरिने वार्ताका विरुद्ध बहुद्वार प्रणालीद्वारा गरिने वार्ता प्रणालीले सिद्धान्तनिष्ठ एकताका निम्ति प्रतिकूलताको सिर्जना हुन गएको छ ।

ढ.    के. स. को बैठक तेस्रो स्थगन

यही जेठ १ गते आव्हन गरिएको केन्द्रीय समितिको बैठक तेस्रो पटक पनि स्थगन गरिएको छ । यसो किन ? स्पष्ट हुन जरुरी छ । क. बादलले अध्यक्षसित सल्लाह नै नगरी १ गते ११ बजे सीसीको बैठक राखेको, सो बैठकमा एमाओवादीसित साँठगाँठ गरी तयार पारिएको १२ बुँदे प्रस्ताव पेश गरेर एकतामा जान खोजेको तथा त्यसो गर्दा पार्टी विभाजित हुने देखिएको र केही समय लिई गल्ती, कमजोरी गर्ने कमरेडहरूलाई सच्याई पार्टीलाई अझै एकताबद्ध तुल्याउन प्रयत्न गर्नुपर्ने आवश्यकता पैदा भएकोले केन्द्रीय समितिको बैठक तेस्रो पटक स्थगन गर्नुपरेको हो ।

ज्ञण्.   बादल पक्षको फुटवादमा पतन

२०७३ जेठ १ गते क. बादलद्वारा अनधिकृत रूपमा बोलाइएको गुटको बैठकमा आफ्नै अध्यक्षतामा कथित केन्द्रीय समिति बनाई औपचारिक रूपमा पार्टीको विभाजन गरिएको छ । हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ ।

ज्ञज्ञ.   निष्कर्ष

केन्द्रीय समितिको बैठक र त्यस प्रक्रियामा पार्टीमा पैदा भएको दुई लाइनसङ्घर्षको भीषणता, तीव्रता, वक्रता र जटिलताको सारसङ्क्षेप यही नै हो । अहिले हामी इतिहासको अत्यन्तै जटिल मोडमा खडा छौं । यो बेला हामीले विशेष जोड दिनुपर्ने काम र ऐतिहासिक दायित्वलाई निष्कर्षका रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ ः

पहिलो, यो बेला हामीले नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई जुनसुकै शर्तमा पनि बचाएर राख्नुपर्दछ र क्रान्तिकारी धारालाई ध्वस्त पार्ने षड्यन्त्रका विरुद्ध निर्मम सङ्घर्ष चलाउनुपर्दछ । आज नेकपा (क्रान्तिकारी माओवादी) लाई दक्षिणपन्थी संशोधनवादी, संसदवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको धारमा फँसाउन र देश, जनता, मुक्ति तथा क्रान्तिको धारालाई ध्वस्त पार्नका लागि साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादद्वारा भयानक षड्यन्त्र भइरहेको छ । हामीले यसप्रकारको षड्यन्त्रको दृढतापूर्वक सामना गर्नुपर्दछ ।

दोस्रो, अहिले क्रान्तिकारी सिद्धान्त र कार्यदिशाको रक्षाको प्रश्न हाम्रो कार्यसूचीको प्राथमिक महत्वको विषय बन्न गएको छ । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रुपमा आवश्यक हुन्छ । क्रान्तिका लागि क्रान्तिकारी विचारले विशेष महत्व राख्तछ । विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । नेपाल अर्धसामन्ती तथा अर्ध÷नवऔपनिवेशिक अवस्थामा रहेको स्थितिमा हामीले नयाँ जनवादलाई न्यूनतम र समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रमका रूपमा स्वीकार गर्दै आएका छौं र यो कुरा सही छ । विश्व र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा आज विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्तमाथि सबैखाले प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादीहरूद्वारा भीषण प्रहार भइरहेको छ । आज क्रान्तिकारी सिद्धान्त, कार्यदिशा र विचारको पक्षपोषण गर्नेहरूमाथि जडसूत्रवादको आरोप लगाउने र सिद्धान्तको विकासको नाममा त्यसको क्रान्तिकारी सारतत्वमाथि नै हमला बोल्ने काम भइरहेको छ । आज हामीले क्रान्तिकारी सिद्धान्त, विचार र कार्यदिशालाई दृढतापूर्वक अवलम्बन र त्यसको प्रयोग तथा विकास गर्न आवश्यक छ ।

तेस्रो, पार्टीमा विद्यमान यसप्रकारको जीवन–मरणको दुई लाइनसङ्घर्षका बिचमा विभाजित दक्षिणपन्थी नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटको विरोध र क्रान्तिकारी धाराको पक्षमा उभिई बेहिचक अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता हो । यो बेला हामी सबै खाले निराशा, कुण्ठा, पलायन, आत्मसमर्पण आदिका विरुद्ध जुद्धै तथा साम्यवादको उदात्त आदर्शद्वारा अभिप्रेरित हुँदै निरन्तर क्रान्तिको दिशामा क्रान्तिकारी आशावादले समृद्ध भएर दृढतापूर्वक अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन ।

चौथो, यो बेला राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै गम्भीर बन्दै गएको छ । मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, उत्पीडित क्षेत्र लगायत वर्ग र जनसमुदायका आधारभूत जनतान्त्रिक हक अधिकार प्राप्त हुन सकेको छैनन् । जनजीविकाका समस्या निकै विकराल बन्दै गएका छन् । यस स्थितिमा वर्गसङ्घर्षसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि क्रान्ति अनिवार्य रूपमा आवश्यक छ र त्यसको नेतृत्वका लागि हामी वैकल्पिक शक्तिका रूपमा पहल गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।

पाँचौं, अब हामी केन्द्रीय समितिको बैठक बसेर पार्टी र क्रान्तिका तात्कालिक तथा दीर्घकालीन कामका बारेमा आवश्यक रूपरेखा तयार पार्ने र निर्णय लिने काममा संलग्न हुनेछौं । यो बेला हाम्रा सामु पक्कै पनि धेरै कठिनाइहरू छन्, परन्तु तिनलाई हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा एकताबद्ध तथा अनुशासित भएर सामना गर्दै जानेछौं । क्रान्तिको विजय अवश्यमभावी छ ।

मिति : १ जेठ २०७३

 

….. ….. ….. …..

मोहन वैद्य ‘किरण’

अध्यक्ष

केन्द्रीय समिति

नेकपा (क्रान्तिकारी माओवादी)

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.