जनविद्रोहलाई मुख्य मान्नु लामापथ हो

anil_birahi11अनिल शर्मा विरही

(अनिल शर्मा विरहीनेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीति र साहित्य दुवै क्षेत्रमा सक्रिय विरही माओवादीभित्र जुझारू युवा नेताका रूपमा स्थापित हुनुहुन्छ ।  क्रान्तिकारी  विचारप्रतिको प्रतिबद्धता र राष्ट्रियताप्रतिको गम्भीरता वहाँको विशिष्ट पक्ष हो । वहाँ भन्नुहुन्छ : मुख्य पक्ष जनयुद्ध नै हो । जनविद्रोहलाई मुख्य भन्नु निर्मल लामापथ हो । संशोधनवाद र  सबैखाले अवसरवादका विरुद्ध सदैव अग्रपङ्तिमा उभिएर सङ्घर्ष गर्दै आउनु भएको अनिल शर्मा विरहीसित लोकप्रिय साप्ताहिक जनजिब्रोले हालै गरेको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौँ ।)

नेकपामाओवादीको एकजना वरिष्ठ केन्द्रीय सदस्यको हैसियतले यतिबेला नेपालको माओवादी आन्दोलन कुन मोडमा रहेको ठान्नुहुन्छ ?

० जनयुद्धमाथि भएको गम्भीर विश्वासघात र संशोधनवादी प्रचण्डबाबुराम मण्डलीलाई सममयमै पराजित गर्न नसक्दा नेपालको माओवादी धारा गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । त्यो सङ्कट वैचारिक, राजनीतिक र सङ्गठनात्मक सबै क्षेत्रमा अभिव्यक्त भइरहेको छ ।

पार्टी पुनर्गठनको डेढ वर्षसम्म पनि नेकपामाओवादीले समेत खासै नयाँ केही गर्न सकेन, एमाओवादी र ड्यास माओवादीबीच खासै भिन्नता देखिएन भन्नेहरूलाई चाहिँ तपाईं के जवाफ दिनुहुन्छ ?

०एमाओवादी र माओवादीका बीचमा भेद छैन भन्ने कुरा सही होइन । वैचारिक र राजनीतिक घटनाक्रमहरूमा त्यो अभिव्यक्त भएको छ । तर, विश्वभरिका क्रान्तिकारीहरू र नेपाली जनताको अपेक्षाअनुसार अगाडि बढ्न नसकिएको कुरा सही हो । हामी त्यसका लागि बहसको प्रक्रियाबाट गुज्रिरहेका छौं ।

नेपालमा नयाँ जनवादी क्रान्तिको भविष्य कस्तो देख्नु हुन्छ ? सुखद वा दुःखद ?

० नेपालमा नयाँ जनवादी क्रान्तिका लागि २०५२ सालमा भन्दा अनुकुल आन्तरिक र बाह्य वस्तुगत अवस्था छ तर आत्मगत तयारी अपर्याप्त देखिन्छ । आत्मगत तयारी सुदृढ गर्ने हो भने आज देशमा व्याप्त निराशा, आक्रोश, अविश्वास र उत्पीडनको मुस्लो विद्रोहमा अभिव्यक्त हुन सक्छ, यो सुखद् पक्ष हो ।

नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताका निम्ति सङ्घर्षको स्वरूपमै स्पष्टता देखिँदैन, त्यो जनयुद्ध हो या जनविद्रोह ? सबैतिर निकै चासोको यो सवालमा अलिक विस्तृत विश्लेषण गरिदिनोस् न ।

