नाकाबन्दी विरुद्ध भारतीय बुद्धिजीवी र वाम नेताहरू

student protestतराई–मधेसको आन्दोलनको नाम दिएर दुई हप्तादेखि भारतले दक्षिणी सिमानामा गरेको नाकाबन्दीका विरुद्ध नेपालका स्वाभिमानी जनतालगायत अन्तर्राष्ट्रिय क्षेत्रले समेत विरोधको आवाज उठाइरहेको अवस्थामा भारतीय समाजमा स्थापित  मनोरंजन महंथी, आनन्दस्वरूप बर्मा, गौतम नवलखा लगायतका १०० भन्दा बढी बुद्धिजीवीहरू – लेखक, पत्रकार, प्राध्यापक र सामाजिक कार्यकर्ता र वामपन्थी नेताहरूले पनि भारतीय हेपाहा र मिचाहा प्रवृत्तिप्रति तीव्र विरोध प्रकट गरेका छन् । संविधान जारी भएको प्रति समर्थन जनाउदै, संविधान सभाको ठूलो बहुमतद्वारा पारित संविधान आफूले भनेजस्तो भएन भनेर नेपालमाथि भारतद्वारा नाकाबन्दी लगाउनुलाई उनीहरूले भारतीय विस्तारवादी नीतिको संज्ञा दिएका छन् । उनीहरूले कस्तो संविधान बनाउने । कस्तो व्यवस्था अंगाल्ने र संविधानमा केराख्ने र के नराख्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएकाले यसका यसो गर र उसो गर भन्दै फेरबदल गर्न लगाउने अधिकार भारतीय सरकारलाई नभएकाले नेपालका मामिलामा हस्तक्षेप नर्गन आह्वान गरेका छन् । निम्न लिखित बुद्धिजीवी तथा वामपन्थी नेताहरूले सही गरेको सो वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

नेपालमाथि हस्तक्षेप रोक्न आह्वान
अक्टोबर ५, २०१५
२०० वर्षभन्दा लामो अवधिसम्म राज गरेको राजतन्त्रलाई फ्यालेको ७ ओटा सङ्घर्षपूर्ण वर्षपछि, संविधान सभाको निर्वाचन भई नयाँ संविधानलाई अन्तिम रूप दिने कार्यमा विगतका सरकारहरू असफल भएको स्थितिमा अन्ततः नेपालमा संविधान बनाउने काम सम्पन्न भएको छ । संविधान सभाको अत्यधिक बहुमतद्वारा पारित संविधानलाई २० सेप्टेम्बरका दिन नेपालका राष्ट्रपतिले घोषणा गरेका छन् । संविधानमा ७ प्रदेशीय सङ्घीयतासहित धर्म निरपेक्षताको व्यवस्था गरिएको छ ।

यसका साथै यसलाई लिएर एकातिर नेपाललाई हिन्दू राज्य बनाउन चाहने हिन्दूवादी कट्टरवादीहरूले यसको विरोध गरेका छन् भने अर्कोतिर भारतको सीमा तराईमा बसोबास गर्ने मधेसी तथा थारू नेताहरूको एउटा अंशले पनि संविधानमा आफ्नो पहिचानको थप अधिकार भनेर आन्दोलन गरेका छन्
नेपाल दुई करोडभन्दा बढी जनसङ्ख्या भएको चीन र भारतजस्ता ठूला देशको बीचमा रहेको सानो मुलुक हो । चीनले संविधानको खुलेर स्वागत गरेको छ भने भारतले तराईका जनताले चाहेजस्तो संविधान भएन भन्दै यसको विरोध गरेको छ । फलस्वरूप, पहिलेदेखि नेपालप्रति ठुल्दाजुको व्यवहार गर्दैआएको भारतको व्यवहारका कारण विग्रेको सम्बन्ध, नेपालको संबिधानप्रति भारतीय व्यवहारले झन् बिग्रेको छ, जसलाई नेपाली जनताले विस्तारवादी नीतिका रूपमा लिने गरेका छन् । कस्ता उमेदवार चुन्ने, कस्तो व्यवस्था अवलम्बन गर्ने र कस्तो संविधान बनाउने र यसमा परिवर्तन गर्ने नगर्ने भन्ने कुरा सार्वभौम सम्पन्न नेपाली जनताको अधिकारको कुरा हो । भारत सरकार छिमेकी मुलुकहरूबीचको शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तको विरुद्धमा गएको छ ।
