जनयुद्ध र थाकेका अगुवाहरू

ऋषिराज बरालBaral 3

नेपाली सन्दर्भको जनयुद्धको चर्चा गर्दा यसको उमेर १८ वर्ष भएछ । असाध्यै हलक्क बढेको, तर निश्चित चरणमा पुग्दा अर्थात् समय नपुग्दै आँधी, हुरी र बतासले लछारपछार पारेको वासनादार कुनै फूलको बिरुवाका झैँ भएको छ यसको इतिहास । अथवा आकाश छुन तछाडमछाड गर्दै अग्लिन खोजेको, तर तुषाराले कठ्याङ्ग्रिएर  भुइँमै कतै हराएको हिमाली भेकमा उम्रेको धुपीको कुनै विरुवा झैँ भएको छ यसको इतिहास ।

त्यसबेला जन्मेको कुनै मान्छे पात्र अब लक्का जवान भइुसकेको छ । दश वर्ष पुग्दासम्म मान्छेको संस्मरण शक्ति परिपक्व हुन केही समय लागे पनि उसले आफू वरिपरिको कुराको संझनालाई केही न केही मात्रामा सँगालेकै हुन्छ ।  जो २०६३ पछि जन्म्यो, उसले विगतका घटनाहरूमा,  इतिहासका पानाहरूमा अथवा बाआमाका कथाहरूमा  सुन्नेछ हाम्रो महान् जनयुद्धको महागाथा । ती देखिजान्नेहरू र ती  सुनीजान्नेहरूले  कथा हाल्ने छन् एका देशमा …।

म अलिकति भावुक भएको छु । यो भावुकताभित्र रोमान्टिक भाव होइन,  केही आक्रोस र केही विद्रोहभाव छ, पीडा पनि छ । हामी जो चकडस्टर छोडेर युद्धमोचार्मा सहभागी भयौँ हाम्रो छापामार हाम्रो लाला सेना…। हामी जसले हिउँ, तुषारो, हुरी बतास, चट्याङ र हेलीआतङ्क विरुद्ध प्रतिरोध गर्दै युद्ध मोर्चाका समाचारहरू लाइभ टेलिकास्टगर्यौँ ”कमरेडहरू, ठीक यतिबेर, ठीक यतिबेर हाम्रो एसल्ट ग्रुप  दुस्मनको अन्तिम बङ्कर कब्जाको तयारीमा छ र केही बेरपछि हाम्रो रातो झन्डा त्यहाँ फहरिने छ…।  सायद हामीले त्यति सारो केही गुमाएनौँ । बरु थुप्रै कुरा आर्जन गर्यौँ  । हामी  अनुभवले समृद्ध भयौँ । सुन्थ्यौँ, पढ्थ्यौँ, रुसमा यस्तो भयो, चीनमा यस्तो भयो  भनेर । भोग्यौँ हामीले । मान्छेहरू प्राणको आहुति दिन  कति सारो तँछाडमछाड गर्दा रहेछन् ! मान्छेहरू बलिदानका लागि कतिसारो प्रतिस्पर्धा गर्दा रहेछन् ।  प्यारो भनेको आफ्नो जीवन  न हो । त्यही जीवन बलिदान गर्न मान्छे भुँइँमा बन्दुक खस्न नपाउँदै कसरी लामबद्ध हुँदो रहेछ । कहाँबाट आउँदो रहेछ त्यो त्याग, त्यो उत्सर्गभाव ! साथी ढलेको देख्दा कसरी तात्तो रहेछ छाती र मुटु !  कसरी हाँसीहाँसी पठाउन सक्ता रहेछन् बाआमाहरू छोराहरूलाई बन्दुक समाउन । मुटुको टुक्रा न हो, कसरी पो गर्वका साथ भन्न सक्छन्देश र जनताको मुक्तिका लागि मेरो  सन्तान सहिद भयो भनेर । तर सक्ता रहेछन्, यस्तै रह्यो हाम्रो जनयुद्ध ।

