जारी छ लडाइँ

R.R.Baralऋषिराज बराल

मैले दि नेक्स्ट फ्रन्ट(The Next Front) को अघिल्लो पोस्टमा ‘आत्मकथन’ शीर्षकअन्तर्गत यससित हिजोदेखि  आजसम्म जोडिएका विविध सन्दर्भहरू प्रस्ट पारेर लेख्छु भनेको थिएँ । यसबारे पाठकहरूबाट थुप्रै प्रतिक्रिया र जिज्ञासाहरू आएका छन् । म लेख्ने छु, दिउँसै रात पार्न खोज्ने प्रवृत्तिका विरुद्ध मैले लेख्नैपर्ने भएको छ । म सबै कुरा लेख्छु ।  चिजहरू जसरी गइरहेका छन्, यसले केही बोल्नैपर्ने स्थिति देखापरेको छ । थुप्रै कुरा प्रस्ट पार्नका लागि पनि केही बोल्नैपर्ने भएको छ । अखडामा आउन आह्वान गरेपछि चुपचाप बस्न नसकिने रहेछ । ‘आत्मकथन’  का शृंखलाहरू सुरु गर्नुअघि यसै हप्ता कम्युनिस्ट आउटलुक मा प्रकाशित ‘पोखरा बैठक : जारी छ लडाइँ’ शीर्षक लेखको एउटा अंश यहाँ प्रस्तुत गर्दैछु ।

………………………………………………………………………………………………………………………………………………

जारी छ लडाइँ

निकै लामो र निर्मम लडाइँ लडेर हामी यहाँसम्म आइपुगेका छौँ । वर्षौँसम्म एकै ठाउँमा बसेकाहरूसित सम्पूर्ण सम्बन्ध विच्छेद गरेर अलग हुने कुरा साँच्चिकै गाह्रो थियो । तर हामीले नगरीनहुने ऐतिहासिक निर्णय ग¥यौँ । प्रचण्डबाबुराम गुटसितको लडाइँ निकै पेचिलो  थियो, चानचुने थिएन, त्यो लडाइँ । त्यहाँ पनि सबै हातहतियारहरू प्रयोग गरिएका थिएक्रान्तिकारीहरूबीचमै फूट ल्याउन  र टुक्राटुक्रा पार्न । व्यक्तिगत रूपमा  त प्रचण्ड जातीदेखिन्थे, कुराले मख्ख पार्थे, कार्यकर्ता भेट्ता सुखदुखका कुरा गर्थे, खर्चबर्चका कुरा सोध्थे । तर त्यतिले मात्र पुग्दो रहेनछ । प्रमुख कुरा विचार रहेछ । विचार र क्रान्तिकारी आदर्शबाट च्यूत भएपछि नायकहरू खलनायकमा परिणत हुँदा रहेछन् । विश्वकम्युनिस्ट आन्दोलनमा यस्ता नकारात्मकताका उदाहरणहरू थुप्रै छन्, हामीले तत्कालको उदाहरणका रूपमा  यहाँ प्रचण्डलाई लिएका मात्र हौँ । भोलि हाम्रै बीचबाट नयाँ उदाहरण निस्क्यो  भने पनि अचम्मको विषय हुने छैन, किनभने यो द्वन्द्ववादको नियम हो ।  नेतालाई श्रद्धा र आदरभाव गर्ने कुरा ऊ  कुन जात, कुन क्षेत्र र कुन रूपरङको छ भन्ने कुराले होइन, उसको विचार  र व्यवहार हो । विचारबाट पलायन भएपछि सबै कुरा सकिने रहेछ ।

नेपालको कम्युनिस्ट आन्दोलन आन्तरिक र बाह्य सङ्घर्षको इतिहास हो । यस क्रममा हामी कहिले कुन प्रवृत्ति र कहिले कुन प्रवृत्तिका विरुद्ध लड्यौँ ।  पहिलो महाधिवेशनदेखि सातौँ महाधिवेशनसम्म हामी कहिले वामर कहिले दक्षिणपन्थी, मूलतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध नै बढी लड्यौँ । नेपालको  सन्दर्भमा भन्दा २००६ देखि २०७० सम्म आइपुग्दा रायमाझी प्रवृत्ति, मोहनविक्रम प्रवृत्ति र प्रचण्डबाबुराम प्रवृत्तिका विरुद्धको लडाइँको समृद्ध अनुभव हामीसित  छ ।

विश्वकम्युनिस्ट आन्दोलनमा विभिन्न समयमा विभिन्न स्वरूप र चरित्रका संशोधनवादी  प्रवृत्तिहरू देखापरे । तिनले पनि आफूलाई सही मार्क्सवादी, सही क्रान्तिकारी, देशकालअनुसारको विशिष्टतामा मार्क्सवादको प्रयोग कर्ता र व्याख्याताका रूपमा अघि सारे । लेनिनले बर्नस्टिन र काउत्स्कीका विरुद्ध लड्दा संशोधनवाद कसरी मार्क्सवादका विरुद्ध उभिन्छ भनेर प्रस्ट पार्नुभयो । आधुनिक संशोधनवादको संज्ञा पाएको क्रुस्चेवको संशोधनवादले पनि लेनिनलाई अघि सारेर भ्रम उत्पन्न गराउन खोज्यो । यसैको सेरोफेरोमा जन्मियो युरोकम्युनिज्म र माओको मृत्युपछि तेङ्को नेतृत्वमा चिनियाँ नवशंसोधनवाद नयाँ भ्रमका साथ विश्वकम्युनिस्ट आन्दोलनमा देखाप¥यो ।