०चिनियाँ र रुसी पथबाट हिँडेर नेपाली क्रान्ति पूरा नहोला । तर, नेपालमा रुसी र चिनियाँ दुवै समाजका विशेषताहरू विद्यमान छन् । आज विश्वका कतिपय कम्युनिस्टहरूले साम्राज्यवादी देशहरूमा समेत गृहयुद्धको बोटोबाट नै क्रान्ति हुने अनुमान गर्न थालेका छन् । नेपालमा जनयुद्धको प्रक्रिया नै अगाडि बढ्नुपर्ने देखिन्छ । जनयुद्धको विकाससँगै रुसी अनुभवको भूमिका बढ्दै जाने छ । ती दुवै पथहरूलाई सुरुदेखि नै समायोजन गर्नुपर्छ । तर, मुख्य पक्ष जनयुद्ध नै हो । जनविद्रोहलाई मुख्य भन्नु निर्मल लामापथहो । २०४८ सालको महाधिवेशनले नेपाली क्रान्ति गृहयुद्धको पक्रियाबाट अगाडि बढेर राष्ट्रिय मुक्ति युद्धद्वारा पूर्ण हुन्छभनेको थियो, त्यो धारणा अहिले पनि सही छ । जनयुद्धलाई राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गराउनुको सट्टा प्रचण्डबाबुरामले गृहयुद्ध नै पराजयमा पु¥याए । गृहयुद्धको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्न सम्भव छैन । तर, रुसी मोडेलका विशेषताहरू पनि बलशाली बन्दै गएको देखिन्छ । जसका कारण हामीले जनयुद्धको जगमा जनविद्रोहभनेका छौं । यी प्रश्नहरूलाई हामी अझ ठोस र मूर्त बनाउने प्रक्रियामै छौं ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकद्वारा नेकपामाओवादीले कार्यदिशालाई समृद्ध र परिष्कृत गर्दै लैजानेनिर्णय लिएको सुनियो, के हो समृद्ध र परिष्कृत गर्ने भनेको ?

०महाधिवेशनमा पारित कार्यदिशाका विषयमा पार्टीभित्र र बाहिरका विरोधी पक्ष र विश्वका भाइचाराहरूका आआफ्नै टिप्पणी र धारणा छन् । त्यसका सकारात्मक पक्षहरूलाई समेट्दा नै कार्यदिशा समृद्ध र परिष्कृत हुन्छ ।

जनयुद्धको जगमा जनविद्रोहभन्ने कार्यदिशालाई ठ्याक्कै यही पदावलीमा नभने पनि प्रचण्ड नेतृत्वको एमाओवादीदेखि पुनर्गठित ड्यास माओवादीसम्मले पार्टीको कार्यदिशा त बनाए तर त्यही कार्यादिशा लागू गरेर अबको नेपालमा क्रान्तिको पूर्णता सम्भव छ र ?

० प्रचण्ड ख्रुश्चेभपथका पथगामी थिए । उनले दबावमा बीचको बाटो अर्थात् सारसङ्ग्रहवादी कार्यदिशा प्रस्ताव गरेका थिए । अर्कातिर जनविद्रोहपदावली नै जनयुद्धको विकल्पमा ल्याइएको थियो । त्यो पुष्टि भैसकेको छ । हामीले आधारभूत रूपमा नै फरक ढङ्गले बुझेका छौं ।

प्रचण्डहरूले पनि हिजो जनविद्रोहकै नाममा ढाँटे अब फेरि अर्को पक्षले पनि त्यसै गर्ने भो भन्नेहरूलाई के भन्नुहुन्छ ?

 ० प्रचण्डहरूले भनेको जनविद्रोहउनीहरूले कार्यान्वयनमा लाने प्रयासै गरेनन् त्यसैले त्यो क्रान्तिकारी कार्यकर्तालाई भ्रम दिनका लागि गरिएको भ्रमको खेती थियो । त्यो पाखण्डबाहेक केही भएन तर हामी त्यसो गर्दैनौं । सम्भव हुँदासम्म कार्यान्वयनको प्रयास गर्छौं, नभए जनयुद्धबाट त्यसलाई अगाडि बढाउँछौं । त्यसैले प्रचण्डहरूले जेजसो गरे, नेकपामाओवादीले पनि त्यसै गर्ला भनेर आशङ्का पालिरहनु जरुरी छैन ।

नेकपामाओवादीले सातौं महाधिवेशनदेखि पोखरा बैठकसम्म नेपाली क्रान्ति सम्पन्न गर्न जनविद्रोहको प्रयास गर्ने, त्यो नभए जनयुद्धको बाटो अवलम्बन गर्नेनिर्णय लिएको बुझियो, के मुलुक अब फेरि अर्को जनयुद्धमा नै प्रवेशको सङ्घारमा छ ?