त्यसै आएको छैन यो उदात्तभाव । छ, एउटा सन्दर सपना छ त्यहाँ । एउटा नयाँ संसार, हाम्रो संसार शोषण र दमन नभएको संसारको कामना छ त्यहाँ । वर्षौदेखि उत्पीडनबाट मुक्त हुने उत्कण्ठा छ त्यहाँ । मन रमाउने हरियो धरती र सुनौलो आकासका लागि, बिहान खाए बेलुका के खाउँ भन्ने संसारबाट मुक्त हुनका लागि त बोकेका थियौँ हामीले बन्दुक । एउटा कासनमा ऊ मृत्युवरण गर्न तमतयार हुन्थ्योमरे सहिद, जिते संसार । तर त्यसो भएन । उज्यालो हुनहुन लाग्दा फेरि साँझ पर्योकुनै दन्त्यकथाका झैँ भयो । अचानक के के भएजस्तो भयो  । बेतालपच्चिसीको कथाझैँ भयो, कता हिँडेको मान्छे कता पुगियो । रात परेर जङ्गलमा बाटो हराएको मान्छेको कथाझै भयो । 

पढेका त थियौँ हामीले  इतिहासमाक्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी भनेर । पढेका थियौँ हामीले अमुक देशमा अमुक नेताले क्रान्तिप्रति  यस्तो गर्यो  भनेर । गद्दारीका थुप्रै कथाहरू पढेका थियौँ हामीले । तर हामीले आफ्नै आँखा अगाडि देख्यौँ,  भोग्यौँचुलिएको त्यत्रो पहाड कसरी गल्र्यामगुर्लुम हुँदो रहेछ  । आदर्शहरू कसरी भत्किँदा रहेछन् र नायकहरू कसरी खलनायकमा पतन हुँदा रहेछन् । बलिदानमाथि खेलवाड गरियो,  सहिदको रगतमाथि महलहरू ठडिए । कसैका परिवारको अझैसम्म अत्तोपत्तो छैन । कसैका परिवारका सदस्यहरू नवराजकुमारमा परिणत भएका छन् । ती महिनैपिच्छे श्रीमती फेर्छन् ।  कोही भोकको कारण कर्णलीमा हाम फालेर मृत्यु रोज्न बाध्य छ र कोही राजमहलको ठाँटबाठमा विराजमान छ । गम्छु कहिलेकाहीँ के कालागि जान फ्याल्यौ बाबै कसका लागि ज्यान फ्याल्यौ !

गजबको भएको छ हाम्रो इतिहासकसरी एक कालखण्डको नेता अर्को कालखण्डमा गद्दारमा परिणत हुँदो रहेछ ।  कसरी क्रान्न्तिकारी पार्टीको इतिहासलाई एकाध गद्दारहरूले फोहोरको डङ्गुरमा परिणत गर्दा रहेछन् । कसरी सिङ्गो पार्टी, नेतृत्वमा रहेका एकाधकै कारणा सिद्धिँदो रहेछ । सिङ्गो सङ्गठन कसरी एकाध नेताहरूले डोर्याएको मृत्युपथको यात्री बन्दो रहेछ ।  यो अनुभव पनि चानचुने अनुभव होइन/छैन ।  बलिदान र त्यागको इतिहासजस्तै धोका र गद्दारीको इतिहास पनि चानचुने खालको  छैन । यो समृद्ध अनुभव, यो  नकारात्मक शिक्षा पनि साँच्चिकै घतलाग्दो छ । अलिअलि त युद्धकालमै  पनि देखिन्थ्यो,   अचम्म पनि लाग्थ्यो, यस्तै हो युद्धको विशिष्ट अवस्थामा भन्ने बुझिन्थ्यो ।  तर स्थिति  अर्कै पो  भइसकेको रहेछ ।