कतिपय संशोधनवादीहरू आफ्नो पार्टीको नामसित मार्क्सवाद मात्र जोड्ने गर्छन् । कतिपयले मार्क्सवादसित लेनिनवाद पनि जोडेका छन् र २१ औँ शताब्दीकाकतिपय  संशोधनवादीहरूले चाहिँ मार्क्सवाद-लेनिनवाद र माओवाद र विचारधारा पनि  राखेका छन् । २१ औँ  शताब्दीसम्म आइपुग्दा जसरी मार्क्सवादलेनिनवादमाओवाद सबै किसिमका गलत प्रवृत्तिविरुद्ध लड्दै आफूलाई समृद्ध तुल्याउन सफल भएको छ,  संशोधनवाद पनि नयाँ भ्रम दिन त्यसै गरी नयाँनयाँ  चरित्र र विशेषताका साथ देखापरेको छ । यसले मार्क्सवादलेनिनवाद र माओवादको सोझै र ठाडो विरोध गरेर होइन, मार्क्सवादलेनिनवाद र माओवादकै  नाममा मार्क्सवाद- लेनिनवाद र माओवादका आधारभूत मूल्य र प्रस्थापनाका विरुद्ध अभ्यास गर्दछ र गरिरहेको छ ।

अबको संशोधनवादसितको लडाइँ साँच्चिकै पेचिलो छ । आफूलाई खाँटी माओवादीका रूपमा प्रस्तुत गर्दै यसले क्रान्ति, विद्रोह र त्यस्तै परे जनयुद्धको पनि नाम लिन्छ, तर व्यवहारमा ठीक यसका विरुद्ध जान्छ÷ जाने गर्दछ । शब्दमा एउटा  र कर्ममा अर्को,  बोलीले क्रान्ति र विद्रोह र मनमस्तिष्कमा चौबिसै घण्टा संसदीय रसास्वादनको मोह आधुनिक संशोधनवादको चरित्र हो ।  कार्यकर्तालाई छल्न र भ्रम दिन क्रान्ति र विद्रोह भन्नु परेको छ, तर हृदयमा, चाहिँ अलिकति पनि क्रान्तिभाव छैन भने कुनै न कुनै बाहना बनाउनु पर्ने बाध्यात्मकता हुन्छ, यो छद्य संशोधनवादको चरित्र हो ।  मुखले क्रान्ति र विद्रोह भन्ने, विद्रोहको नाम लिएर नथाक्ने, तर व्यवहारमा यसको तयारीमा कहिल्यै नजुट्ने प्रवृत्ति छद्य संशोधनवादी प्रवृत्ति हो । हामीले  मोहनविक्रम र प्रचण्डहरूसित गरेको सङ्घर्ष भनेको यस्तै प्रवृत्तिका विरुद्धको सङ्घर्ष  हो । अहिले प्रचण्डवालाहरूले राष्ट्रिय स्वाधीनताको प्रश्न, नयाँ जनवादी क्रान्ति, बलपूर्वक सत्ता प्राप्त गर्ने कुरा सबै छोडेका छन्, तर दस्ताबेजमा चाहिँ मार्क्सवादलेनिनवाद र माओवाद लेखेका छन् । यो भन्दा  हाँस उठ्दो कुरा अरू केही हुँदैन ।

हामी सही अर्थमा मार्क्सवाद लेनिनवाद र माओवादको पक्षमा लडिरहेका छौँ । देशकाल परिस्थितिअनुसार लडाइँका मोर्चाहरू फेरिनु स्वाभाविक छ । अहिले हामीले लड्दै गरेको लडाइँ दस्ताबेजमा सबै कुरा लेखने,क्रान्तिको कुरा पनि गर्ने  तर एकएक बहाना बनाएर क्रान्ति सम्पन्न गर्न आवश्यक पर्ने व्यावहारिक पक्षमा नजाने प्रवृत्तिका विरुद्ध हो   वास्तवमा २१ औँ शताब्दीको  संशोधनवाद एकदमै खतरनाक छ उत्तरआधुनिकतावादी बहुअर्थपूर्ण व्याख्या र बहुरूपीय चरित्रको जस्तो  । जसले जे व्याख्या गरे पनि हुने,  मान्छेपिच्छे फरकफरक व्याख्या पनि सही हुने र  निर्णय गरेपछि पुग्ने र  कार्यान्यनमा जानु नपर्ने  चरित्र छ यसको । सचेतन प्रयासद्वारा प्रतिकूल परिस्थितिलाई अनुकूल परिस्थितिमा फेर्न सकिन्छ र फेर्नु पर्दछ भन्ने कुरामा प्रयास नगर्ने र कमजोर आत्मगत परिस्थितिका नाममा सधैँभरि गोलचक्करमा रमाउने प्रवृत्तिको सम्बन्ध छद्यसंशोधनवादसित छ । क्रान्तिकारीहरूको लडाइँ यसका विरुद्ध हुनु स्वाभाविक छ ।

