दैलेखका कमरेडहरूलाई हार्दिक वधाइ

(एकताका नाममा स्थायी समितिका बडे कमरेडहरूले अपराधीहरूलाई रातो लाइसेन्स दिएर  ‘क्रान्तिकारी’ लाइनको भूमिका गर्वका साथ पूरा गरिरहेको अवस्थामा दैलेखका कमरेडहरूले नेपाली भूमि भारतलाई सुम्पिने भारतीय विस्तारवादका दलाल बाबुराम भट्टराईको पुत्ला जलाएर जुन ऐतिहासिक काम गर्नुभएको छ, यसप्रति हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु  । एकताका नाममा आएका अधिकांस खावोवादीहरू प्रचण्ड-बाबुरामको विशर्जनवादी  झुण्डका पछि लागेको अवस्थामा कमरेड हर्कबहादुर शाहीले लिएको अडान र क्रान्तिकारी स्पिरिटको  स्थायी समितिका  बडे कमरेडहरूले पनि सिक्नु जरुरि छ ।  दैलेखका साथीहरुलाई हार्दिक वधाइ दिंदै यो समाचार onlinekhabar.com बाट प्रस्तुत गरेको छु ।)

दैलेखमा बैद्य पक्षले प्रधानमन्त्रीको पुत्ला जलाए

६ फागुन, दैलेख । सत्तारुढ एकीकृत नेकपा माओवादीको मोहन बैद्य किरण पक्षले दैलेखमा आफ्नै पार्टीका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला जलाएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने वन भारतीय कम्पनी जीएमआरलाई दिएको विरोधमा बैद्य पक्षीय कार्यकर्ताले सदरमुकाममा भट्टराईको पुत्ला जनाएका हुन् ।

पुत्ला दहनपछि माओवादी केन्द्रीय सदस्य एवं भेरी कर्णाली राज्य समितिका सहइन्चार्ज हर्कबहादुर शाहीले जीएमआरलाई वन दिने निर्णय राष्ट्रघाती भएको बताउनु भयो । भट्टराई आफ्नै पार्टीका नेता भएपनि भारतपरस्त र विस्तारबादको दलाल भएको उहाँको अरोप छ ।

माओवादी कार्यकर्ताको समूहले गत जेठ ८ गते आयोजना स्थल पाल्तडामा रहेको जीएमआरको कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । त्यसपछि सुरक्षाको कारण देखाउँदै जीएमआरले आयोजनाको सम्पूर्ण काम स्थगित गरेको थियो । सरकारले सेनाको सुरक्षा दिने बताएपनि काम सुरु हुन सकेको छैन ।

 

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.