कुरा त अर्को कोणबाट पनि सोच्नु आवश्यक छ । स्थिति एकैचोटि यस्तो भएको होइन । धोका र गद्दारीको यो गुणात्मक चरित्र, पार्टीभित्रको नवसामन्तवादको यो घिनलाग्दो स्वरूप एकैचोटि  आएको होइन/थिएन ।  पक्कै पनि एकैचोटि प्रचण्ड, बाबुराम, महरा, हिसिला, अनन्त लगायतका फटाहा र नवसामन्तहरूको विकास भएको होइन । यसको बिउ त युद्धकालमै थियो । युद्धको आवरणमा लुकेर बसेको रहेछ सामन्तवाद । हाम्रो साम्यवादी आदर्श  पनि सामन्ती श्रद्धाभावमा रूपान्तरित भएछ । अति विश्वास,  अति श्रद्धा र वीरपूजक प्रवृति पनि थियो दोषीनयाँ सामन्तहरूको विकासमा । कहिलेकाहीँ त लाग्छ, कतै हामी साम्यवादी आन्दोलभित्रै सामन्तवादको अभ्यास त गरिरहेका थिएनौँ ! प्रश्न  गर्न मन लाग्छ, । हामीले नै जन्माएका होइनौँ र  प्रचण्डबाबुरामजस्ता गद्दारहरूलाई ! ती रातारात जन्मेका नभएर हामीले तिनको निर्माण गरेका होइनौँ र  ! कम्युनिस्ट आन्दोलनमा सारै छोटो इतिहास बोकेको बाबुराम कतैबाट प्रायोजित पात्र थियो र प्रचण्ड साम्यवादी आवरणभित्र लुकेको नवसामन्तवादको विकासे (हाइब्रिड)  स्वरूप थियो भन्ने कुरालाई हामीले समयमै बुझ्न सकेनौँ । अहिले हाम्रा लागि यो शिक्षा र समीक्षाको विषय भएको छ । हामीले विद्रोह त गर्यौँ, तर यो ढिलो भइसकेको थियो । अब महान् जनयुद्धसित  गाँसिएको एउटा टोली महान् गद्दारीको बाटोमा छ त्यो आन्तरिक रूपमा विचारबाट पतन भइसकेको छ र बाह्य रूपबाट अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मूलतः भारतीय विस्तारवादको दलालमा परिणत भइसकेको छ ।

प्रश्न हामीसित पनि छ । समस्याको समाधान उता तेर्स्याएर मात्र हुँदैन । प्रश्नहरूले हामीबाट पनि उत्तर खोजेका छन् । हामीले नै निर्माण गरेका हौँ महलजीवी प्रचण्डबाबुरामहरूलाई । यसमा हामी पनि केही बिन्दुसम्म जिम्मेवार छौँ । कहाँकहाँ पुगेन हामी क्रान्तिकारी भनिएकाहरूको पनि, हिजोको इतिहासको नयाँ किसिमले समीक्षा गर्नु जरुरी छ । यो क्रम मूलतः पार्टीको चौथो विस्तारित बैठकबाट आरम्भ गरेर दोस्रो राष्ट्रिय सम्मेलन, “प्रचण्डपथको घोषणा र चुनवाङ बैठक हुँदै अघि बढुनुपर्दछ । विचलन र गद्दारीका बिउहरू यहीँभित्र छन् । यी सन्दर्भहरूलाई पर सारेर यिनको चिरफारबिना प्रचण्डबाबुरामलाई गाली गरेर मात्र पुग्दो छैन । 

 यी सबै  सन्दर्भसित गाँसिएका प्रक्रियाहरूमा  हामी क्रान्तिकारी  भनिएकाहरू कहाँनेरी उभियौँ,  हाम्रो इतिहासलाई कसरी बुझ्ने र हाम्रो भूमिकालाई कसरी विश्लेषण  गर्ने ? प्रश्नहरू छन् ।  हामी किनाराका साक्षी मात्र भयौँ भन्छौँ भने कम्युनिस्ट पार्टी सामूहिकता र जनवादका आधारमा होइन, हिटलरी शैलीमा चल्दो रहेछ   भनेर  भन्नुपर्छ   । तर सत्य यो होइन । इतिहासको कठघरामा थेरथोर हामी सबै उभिनैपर्ने हुन्छ ।  पहिले आफैँबाट आत्मसमीक्षा गररे अघि बढ्नु आवश्यक छ । विचार, नेतृत्व, कार्यदिशा र दुईलाइन सङ्घर्षमा चुक हुँदा केसम्म हुँदो रहेछ भन्ने कुरा हामीले भोगेका छौँ । विदेशी प्रभुहरूलाई रिझाउन प्रचण्डबाबुरामले क्रान्तिप्रति गद्दारी गरे भन्ने कुरामा अब कुनै भ्रम छैन । नयाँ दलालहरू, नयाँ सामन्तहरू नयाँ गद्दारहरू जन्माउन हामी पनि केही मात्रामा जिम्मेवार छौँ भन्ने कुरालाई  हामीले प्रस्ट रूपमा भन्नैपर्ने हुन्छ । पहिले कमरेड गौरव र पछि  कमरेड किरण योजनाबद्ध ढङ्गले प्रचण्डबाबुरामकै सहमतिमा  भारतीय विस्तारवादद्वारा पक्राउ परेका हुन् । यो गिरफ्तारीसित चुनवाङ बैठकका निर्णयहरू गाँसिएका छन् ।  त्यसबेला अरू क्रान्तिकारी कमरेडहरूको  भूमिका केकस्तो रह्यो भन्ने कुराले पनि उत्तर मागिरहेको छ । 