विचार र आदर्शबाट विमुख भएपछि पार्टी, सङ्गठन र व्यक्तित्वको स्खलन कसरी हुँदो रहेछ  भन्ने कुरा प्रचण्डको वर्तमान स्थितिले प्रस्ट पारेको छ । आज प्रचण्ड गुट विघटनको स्थितिमा पुगेको कुरा उनीहरूकै प्रवक्ताहरू घोषणा गरिरहेका छन् । यो प्रचण्डको मात्र होइन, गलत चिन्तन र व्यवहार गर्नेहरू, ढाँट, छल, गुटबन्दी र कोटरीमा रमाउने र फरक मत राख्दा प्रतिशोध साध्नेहरू, आफ्नो आङको भैँसी नदेखने, तर अरूको आङको जुम्रा देखने समस्याले ग्रस्त आँखामा फुलो परेकाहरू सबैको नियति हो । यसबाट सबैले पाठ सिक्नु आवश्यक छ । ޽एक कालखण्डमा केही मात्रामा  त मोहनविक्रम र पछि निर्मल लामासित प्रचण्डले पनि सङ्घर्ष गरेका हुन्  । तर  एउटा कालखण्डको नजिरले सधैँ ब्याज र भत्ता खाने स्थिति बन्दो रहेनछ । सधैँका लागि त्यो  क्रान्तिकारीताको   मापदण्ड बन्न सक्तो रहेनछ । ससमयअनुसार तलदेखि माथिसम्म सबैले नयाँ परीक्षा पास गर्नैपर्ने हुँदो रहेछ  । निरन्तर क्रान्तिको अर्थ पनि यही नै हो । २०५१ सालको गोर्खा बैठक सम्झेर मात्र हुने रहेनछ, समय पोखरा बैठकसम्म आइपुगेको कुरालाई पनि ख्याल गर्नुपर्ने हुँदो रहेछ । हामीले लडेको लडाइँ नयाँ पार्टी बनाएर अमुकअमुकलाई अमुकअमुक पद सुरक्षित गर्नका लागि मात्र होइन भने हामीले निकै लामो र सङ्घर्षमय यात्रा गर्नुपर्ने छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । हाम्रो तयारी पनि त्यसैअनुरूप हुनुपर्छ ।

फेरि पनि भन्छु, हामीले गत साल प्रचण्डविरुद्ध सम्बन्ध विच्छेद गर्दा रिस, प्रतिशोध र आवेगमा गरेका थिएनौँ । त्यहाँ एउटा महान् उद्देश्यले काम गरेको थियो । हामी त्याग र बलिदानका लागि आत्मिक र भौतिक दुवै किसिमले प्रतिबद्ध भएर नयाँ किसिमले उठेका थियौँ । कसैकसैको अन्तरकुन्तरमा प्रचण्डवालाहरूले सुखसुविधा एकलौटी गरे भन्ने पीडा आदि पनि थियो होला, तर सिङ्गो पङ्क्ति त्यसमा पनि तलको पङ्क्ति उदात्त भावावेगका साथ क्रान्तिको नयाँ कार्यभार पूरा गर्न उठेको थियो, जनयुद्धका सारा प्राप्तिहरू समाप्त गर्नुको पीडाको चेतनाबाट जुटेको थियो । महान् जनयुद्धका बीचबाट विकसित राजनीतिक शक्ति,  पार्टीकार्यकर्ता र सङ्गठनको ठूलो हिस्सा, जनमुक्ति सेनाको भरपर्दो शक्तिका साथै बौद्धिकसांस्कृतिक शक्तिको ठूलो हिस्सा हामीसित थियो । हिजोका केही रहलपहल विकार र  विरासत केही मात्रामा अझै  हामीसित रहे पनि शक्तिसामर्थ्य, अनुभव र  दृढता आदिका कारण बाँकी रहेको कार्यभार पूरा गर्न सक्छौँ भन्ने अठोटका साथ हामीले लडाइँको नयाँ झन्डा उचालेका थियौँ÷हौँ ।  नवसंशोधनवादी विसर्जवादीहरूसित सम्बन्ध विच्छेद गर्दा क्रान्ति सम्पन्न गर्ने भन्दा अर्को स्वार्थ हामीसित थिएन ।

एक कालखण्डमा एक थरी  समस्याहरू हल गरे पनि फेरि नयाँनयाँ समस्या र अन्तर्विरोधहरू पैदा हुनु स्वाभाविक हुन्छ । यो अन्तर्विरोधको नियम पनि हो । सङ्क्रमणात्मक स्थिति  आफैँमा जटिल स्थिति हो ।  यस्तो बेला समाजमा विभिन्न किसिमका प्रवृत्तिहरू  चलायमान भइरहेका हुन्छन् ।  नेता तथा कार्यकर्ताहरू यही समाजमा रहने भएकाले विभिन्न प्रवृत्ति र वर्गचिन्तनको प्रभाव उनीहरूको सोचाइ र बुझाइमा नपर्ने कुरै भएन ।  मूल रूपमा एउटा क्रान्तिकारी मार्क्सवादीका नाताले ऊ यी समस्याहरूसित कसरी जुध्छ, स्थितिको पछिपछि कुद्छ अथवा  प्रतिकूलतालाई सचेतन प्रयासद्वारा अनुकूलतामा फेर्न अघि बढ्छ भन्ने कुरा प्रधान हुन्छ । सम्बन्ध विच्छेदपछि  गति र प्रवाहको आशा गर्नु अस्वाभाविक थिएन, यो आवश्यकता र स्वतन्त्रतासित गाँसिएको प्रश्न थियो ।    यसै क्रममा परिस्थितिको विशिष्टता,  प्रतिकूलता, र सङ्क्रमणताको नाम दिएर अकर्मण्यतामा फस्ने,  परिस्थिति आफैँ तयार हुन्छ भनेझैँ गरी यथास्थितिमा रमाउने  र यस्ता प्रवृत्तिहरूविरुद्ध जुध्दा हतारो र अधैर्यता अंगाल्ने प्रवत्तिहरू पनि सतहमा आउन थाले ।   खासगरेर क्रान्तिका लागि सबैतिरबाट  परिस्थिति प्रतिकूल, जटिल र भयावह देखने आत्मसुरक्षावादी र अकर्मण्यतावादी चिन्तनका विरुद्ध सङ्घर्ष गर्दै हामी सातौँ महाधिवेशनमा  गयौँ र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न जनयुद्धको जगमा जनविद्रोह को कार्यदिशाका साथ सङ्घर्षको मैदानमा खटियौँ ।