तल सही गरेका हामीहरू नेपालमा नयाँ संविधान जारी भएकोप्रति हार्दिक समर्थन जाहेर गछौँ । नेपाल आन्तरिक मामिलामा भारत सरकारद्वारा गरिएको हस्तक्षेपको हामी विरोध गर्दछौँ । २० सेप्टेम्बरमा जारी संविधानमा फेरबदल गर्नेनगर्ने भन्ने कुरा तराई लगायतका आम नेपाली जनताको अधिकारको कुरा हो । यस घडीमा हामी नेपाली जनताले गरेका सङ्घषहर्रूप्रति न्यानो अभिवादन प्रकट गर्दछौँ ।
१.असद जैदी : कवि, पत्रकार
२. आनन्द पटवर्धन : फिल्म निर्माता र मानव अधिकारवादी कार्यकर्ता
३. अखिलेन्द्र प्रताप : महासचिव, अखिल भारतीय जनमञ्च
४. अमरजित कौर : राष्ट्रिय सचिव, भारतीय कम्युनिस्ट पार्टी
५. अनिल सदगोपाल : शिक्षाविद
६.अमित भादुडी : शिक्षाविद
७. आनन्दस्वरूप बर्मा : पत्रकार–‘समकालीन तिसरी दुनियाँ’
८. अनुप सराय : चिकित्सक
९. अरबिन्दो घोष : वकिल, मानवअधिकारवादी कार्यकर्ता
१०. अमलेन्दु उपाध्याय : पत्रकार—‘हस्तक्षेप डटकम’
११ ए.के. अरुण : सम्पादक— ‘युवा सम्वाद’
१२. अनिल चौधरी : सामाजिक कार्यकर्ता
१३ अनवर जमाल : फिल्म निर्माता
१४ अशोककुमार पाण्डे : कवि
१५. अरूण त्रिपाठी : पत्रकार
१६. अविशेक श्रविास्तव : पत्रकार ‘जनपथ डटकम’
१७. अटल तिवारी : पत्रकार
१८ं अमित शुक्ला : अधिवक्ता
१९. अविनाश पाण्डे : पत्रकार
२०. भुपेन सिंह : पत्रकार
२१. भाशा सिंह : पत्रकार
२२. भाष्कर उप्रेती : पत्रकार
२३.सी. पी. झा : पत्रकार
२४. देबब्रत विश्वास : महासचिव, अखिल भारतीय फर्वाड ब्लक
२५. दिनकार कपुर : अखिल भारतीय जनमञ्च
२६. दुलाइ नाग : प्राध्यापक
२७. दिलिप खान : पत्रकार
२८. दिगम्बर : लेखक, सामाजिक कार्यकर्ता
२९. धर्मानन्द लाखेरा : लेखक
३०. फिरोज मिथिबोरवाला : मानवअधिकारवादी कार्यकर्ता
३१. फैसल अनुराग : सामाजिक कार्यकर्ता
३२. गौतम नवलखा : लेखक, पत्रकार
३३. गिरिश मिश्र : अर्थशास्त्री
३४. गोविन्द पन्त राजु : पत्रकार
३५. हिमांशु राजन : पत्रकार
३६.हिरामणिधर : समाज वैज्ञानिक
३७.हर्ष कपुर : पत्रकार –‘साउथ एसियन सिटजन वायर’
३८. हिमाशु कुमार : सामाजिक कार्यकर्ता
३९. इशा मिश्र : ‘जनहस्तक्षेप’
४०. जय मेहता : जोसी—अधिकारी इन्स्टिच्युट अफ सोसियल स्टडिज
४१. जावेद नकवी : पत्रकार
४२.जावेद अनिस : पत्रकार
४३. के. एन. रामचन्द्रन : महासचिव, भारतीय कम्युनिस्ट पार्टी (माले–रेड स्टार)
४४. कुमार सुन्दरम : सिएनडिपी (भारत)
४५. कुलदिप कुमार : पत्रकार
४६. किसन कालजयी : कवि
४६. कमलनयन काबरा : अर्थशास्त्री
४७. कृष्णप्रताप सिंह : पत्रकार
४८. कुमार राजेश : पत्रकार