० हामी औपचारिक रूपमा जनयुद्धको सङ्घारमै छौं भन्ने निष्कर्षमा पुगिसकेका छैनौं । सङ्क्रमणकाल समाप्त भएको स्थितिमा चाहिँ तत्काल जनविद्रोहद्वारा केन्द्रीय सत्तामा दख्खल दिने सम्भावना देखिन्न । त्यस्तो अवस्थामा नेपाली क्रान्तिले लामो र कष्टसाध्य प्रक्रियाको माग गर्दछ । हामी त्यसबारे बहसमै छौं ।

अबको नेपालमा जनयुद्ध भए त्यो दीर्घकालीन प्रकृतिको होला कि अल्पकालीन ? कस्तो हुन सक्ला त अर्को जनयुद्धको स्वरूप ?

 दीर्घकालीनअल्पकालीनभनेर जनयुद्धको स्वरूपलाई समयतालिकाको दृष्टिले हेर्नु नै गलत छ । दीर्घकालीन जनयुद्धले छोटो या लामो दुवै समय लिन सक्छ । क्रान्तिका कदमहरू कसरी चाल्ने भन्ने प्रश्नले दीर्घकालीन र अल्पकालीन स्वरूपको निर्धारण गर्दछ । जहाँसम्म नेपालको सन्दर्भ छ, नेपालमा लामो समयसम्म गृहयुद्ध टिकाउन र रक्षा गर्न जटिल देखिन्छ । कम जनसङ्ख्या र सानो भूगोल भएकाले धेरै लामो लडाइँ लडिरहनु नपर्ला । तर, जनयुद्धका न्यूनतम कार्यभार समेत पूरा नभई युद्धलाई टुङ्ग्याइदिने आशयले अवधि छोटो हुन्छ भन्नु र सोच्नु पनि सही हुँदैन ।

युरोपजस्ता मुलुकका कम्युनिस्ट पार्टीहरूले समेत अल्पकालीन जनयुद्धको आवश्यकतामाथि जोड दिन थालेका छन्, नेपालमा दीर्घकालीन जनयुद्धको विकल्प छैन भन्ने आवाजहरू प्रबल हुँदैछन् । कसरी मूल्याङ्कन गरिरहनु भएको छ यस्तो परिवेशलाई ?

 ० माओको निधनपछि विश्वक्रान्तिका नयाँ बाटाहरू प्रयोगद्वारा सिद्ध भएका छैनन् । प्रयोग र बहसहरू, अनुसन्धानहरू भैरहेका छन् । त्यसलाई सकारात्मक प्रयासका रूपमा नै ग्रहण गर्नुपर्दछ ।

आजको दुनियाँमा कतै पनि जनयुद्धको बाटोबाट क्रान्ति सम्पन्न हुन सक्दैन भनेर पनि नेपालकै धेरै कम्युनिस्टघटकहरू तर्क गर्दै छन्, यसबारे के भन्नुहुन्छ ?

० मार्क्सवादका आधारभूत मान्यता परित्याग गरिसकेका ख्रुश्चोभपन्थीहरूका त्यस प्रकारका बकवासहरूको कुनै अर्थ छैन ।

माओको निधनपछि संसारमा कतै पनि जनयुद्धको बाटोबाट क्रान्ति सम्पन्न हुन सकेको नदेखिँदा माओद्वारा प्रतिपादित दीर्घकालीन जनयुद्धको सिद्धान्तकै उपादेयता सकिएको पनि भन्छन् नि कतिपय त ?

० दीर्घकालीन जनयुद्ध माओका योगदानहरूमध्येको एउटा पक्ष मात्र हो, त्यति नै मात्र त माओवाद होइन । क्रान्ति त माक्र्सकै पालामा पनि भएन । अझ यसो भनौं, आज समाजवादी देश संसारभरि कतै पनि छैन । क्रान्तिको प्रामाणिक विकल्प पुष्टि नभएसम्म दीर्घकालीन जनयुद्धको विपक्षमा उभिनु माक्र्सवाद होइन, संशोधनवाद हो । आज पनि संसारका कयौं देशमा दीर्घकालीन जनयुद्धकै प्रक्रियाबाट सर्वहरा वर्गले आधारइलाकाहरूको विस्तार गरिरहेको यथार्थ पनि त हाम्रै अगाडि छ ।

आजको विश्वमा ठूलो परिवर्तन त आएकै छ नि, विश्व भूमण्डलीकरणको तीव्र विकास, विज्ञानप्रविधि र सूचना क्षेत्रमा आएको क्रान्ति आदिले अब क्रान्तिकारीहरूलाई सर्वहारा क्रान्तिको मोडल र स्वरूप पनि नयाँ ढङ्गबाट सोच्न बाध्य पारेका छैनन् र ?