प्रस्टताका साथ भन्नुपर्छ महाधिवेशनपछि जुन किसिमको गतिको आशा गरिएको थियो, त्यसो  हुन सकेन । कता विद्रोह, कता  पाँच तयारी र कता के के भयो  । अझ रेग्मी सरकार आएपछि संविधान सभा, चुनाव,  राष्ट्रिय सरकार आदिआदिबारेका टिप्पणी र दिनचर्यामा हाम्रा दिनहरू बितन थाले । विद्रोहको तयारीको हाम्रो आन्दोलन रेग्मी सरकारविरोधी  प्रतिक्रियात्मकतामा सीमित भयो  जनयुद्धको जगमा जनविद्रोह  त भनियो, तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर  हुने  त होइन भन्ने जस्ता प्रश्न र आशङ्काहरू उब्जिन थाले  । हामी पनि क्रान्ति, विद्रोह भन्ने तर प्रतिकूल परिस्थिति, समय फेरिएको  आदिआदिका नाममा कतै प्रचण्डकै दिशामा गइरहेका त छैनौँ भन्ने प्रश्नहरू जोडदार रूपमा उठ्न थाले ।   स्थिति जसरी गइरहेको थियो, यस्ता प्रश्नहरू उठ्नु स्वाभाविक भएको थियो ।  यस्तै प्रश्न र आशङ्काका बीच पार्टीमा वैकल्पिक सदस्यहरू थपियो र यस्तैयस्तै प्रश्नहरूबीच पोखरा बैठक पनि सम्पन्न भयो । सो बैठकले  भ्रम, अन्योल र अकर्मण्यतालाई निस्तेज पार्न निकै सहयोग पु¥यायो ।  हामी एउटा सुस्पष्ट धारणा र कार्यशृङ्खलाको योजनाका साथ पोखरा बैठकबाट बाहिर निस्कियौँ । यस अर्थमा पोखरा बैठक नयाँ उत्साह र एउटा क्रमभङ्गको बैठक थियो ।

बैठक  ऐतिहासिक रूपमा सम्पन्न भयो । बैठक समयभरि कसको अनुहार  कति उज्यालो थियो र कसको अनुहार खिन्न र मुर्झाएको थियो भन्ने तर्फ ध्यान दिने फुर्सत कसैलाई भएन । दस्ताबेजहरू के भन्छन् र  यसप्रति कुन सदस्यले केकस्तो  घारणा राख्छ भन्ने कुरामा सबैको ध्यान व्यक्तिव्यक्तिमा केन्द्रित रह्यो । यसअघि अमुकअमुकसित जोडिएर अमुकअमुक धारणा र मतमतान्तर बाहिर नआएका होइनन् ।  तर केन्द्रीय समितिको बैठकअघि कसले के भन्यो भन्ने कुरा तपसिलका विषय थिए र पिबि बैठकले पारित गरेको  दस्ताबेज नै धारणा र मतको मूल आधार थियो ।  क्रान्तिलाई  सम्पन्न गर्न आवश्यक पर्ने  अङ्गउपाङ्गलगायत मंसिर ४ का लागि घोषणा गरिएको संविधानसभालाई विध्वंस  पार्ने कुरामा जोडदार बहस र छलफलहरू भए ।  यो बहस निकै रोचक र ऐतिहासिक रह्यो ।  नयाँ चुनौतीहरूको सामना गर्न महाधिवेशनको स्पिरिटलाई व्यवहारमा लैजाने प्रतिबद्धाताका साथ हामी बाहिर आयौँ । अबको क्रान्ति विशिष्ट किसिमको हुन्छ,’ ‘यो मौलिक खालको हुन्छ’ ‘यो परम्परागत किसिमको होइन, देशकाल परिस्थितिअनुकूल  हुन्छ  जस्ता वर्ष दिनदेखि सुन्दै आएका यस्ता पदावलीबाट दिक्क भएका हामीहरूका लागि यो बैठकले नयाँ उत्साह प्रदान गरेको थियो । अब शब्दमा होइन, व्यवहारमा सबै कुरा देखिने÷देखाउने समय आएको  छ भन्ने कुराको बोध भएको थियो । 