जनयुद्धकालका छद्म प्रकृतिका विचलनहरू शान्तिप्रक्रियामा आएपछि विस्तारित हुनु स्वाभाविक थियो । यसको फैलावटमा एकताका नाममा भए/गरेका कामहरू सबैभन्दा खतरनाक थिए । गौर हत्या काण्डमा हाम्रै प्रतिवेदनमा हत्यारा किटान गरेका अपराधीहरूलाई हामीले कामरेड बनाएर भित्र्याएका थियौँ र यसमा रातो टीका लगाइदिन हामी क्रान्तिकारी भनिएकाहरू पनि लामबद्ध थियौं । एकताका नाममा जेजस्ता तत्वहरू भित्रिए, पार्टीलाई सिध्याउन त्यहाँ गम्भीर  कमजोरी रह्यो । एकताकेद्रसितको एकताप्रक्रियानै गलत थियो । यसबाट पनि क्रान्तिकारी भनिएका हामीहरू भाग्न मिल्दैन । प्रचण्ड एक्लैले भित्र्याएका होइनन्, फूलमाला लगाएर नाच्नेमा हामी पनि थियौँ र हौँ । जनवादी केन्द्रीयताका नाममा माथिकाले गरेका गलत काम तालिपिटेर र टुलुटुलु हेरेर ठीक छ कमरेडभनेर बुझ्नुपर्ने संस्कृतिको विकासमा धेरथोर हामी पनि जिम्मेवार छौँ । हामीले त कम्युनिस्ट आन्दोलनमा  माथिकाले पनि गल्ती गर्छन् र त्यसको आलोचनाको पनि वैज्ञानिक नियम र पद्धति छ भनेर बुझेका थियौँ र हौँ ।

जे होस्, जनयुद्धले थुप्रै कुराको शिक्षा दियो । अरू देशको कुरा होइन, सबै कुरा हामी आफैँले भोग्यौँ,  इतिहासको सही र वैज्ञानिक विश्लेषण र समीक्षा गरे मात्र नयाँ बाटो खुला र प्रस्ट देखिन्छ । लिपपोतको अर्थ छैन । अनि मात्र यहाँयहाँ  कमजोरी भयो भनेर सच्याउन सकिन्छ । हामीले विचलनका बीहरू  हामीसितै लिएर आएका छौँ भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ । नयाँ पार्टी बन्नुको अर्थ शिक्षा हो । कम्युनिस्ट पार्टी  दलाल, सामन्त र सुविधभोगी वर्ग जन्माउने कारखाना नबनोस् भन्ने सचेतता पनि हो ।