०पुँजीवादको बदलिँदो स्वरूपले क्रान्तिको स्वरूप र प्रक्रियामा थप विकास गर्न जरुरी तुल्याएको छ । तर, माक्र्सवादका आधारभूत मूल्यहरूको परित्याग गरेर विकास सम्भव छैन । सिस्नोको झ्याङमा सुन्तला फलाउने भन्नेजस्ता कुरा नवीन, ‘वैज्ञानिकहोइनन्, ती त मानसिक विकृतिका उपज मात्र हुन् ।

केही मान्छेहरू क्रान्तिका निम्ति बलप्रयोग त आवश्यक छ तर जनयुद्ध भने आवश्यक छैन पनि भन्छन् नि ?

० इमानदारीपूर्वक उठाइएको भए त्यो प्रश्नमा टिप्पणी गर्नुपर्ने देखिन्न किनकि कतिपय देशमा अल्पकालीन सशस्त्र विद्रोहको माध्यमबाट पनि क्रान्ति सम्पन्न हुन सक्ला, कतिपय देशमा जनयुद्धबिना क्रान्ति सम्भव नै नहोला । त्यसैले जनयुद्ध या जनविद्रोह भन्ने प्रश्न देशसापेक्ष÷परिवेशसापेक्ष विषय हो ।

आजको विश्वमा रुसी र चिनी दुवै नजिरहरूलाई समायोजन गर्दै नयाँ बाटो संसारमा प्रचलित क्रान्तिका दुई मोडलरुसी र चिनियाँ बाहेक अरु मोडलको विकल्पबारे सोच्नै नसकिने कुरा हो र ?

० अविष्कार गर्नुपर्ने देखिन्छ । तर, पुरानै बाटाबाट हिँड्दै, त्यसलाई समृद्ध पार्दै, त्यसैमा टेकेर मात्रै बाटो नभएको शिखरमा पुग्नुपर्ने हुन्छ । नेपालमा भने अझै पनि चिनियाँ मोडेल नै प्रमुख हुन सक्छ ।

अबको नेपालमा दीर्घकालीन जनयुद्धगृहयुद्धको बाटो भएर अगाडि बढ्ला कि राष्ट्रिय मुक्ति युद्धका रूपमा ?

० दीर्घकलीन जनयुद्ध भनेकै गृहयुद्ध हो । गृहयुद्धमा समाज्यवादका आन्तरिक दलाल शक्तिहरू पराजित भएपछि मात्र गृहयुद्धले राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गर्दछ । गृहयुद्धको तयारी नै नगरी राष्ट्रिय मुक्ति युद्धको कुरा गर्नु भयानक क्रान्तिविरोधी षड्यन्त्र हो ।

 

 

केहीको भनाइ त अब जनयुद्ध भए पनि त्यो गृहयुद्धको स्वरूपबाट होइन, केवल राष्ट्रिय मुक्ति युद्धको स्वरूपमा मात्र अगाडि बढ्छ भन्ने छ नि ?

० साम्राज्यवादले सिधै हमला नगरेर उसका दलालहरूमार्फत उत्पीडन गरिरहेको छ । देश नवऔपनिवेशिकताको अवस्थामा छ । यस्तो अवस्थामा गृहयुद्धको प्रक्रियाबाट अघि बढ्नु अनिवार्य छ । इराक, अफगानिस्तान तथा सन् १९४७ अघिको भारतको स्थितिमा मात्रै सीधै राष्ट्रिय मुक्ति युद्ध सम्भव छ । नेपालमा साम्राज्यवादको फौजी हस्तक्षेप नहुन्जेल नेपाली क्रान्तिले गृहयुद्धको सामना गर्नु अनिवार्य छ ।

अर्को प्रसङ्गमा छलफल गरौंनेपालमा पछिल्लो समयमा विकसितविस्तारित यातायात, सूचना र प्रविधि आदिका कारण क्रान्तिमा प्रतिकूलता थपिएको छ भनेर पनि एमाओवादीका मूल नेताहरूले भनिरहेका छन्, यथार्थता के हो ?