केन्द्रीय समतिले १८ ओटा  महत्वपूर्ण समसामयिक प्रस्तावहरू पास ग¥यो । जनजीवीका,  राष्ट्रियता र जनतन्त्रसित सम्बद्ध यी प्रस्तावहरूसँगै   अन्तर्राष्ट्रिय सन्दर्भमा पनि केही महत्वूर्ण प्रस्तावहरू पारित गरिए । टर्कीमा भइरहेको जनआन्दोलनको पक्षमा र त्यहाँ भएको दमनका विरुद्ध, भारतमा, जनयुद्ध चलाइरहेका माओवादी क्रान्तिकारीहरूमाथि भएको दमन खासगरेर अप्रेसन ग्रिन हन्टका नाममा भएको जनदमनको विरोध र  दमनको क्षेत्रबाट सशस्त्र फौज हटाउन माग गर्दै प्रस्ताव पास गरियो ।  त्यसैगरी  फ्रि तिब्बतका नाममा  नेपालमा हुने गरेका चीनविरोधी  गतिविधि  रोक्न पनि माग गरियो र नागरिकता विधेयक जस्तो राष्ट्रघाती विधेयक खारेज गर्न र  लुम्बिनी र पशुपतिनगरमा भारतीय चेकपोस्ट राखने सम्झौताका विरुद्ध पनि  प्रस्ताव पास गरियो ।

आगामी संविधान सभाको  निर्वाचनलाई सशक्त  बहिष्कार गर्ने निर्णय पारित गर्नु  महत्त्वपूर्ण पक्ष्य रह्यो  । पोखरा बैठकका सन्दर्भमा  काठमाडौँमा भएको पत्रकारसम्मेलनमा कमरेड किरणले वहिष्कारको आन्दोलनलाई सशक्त बनाउने र यसका लागि आगो नै बाल्नेभनेर भन्नु भएको कुरा यहाँ स्मरणीय छ ।  यसबाट चुनाव बहिष्कारको नीतिलाई नेकपामाओवादीले गम्भीरताका साथ लिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ।

पोखरा बैठकले लिएका नीति र निर्णयहरू त्यसमा पनि संविधान सभाको चुनावलाई सशक्त बहिष्कार गर्ने निर्णय घरेलु प्रतिक्रियावादीहरू तथा विदेशी शक्तिहरूका लागि ठाउको दुखाइ हुनु स्वाभाविक छ । अहिले उनीहरू निकै रन्थनिएका छन् । हाम्रा निर्णयहरू साम्राज्यवादीविस्तारवादी योजनाविरुद्ध सशक्त प्रतिरोध हुन् । चुनाव बहिष्कारको आन्दोलनलाई जनविद्रोहसित जोड्ने र यसले मूर्त रूप लिन नसकेमा अन्ततः जनयुद्धमा जानुको विकल्प छैन भन्ने  आधारभूत नीतिका साथ अघि बढेको नेकपामाओवादीका सामु  संविधान सभाको चुनावलाई ध्वस्त पार्नुबाहेक अर्को विकल्प छैन ।  यथास्थितिमा चुनावमा भाग लिने संभावना छैन भन्दा कार्बाही गनुपर्छ भन्ने जिम्मी कार्टरहरूका लागि सशक्त बहिष्कारको यो नीति निकै ठूलो चुनौती हो । कार्टरलाई चोट पर्नु भनेको अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादलगायत  सबैखाले बाह्य प्रतिक्रियावादीहरूलाई चोट पर्नु हो । बाह्य प्रतिक्रियावादीहरूलाई मात्र होइन, तिनका मतियार चारदलको  सिन्डिकेट र त्यसैको झन्डा बोकेर पछिपछि लाग्ने सबैका लागि पनि यो ठूलो चुनौती हो ।  पोखरा बैठकले यी सबैलाई आतङ्कित तुल्याएको छ । वास्तवमा पोखरा बैठकको निर्णयले चुनावी मोह राखने सबैखाले अवसरवादीहरू र संशोधनवादीरूको मुख खुम्चिएको छ । उनीहरू एक किसिमको आतङ्कित मानसिकतामा छन् ।

अहिले चुनावमा भाग लिने वा वहिष्कार गर्ने भन्ने कुराले भिन्नै अर्थ राख्दछ ।  यो भनेको दुई भिन्न विश्वदृष्टिकोण, भिन्न वर्गस्वार्थ र भिन्न उद्देश्यबीचको टक्कर हो । यहाँ दुई फरक विचार र स्वार्थ  आमनेसामने हुनु  स्वाभाविक छ । दुस्मन बूढो बाघ र सुनको बालाको कथाको सम्झना गराइरहेको छ ।  उसको एउटा हातमा सुनको बाला छ र अर्को हातमा धारिलो तरबार ।  यो रणनीतिले काम नगरे ऊ सोझै युद्धकै स्तरमा आउने छ । सारा नेपाली, सिङ्गो बौद्धिक समुदायले   विरोध गर्दागर्दै चुनाब गराउनु भनेको एक किसिमको युद्धकै घोषणा हो र यसलाई कार्यान्वयन गर्न ऊ सबै हतियारका साथ आउने कुरामा आशङ्का छैन  । त्यसैले चुनाव बहिष्कारको प्रश्न एक हिसाबले  युद्धकै प्रश्न हो र यसमा हाम्रो तयारीले अहम् महत्व राख्दछ । यसका लागि चारवोटा विषयले अहम् महत्व राख्दछन् :