४९. कोशल किशोर : कवि, सांस्कृतिक कर्मी
५०. कामताप्रसाद : अनुवादक
५१. कुमार नरेन्द्र सिंह : पत्रकार
५२. मंगलेश डबराल : कवि, पत्रकार
५३.मनोरञ्जन महन्थी : पूर्व प्राध्यापक, दिल्ली विश्वविद्यालय
५४. मुसर्रफ अलि : पत्रकार
५५.मल्लिका शाक्य : साउथ एसियन युनिभर्सिटी
५६. मोइनुद्दिन अहमद
५७.मेहेर इन्जिनियर : राजनीतिक टिप्पणीकार
५८. मदन मोहन : उपन्यासकार
५८. मोहिनी भोज : कवयत्री
५९. महेन्द्रप्रताप : प्राध्यापक
६०. मनोजकुमार सिंह : पत्रकार
६१. मनोज पाण्डे : कवि
६२. नित्यानन्द ज्ञान : कवि
६३. निर्मलांशु मुखर्जी : प्राज्ञ
६४.निलाभ : कवि, पत्रकार
६५. प्रशान्त टण्डन : पत्रकार
६६. पियुष पन्त : पत्रकार
६७. पाणिनी आनन्द : पत्रकार, सांस्कृतिक कर्मी
६८. पलाश विश्वास : पत्रकार
६९. प्रणव प्रियदर्शी : पत्रकार
७०. पङ्कज सिंह : कवि, पत्रकार
७१. पङ्कज श्रीवास्तव : पत्रकार
७२. प्रमोद मल्लिक : पत्रकार
७३. पङ्कज बिष्ट : उपन्यासकार, सम्पादक ‘समयान्तर’
७४. कसबान अली : पत्रकार
७५. रघु ठाकुर : अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी
७६. राहुल पण्डित : पत्रकार, एल वर्ल्ड फेलो
७७. रियाज–उल–हक : पत्रकार, ‘हासिया’
७८. रोजेन्द्र सैल : सामाजिक कार्यकर्ता
७९. रामु सिद्धार्थ : पत्रकार
८०. राम शिरोमणि : पत्रकार
८१. रवि हेमाद्री
८२. रविन्द्र गोयल : प्राध्यापक
८३. रविन चक्रवर्ती : सम्पादक, साप्ताहिक ‘फन्टियर’
८४.रामजी राई : सम्पादक ‘समकालीन जनमत’
८५. रन्जित बर्मा : कवि
८६. रमेन्द्र त्रिपाठी : निवृत्त सरकारी जागिरे
८७. एस. पी. शुक्ला : पूर्व अर्थ सचिव, भारत सरकार
८८. सुधाखर रेड्डी : महासचिव, भारतीय कम्युनिस्ट पार्टी
८९.स्वपन मुखर्जी : पोलिट ब्युरो सदस्य, भारतीय कम्युनिस्ट पार्टी–माले (लिबरेसन)
९०. शिवमङ्गल सिद्धान्तकार : महासचिव, सिपिआइ–एमएल, (न्यु प्रोलेटरियन)
९१. शिव जोशी : सामाजिक कार्यकर्ता
९२. सीमा आजाद : राजनीातक कार्यकर्ता, पत्रकार– ‘दस्तक’ पत्रिका
९३. सन्दिप राउजी : पत्रकार
९४. शेखर पाठक : इतिहासविद
९५. शहनाज इम्रानी
९६.एस. आर. दारापुरी : दलित चिन्तक
९७. समशुल इस्लाम : सांस्कृतिक कर्मी
९८. सुधेन्दु पटेल : सामाजिक कार्यकर्ता
९९. शास्त्री रामचन्द्रन : लेखक, पत्रकार
१००. सुव्रत राजु : वैज्ञानिक
१०१. तनविर आलम : प्राज्ञ
१०२. उज्ज्वल भट्टाचार्य : कवि , पत्रकार
१०३. विष्णु खरे : कवि, समालोचक
१०४. विजय सिंह : सम्पादक, ‘रिभोलुस्नरी डेमोक्रेसी’
१०५. विरेन्द्र यादव : लेखक
१०६. विनीत तिवारी : महासचिव, मध्यप्रदेश प्रगतिशील लेखक सङ्घ
१०७. विष्णु नागर : कवि, पत्रकार
१०८. विद्याभूषण रावत : सामाजिक कार्यकर्ता
१०९. विली डि कोस्टा : सामाजिक कार्यकर्ता

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.