दायित्वबोधले यसो नगरे राम्रो

सूचना माफियाहरूले क्रान्तिकारी विचारका विरुद्ध कुप्रचार र क्रान्तिकारी नेताहरूको चरित्र हत्या गर्ने कामलाई तीव्रता दिइरहेको अवस्थामा क्रान्तिकारी नयाँ अभियानका साथ दायित्यबोध साप्ताहिक प्रकाशित भएको छ, यो खुसीको कुरा हो । द नेक्स्ट फ्रन्ट सबैभन्दा पहिले यसको स्वागत गर्दछ र यसको स्तरीयता र  निरन्तरताको कामना गर्दछ । पहिलो अङक जसरी प्रभावकारी प्रवाहका साथ आउनुपर्ने थियो, त्यसो भएको पाइएन । यसको सम्पादन पक्ष त्यति स्तरीय र आकर्षक हुन सकेको पाइएन । क्रान्तिकारी हुनुको अर्थ नैतिक पक्षप्रति जिम्मेवार हुनु हो र सत्यतथ्यको सामना गर्नु हो । तर  यसको पहिलो अङ्कको चौथो पन्नामा यो समस्या देखिएको छ । पूर्ण विरामको कविताको महत्त्व र स्तरीयतामा प्रश्न उठाउने ठाउँ छैन, तर नयाँ कविता राखेको भए राम्रो हुन्थ्यो । त्यस्तै शोभा कट्टेलको लेखलाई जसरी प्रस्तुत गरियो, यसमा नैतिक पक्ष दुर्वल प्रमाणित भएको छ । पहिले नै प्रकाशित भएको लेखलाई महत्त्व दिनु थियो भने अलिकति सम्पादकीय टिप्पणी– स्रष्टाको परिचय,  रचनाको स्रोत र अझ पुस्तककै आवरण राखेको भए राम्रो हुन्थ्यो । यसो नगरी नयाँ लेखझैं गरी यसलाई जसरी राखियो यसमा नियत र नैतिकताको प्रश्न उठ्नु स्वाभाविक छ । यस्तै नैतिकताहीन र कुनियतपूर्ण काम खेम थपलियाले जलजला नामको पत्रिकामा ऋषिराज बरालका दुई वर्ष अघिका रचनाहरूको स्रोत  नखुलाई छापेर गरेका थिए । हामी आफूलाई क्रान्तिकारी कित्ताका हौं भन्छौँ भने सम्पादकीय मूल्य–मान्यता र नैतिकताको पनि पालना गर्ने हो कि !

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.