१. पोखरा बैठकको  स्पिरिटअनुसार प्रतिरोधको तयारी गर्नु,,

२. संगठनानात्मक पक्ष्य वैज्ञानिक किसिमले सुदृढ बनाउनु,

३. आमकार्यकर्ता तलदेखि माथिसम्म व्यापक एकता र उत्साहको वातावरणको निर्माण गर्नु र

४. ३३ दलको भूमिकालाई थप बलियो र प्रभावकारी बनाउनु ।

१. अबको कुरा भनेको  व्यवहारमा जाने  कुरा हो ।  यो कामको थालनी तलबाट होइन माथिदेखि नै व्यवहारमा देखिनुपर्दछ भन्ने कुरा तर्कपूर्ण छ  । पोखरा बैठकले नीति र योजना दिएको छ र अब दृढ इच्छाशक्तिको आवश्यकताको खाँचो छ । यतिबेर अघि बढ्ने र पछि हट्ने दुवै सम्भावना छन् ।  विगतमा रट लगाएझैँ आत्मगत स्थिति बलियो नभएको, तयारी नपुगेको, वस्तुगत स्थिति अनुकूल नभएको भन्दै पन्छिने, दुस्मनसम्म सबै सूचना पुगेको र व्यवहारमा जानु आत्मघाती हुनसक्ने आदिआदि बहानाका साथ पोखरा बैठकका निर्णय कार्यान्वयनको पक्ष ओझेलमा पर्नसक्ने÷पार्नसक्ने खतरा पनि त्यत्तिकै छ । तर, यसपल्ट यस्तो हुने छैन भनेर हामी विश्वस्त छौँ ।

२. अहिलेको निर्णयले तलदेखि माथिसम्म व्यापक एकता, समान स्पिरिट, समर्पण भाव र जस्तोसुकै चुनौतीको सामना गर्न तमतयार मानसिकता र वातावरणको माग गर्दछ । यसका लागि कार्यकर्तामा उत्साह र उत्प्रेरणाका साथ क्रान्तिकारी आशावाद उत्पन्न गर्नु÷गराउनु आवश्यक छ ।  यसको जिम्मा मूलतः नेतृत्वपङ्क्तिको हो । अहिलेको अवस्था फूट र विभाजन,  गुटबन्दी र कोटरी निर्माण होइन,  विभाजित मानसिकता एकता र समर्पणभावको विपरीत हुन्छ  । कार्यकर्तामा व्यापक उत्साह र समर्पणभावको वातावरण नबन्दा नीति र योजना अगाडि बढ्न सक्तैनन् र नीति र योजना त ठीक थिए, नेतृत्वपङ्क्ति पनि तमतयार थियो, तर कायकर्तामा उत्साह र क्रियाशीलताको अभावका कारण योजना कार्यान्वयनमा जान सकिएन भन्ने वातावरणको बहानाबाजी पनि हुन सक्छ । अर्थात् पोखरा बैठकबाट भाग्ने अनेक बहाना पनि बनाउन सकिन्छ । तर अबका दिनमा यस किसिमको कलाहीन  नाटक त्यति प्रभावकारी हुन्छजस्तो लाग्दैन । 

३. दुस्मनहरू हामीलाई विभिन्न किसिमले सिध्याउन चाहन्छन् । यसका लागि हामीबीच सुदृढ एकताको खाँचो छ । यो एकता युद्धविरामको स्थितिजस्तो सम्झौतामा आधारित कृत्रिम एकता होइन, क्रान्तिकारी विचारको केन्द्रीयतामा निर्मित एकता हुनुपर्दछ ।  यो एकता विचार र  भावनाबाट नीःसृत एकता हुनुपर्छ ।  प्राविधिक एकता वा मालिक र कारिन्दाबीचको एकताजस्तो एकताको कुनै अर्थ छैन । आज सबैभन्दा भद्रगोल देखिएको पक्ष भनेको सङ्गठनात्मक पक्ष नै हो र यसको कारक पक्ष्यमा हामी प्रस्ट हुनु पर्दछ। हिजो सबै कुरा त्यागेर पार्टी र क्रान्तिका लागि जिउज्यान दिएका इमान्दार नेता तथा कार्यकर्ताहरू नै  संगठनका ऊर्जा र गतिका आधार हुन् भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । सही मान्छे सही ठाउँमाको सैद्धान्तिक मान्यताको पालना गरी सङ्गठनलाई सुदृढ र व्यवस्थित नबनाई र मान्छेको योग्यता, क्षमता र अनुभवको  सहीसही आकलन नगरी शुद्धीकरणाका नाममा पाँडेपजनीगर्न थालियो भने वा कोटरीवाद लागु गर्न खोजियो भने यो भन्दा विडम्नाको विषय केही हुने छैन । यसपक्षमा सबै गम्भीर हुनु आवश्यक  छ ।

४. अहिलेको समय आफ्ना नेता तथा कार्यकर्ताहरूलाई उत्साहित गर्ने र दुस्मनलाई आतङ्कित पार्दै मनोवैज्ञानिक रूपबाट कमजोर पार्ने समय हो । यो समय प्रतिशोध, बदलाभाव र रिसइवि साध्ने समय होइन । अझ नेतृत्व तहमा रहेका कमरेडहरूबाट त यस किसिमको व्यवहारको कल्पना पनि गर्न सकिन्न । यहाँ आत्मसमीक्षाको खाँचो छ र यसको थालनी तलबाट होइन, माथिबाट गरिनु पर्दछ । बहस र छलफलको सामना  गर्न नसकेर प्रतिशोधको बाटो रोज्नु भनेको वैचारिक टाट पल्टाइ मात्र हो । संशोधनवाद होइन, मार्क्सवादको अभ्यास गर, खुला र स्पष्ट होऊ,  फूट होइन एकताबद्ध होऊभन्ने कुरा माथिबाटै गर्नु÷गराउनु आवश्यक छ । पदीय हैसियत कसैमाथि डण्डा बर्साउने आधार बन्नु हुँदैन । अनुशासनका नाममा तर्कहीन र अर्थहीन डण्डाको प्रयोगले शीतयुद्धको थालनी हुन्छ र यसले विश्वासको सङ्कट सिर्जना हुन्छ ।  यसप्रति हामी सबै गम्भीर हुन आवश्यक छ । गुटबन्दी, कोटरीवाद र प्रतिशोधको  राजनीति पोखरा बैठकको स्पिरिट होइन ।