० विज्ञान र प्रविधिको विकासले क्रान्ति रोकिन्छ भन्नु पछौटे र षड्यन्त्रकारकारी सोचाइ मात्र हो । विज्ञान र प्रविधिले क्रान्तिलाई अझ अनुकूल बनाउँछ । के कुरा सत्य हो भने यातायात, सञ्चार, सूचना, प्रविधि केन्द्रीकृत राज्य प्रणाली आदिको स्तरोन्नति सँगसँगै हामीले पनि क्रान्तिको स्वरूप र बाटोलाई थप समृद्ध पार्दै चाहिँ जानैपर्छ ।

बाबुराम भट्टराईलगायतले मालेमा धेरै पुरानो भइसक्यो भन्दै माक्र्सवादको थप विकास गर्नुपर्ने कुरा उठाइरहेका छन्, के हो माक्र्सवादको विकास भनेको ? सम्भव छ माक्र्सवादको विकास ?

० मार्क्सवादको विकास आवश्यक र सम्भव दुवै छ । तर, आधारभूत मूल्यहरूको रक्षा नगरी सम्भव छैन । बाबुराम भट्टराईको माक्र्सवाद बारेको चिन्तन नेपालकै सन्दर्भमा अवैज्ञानिक र निरर्थक भैसकेको छ । माक्र्सवादको विकास वर्गसङ्घर्षको भीषण भट्टीबाट मात्रै सम्भव छ ।

अहिले वामपन्थका एकथरी शुभचिन्तकवृत्तमा एकाथरी कम्युनिस्टहरू लडाइँ लडेर सकिने भए, अर्काथरी कम्युनिस्टहरू संसद्वादमा पतन भएर विलिन हुने भएयी दुवैले बीचको बाटो खोज्नुपर्छभन्ने विचार पनि आइरहेको पाइन्छ, यसबारे तपाईंको प्रतिक्रिया कस्तो छ ?

० बन्दुक समातेपछि नै विकसित भएको हो माओवादी धारा । गल्ती बन्दुक समाउनुमा होइन, दह्रोसँग नसमाउनुमा भएको छ । मार्क्सवाद र संशोधनवादका बीचमा कुनै बीचको बाटोहुँदैन, सम्भवै छैन । यो भनाइ पनि प्रकारान्तरले छद्म संशोधनवाद नै हो ।

 

वर्तमान नेपालको समग्र राजनीतिक परिवेशलाई चाहिँ कसरी नियालिरहनु भएको छ ?

० नेपालको राजनीति फेरि २०४८ सालतिरै पुगेको छ । यस बेलाका बहसहरू नयाँ पात्रहरूमार्फत भैरहेका छन् । क्रान्तिकारी माक्र्सवादभित्र पनि उनै बहसहरू नयाँ रूपमा अभिव्यक्त भएका छन् ।

दोस्रो संविधानसभाको बनोट र त्यहाँ समाविष्ट प्रवित्तिहरूलाई केलाउँदा त्यसले संविधान देला कि नदेला, दिएमा कस्तो देला भन्ने मूल्याङ्कन गर्नुहुन्छ ?

संविधान जित्ने पक्षले नै बनाउने हो । विघटित संविधानसभामा क्रान्तिकारी शक्तिले नहारेका कारण त्यसलाई त्यत्तिकै विघटन गरियो । अहिले पुँजीपति वर्गले जितेको दुःखद् अवस्था छ । उसले आफ्नो वर्गको हितमा संविधान लेख्छ र जनतामाथि दमन बढेर जाने छ, जनता प्रतिरोधतर्फ केन्द्रित हुँदै जानेछन् ।

०००

You can leave a response, or trackback from your own site.

2 Responses to “जनविद्रोहलाई मुख्य मान्नु लामापथ हो”

  1. khem thapaliya says:

    ITS GOOD ITNTERVEWS. THANKS ANIL SHARMA.

  2. Sheela says:

    very clear thoughts of Anil Birahi, no second thought is required so far, let the Dyas-Maoist catch this spirit followed by action, class struggle can be won…!

Leave a Reply

See real websites hosted and built by iPage customers.