अब गफले, शब्दजालले पुग्दो छैन ।  इतिहासबाट शिक्षा लिएर प्रस्टताका साथ अघि नबढ्ने हो भने क्रान्तिका कुराहरू गँजेडीको गफभन्दा बढी साबित  हुने छैनन् । एकताका नाममा झारपातपतिङ्गर भित्र्याउनेतिर भन्दा आफूभित्रका उर्जाशील  युवाशक्तिलाई पूर्ण क्षमताका साथ परिचालको नीति आवश्यक छ ।   पार्टीभित्रको शक्ति र सामर्थ्यलाई सही किसिमले व्यवस्थापन गर्नुको सट्टा भागेका र  थाकेकाहरूको झुन्ड प्रवेश गराउनुको कुनै अर्थ छैन ।   ग्रामिण वर्गसङ्घर्षसित   जोडेर जनजीविकासितसम्बद्ध  सहरिया आन्दोलन चर्काउनुको सट्टा कथित राष्ट्रिय सहमतिको पट्यारलाग्दो नारा अलाप्नुको पनि कुनै अर्थ छैन । प्रस्टताका साथ भन्नुपर्दा  राष्ट्रिय सहमतिको नारा थाकेकाहरूको विश्रामस्थल बनेको छ । जब वर्ग हराउँछ र जातीयतावादी अतिवाद हाबी हुन्छ, जब सर्वहारा वर्गको पार्टी जात, क्षेत्र, लिङ्गको कोटावादको परिपञ्चमा फस्छ,  विसर्जनको श्रीगणेशपनि त्यहीँबाट हुन्छ ।  प्रचण्डबाबुराम पनि रातारात जन्मेका होइनन् ।

जनयुद्ध इतिहास भयो, तर यो अनुभव र शिक्षा मात्रै होइन, यो वर्तमान पनि हो र भविष्य पनि हो । यसको अनुभव, शिक्षा,  वलिदानी भाव, त्याग, स्पिरिट क्रान्तिचेत वर्तमान हो । त्यसको प्राप्तिको लामो यात्रा यसको भविष्य हो ।  बिनावलिदान, बिनात्याग कथित राष्ट्रिय सहमति र भाषणबाट नयाँ जनवाद आउँथ्यो भने १३ हजारसित बलिदानको इतिहास गाँसिँदैनथ्यो । भँडुवा विकासवादी चिन्तनशैली सारतः यथास्थितिवाद  हो । यसले क्रान्तिकारी चिन्तनलाई जहिले पनि उग्रवाद मात्र देख्छ । भँडुवा विकासवादले क्रान्तिकारी चिन्तन र व्यवहारलाई जहिले पनि ‘शीघ्र विजयको मानसिकता’ देखछ समयले  क्रमभङ्गताको माग गरेको छ । यही नै हिजोको जनयुद्धलाई नयाँ निरन्तरतामा जोड्ने कार्य हो । थाकेकाहरूबाट, भागेकाहरूबाट अर्तिउपदेश सुन्न सकिन्छ, सल्लाह पनि लिन सकिन्छ,  तर अघि लगाएर गतन्यसम्म पुग्न सकिने कुरामा भने अब सोच्नैपर्नै हुन्छ । यही नै हो महान् जनयुद्धले दिएको शिक्षा ।

 फेरि भन्छु बन्नु हुँदैन जनयुद्ध एकादेशका कथा मात्र । हुनु हुँदैन यो इतिहासमा मात्र सीमित । यो त हाम्रो बर्तमान र भविष्य दुवै हो । 

०००

You can leave a response, or trackback from your own site.

One Response to “जनयुद्ध र थाकेका अगुवाहरू”

  1. Ajay sapkota says:

    जो २०६३ पछि जन्म्यो, उसले विगतका घटनाहरूमा, इतिहासका पानाहरूमा अथवा बा–आमाका कथाहरूमा सुन्नेछ हाम्रो महान् जनयुद्धको महागाथा । ती देखिजान्नेहरू र ती सुनीजान्नेहरूले कथा हाल्ने छन् एका देशमा …।

    जरुर कमरेड
    ईतिहासको एक एक हिसाब किताब खोज्नेछौ
    राता रात लुटिएका हाम्रा सबै सबै हतियार हरु
    एक एक जम्मा पार्नेछौ
    ईतिहास होइन भविष्यमा फेरी जनयुद्दको घोषणा हुनेछ |
    हिजो तिमीले लड्यौ अब हाम्रो पालो
    हिजो हिडेको बाटो सही थियो ,हिजोको वैचारिक आलोक र जनमुक्ती सेनाहरु सही थिए र हिजोका बलिदानहरु सही थिए भनेर फेरी हामी लड्नेछौ |
    क्रान्तिको विकल्प छैन नेताहरुको त जत्तिपनी विकल्प हुन्छ |

Leave a Reply

See real websites hosted and built by iPage customers.