=क्रान्तिकारी पार्टीमा फलामे अनुशासन, सुदृढ एकता, प्रतिबद्धता र जनवादी केन्द्रीयताको पालना अधारभूत सर्त हुन् र यो तल्लो पङ्क्तिको मात्र आवश्यकता र औचित्यको प्रश्न होइन, माथिबाटै यसको बोध गर्ने÷गराउने  र हुने अवस्था सिर्जना हुनु पर्दछ । जब नेतृत्व पङ्क्तिका कमरेडहरू र आमकार्यकर्ताबीच हार्दिकता र श्रद्धाभावको अभाव हुन्छ, सम्बन्धहरू औपचारिकतामा सीमित हुन्छन्,  त्यहाँ विस्तारै खास मान्छेहरू हाबी हुन्छन् र गुटतन्त्रको विकास हुन्छ । अनि अविश्वास र आशङ्काको विजारोपण पनि त्यहीँबाट हुन्छ । यसो भएपछिप पार्टीमा सुदृढ एकता र विश्वासको भाव पैदा हुन सक्तैन । कार्यकर्ता कारिन्दा होइनन्, सहयोद्धा हुन् भन्ने भाव सबैमा विकसित हुनु आवश्यक छ । यसले मात्र नेत्रित्त्वप्रतिको श्रद्धा र आदरभावमा बढोत्तरी हुन्छ ।

लडाइँ जारी छ

१.अबको लडाइँ पोखरा बैठकका निर्णयहरू दृढताका साथ लागू गर्ने कि कसरी यसलाई निस्तेज पार्ने भन्नेहरूबीच  हुनेछ । यो लडाइँमा क्रान्तिकारीहरू फेरि एक कदम अघि बढ्नेछन् । हिजोका दिनमा प्रचण्डकालमा उनका गलत चिन्तनका विरुद्ध औँला ठड्याउने कमरेडहरूलाई प्रचण्डले रविन्द्र र मणि बनाइदिन्छुभनेको कुरा हामीले बिर्सेका छैनौँ   । गलत प्रवृत्तिका विरुद्ध लेख्दा  यस पङ्क्तिकारलाई प्रचण्डका लठैतहरूले सडकमा लगेर गोली ठोक्छौँभनेर सार्वजनिक घोषणा गरेका थिए । रविन्द्र र मणि बनाइदिने हुन् कि भन्ने भयले न त विप्लवहरूले  प्रचण्डका सामु आत्मसमर्पण गरे, न त बरालहरूले नै शीर निहु¥याएर  कलम थन्क्याए  । बरू  अर्को मोर्चा ( The Next Front) खोले र प्रतिक्रियावाद र अवसरवादका विरुद्धको वैचारिक सङ्घर्षलाई तीव्र बनाए । नयाँ पार्टी निर्माणमा लागेका हामी सबैले लुत्रुक्क परेर  गलत पक्षका सामु आत्मसमर्पण गरेका  भए, कायर भएर सत्यको  संवहन गर्न छोडेका भए हजुर माफ पाऊँभनेर लम्पसार परेको भए, हाम्रो विद्रोहको इतिहास यति रक्तिम हुने थिएन । नयाँ पार्टीको इतिहास यति गरिमामय हुने थिएन ।

२. जब मान्छेसित विचार हुँदैन, तर्क हुँदैन, ऊ आत्तिन्छ । ऊ  सत्यको सामना गर्न आतङ्कित हुन्छ । उसमा एक किसिमको चिडचिड्याहटको विकास हुन्छ । आफनो कोटरीबाहेक अरूको कुरा सुन्न उसलाई मन लाग्दैन ।  सत्यको  सामना गर्न नसक्नेहरू दिनको उज्यालोदेखि पनि तर्सन्छन् ।  प्रचण्डबाट यो कुरा हामीले   हिजोका दिनमा भोगिसकेका हौँ । यताका कथित शान्तिप्रक्रियाका सात वर्षमा  संशोधनवाद र त्यसको नेपाली नाइके प्रचण्डका विरुद्ध कोकति लड्यो,  अन्तिम अवस्थासम्म  कसले प्रचण्डको रूपान्तरणको रट लगाइरहेको थियो र कसले क्रान्तिकारी सम्बन्ध विच्छेदको कुरा उठाइरहेको थियो भन्ने कुरा  हामी सबैलाई  थाहा छ, यसमा सबै कार्यकर्ताहरू प्रस्ट छन्, । हिजो खरिपाटीमा हामी लड्दा, हिजो पालुङटारमा हामी भिड्दा को को  कताकता थिए, भन्ने कुरा पनि  हामी सबैलाई थाहा छ ।

३. अब समयले सबै कुराको छिनोफानो  गर्ने छ । समयले नै को सही र को गलतको स्पष्टीकरण दिनेछ । अहिले हामी सबै एकअर्काको निगरानीमा छौँ भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ ।   अबको परीक्षा पोखरा बैठकको जगमा उभिएर हुनेछ ।  पद र हैसियत आआफना ठाउँमा छन् र होलान् । तर अब हामी सबै परीक्षामा सामेल भएर प्रश्नहरूको उत्तर दिनुपर्नेछ । नेतालाई कार्यकर्ताले आदर्शका रूपमा हेर्न र बुझन् चाहन्छन्, कुनै जमिनदार र सामन्तका रूपमा होइन भन्ने कुरालाई गम्भीरताका साथ लिनु जरुरी छ । दुस्मनका विरुद्ध लड्न पार्टीपङ्क्तिभित्र व्यापक एकता, दृढ इच्छाशक्ति  र हार्दिकता आजको आवश्यकता हो र कोटरीवादबाट मुक्त भएर मात्र यो आवश्यकता पूरा गर्न सकिन्छ ।  नेतृत्व तहमा हुनुको सार्थकता पनि यसैमा छ । एकएक बहाना बनाएर पोखरा बैठकको निर्णयबाट दायाँ बायाँ गर्ने छुट अब कसैलाई छैन । अब कुनै पनि बहना चल्नेवाला छैन ।आफ्ना गल्तीकमजोरी ढाकछोप गर्न अरूमाथि डण्डा बर्साउने  र आतङ्कित पार्ने समय पनि अहिले होइन र  छैन ।बिहानदेखि बेलुकासम्म दायाँबायाँ प्रहरीका अधिकृतहरू र  वरिपरि पेरिसडाँडाका सूचकहरू राखेर हिंड्नेहरूले गोपनीयता र अनुशासनको डिङ हाँक्नुको कुनै तुक छैन ।

अन्त्यमा,

क्रान्ति र विद्रोहको कुरा गर्दागर्दै प्रचण्डको छद्य संशोधनवाद नवसंशोधनवादको बाटो हुँदै  कसरी नवप्रतिक्रियावदमा पतन भयो भन्ने कुराप्रति पनि हामी गम्भीर बनौँ । पोखरा बैठकको स्पिरिटलाई गति दिन आत्मसमीक्षाको अभियानको थालनी माथिबाटै गरौँ र एकताभावका साथ आघि बढौं । सही अर्थको स्पष्टीकरण यहींबाट सुरु हुन्छ—गुटबन्दी मुर्दावाद, कोटरीवाद मुर्दावाद । यही नै पोखरा बैठकले निर्देशित गरेको दिशा हो र यसका लागि हामीहरू सबै नयाँ किसिमले उठ्नु र जुट्नु आवश्यक छ । साउन दसदेखि हामीले  बहिष्कारको आन्दोलन सुरु गरिसकेका छौँ, अर्थात् हामी लडाइँको मैदानमा प्रवेश गरिसकेका छौँ । आन्तरिक पङ्क्तिलाई एकताबद्ध र सुदृढ बनाउँदै र ‘३३ दल’ सितको सम्बन्धलाई दरिलो पारेर चुनाब बहिष्कारको  आन्दोलनलाई प्रभावकारी रूप दिनुको विकल्प  यतिखेर हामीसित छैन ।  यही नै अहिलेको आवश्यकता र यथार्थ हो ।

साउन ११ , २०७०

You can leave a response, or trackback from your own site.

One Response to “जारी छ लडाइँ”

  1. khem thapaliya says:

    जनयुद्ध कि चुनावयुद्ध
    एउटा उखान छ ‘घरमा श्रीमती सुत्केरी होस्, त्यही दिन बाबुको मृत्यु होस्, त्यही दिन खेतको रोपाइँ होस्, त्यही दिन प्रहरी गिरफ्तार गर्न आओस् । यी चौतर्फी सङ्कट समाधान गर्न नसक्ने काम लाग्दैन ।’ ‘जनयुद्धको जगमा जनविद्रोह’को राजनीतिक कार्यदिशा पारित गर्ने क्रान्तिकारी नेता र कार्यकर्ताका सामुन्नेमा उखानमा झैं माओवाद मार्गदर्शक सिद्धान्त मान्ने पार्र्टीका सामुन्ने संयुक्त मोर्चालाई राष्ट्रिय स्वाधीनताको आन्दोलनसँग जोड्ने, राष्ट्रघातको ‘चौपल’ नचाएर दिन काट्ने होइन कि साँच्चै जनयुद्धीय जनविद्रोह गर्ने, ७० वर्षदेखि कांग्रेस, एमाले, माओवादी, मधेसवादीले उच्चाटलाग्दो गरी घन्काएको ‘क्रान्ति’को नारालाई युटोपिया हुनबाट जोगाउने, हरेक दिन अरबका खाडीहरूमा भेडा चराउन हिंडिरहेका युवाहरूलाई ‘समृद्ध र नयाँ नेपाल’ निर्माणमा खटाउने, राष्ट्रको रक्षा र विकाससँग क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकासलाई जोड्ने चौतर्फी चुनौतीहरू छन् । समकालीन क्रान्तिकारीहरूले चौतर्फी चुनौतीहरूको सामना कुन बाटो हिंडेर गर्छन् ? चुनावयुद्ध कि जनयुद्ध, सशस्त्र जनविद्रोह कि शान्तिपूर्ण विकास जस्ता यक्ष प्रश्नहरू छन् । अर्धसामन्ती उत्पादन सम्बन्ध भएको मुलुकको जनविद्रोह भनेको अन्तिम अर्थमा जनयुद्ध नै भन्ने माओवादीहरू के‘क्रान्ति’लाई युटोपिया हुन नदिन चुनावयुद्धलाई ध्वस्त पारेर जनयुद्ध लड्लान् त ?

Leave a Reply

See real websites hosted and built by iPage customers.