जनदिशाको गतिछाडा कार्य

नेपाल कम्युनिस्ट पार्टी—माओवादीको प्रचारप्रसार विभाग कस्तो छ र कसरी चलिरहेको छ भन्ने कुरा सो प्रचारप्रसार विभागमातहतको सो पार्टीको दैनिक मुखपत्र जनदिशा नामको अखबारबाट बोध गर्न सकिन्छ । माओवादी पार्टीको प्रचारप्रसार राज्य समितिका सेक्रेटरी कुमार शाहको जिम्मामा रहेको जनदिशा दैनिकले पुस २१, २०६९ को अङ्कमा ‘माओवादी पार्टी र सङ्गठनहरूको हालको स्थिति’ शीर्षकमा डा. ऋषिराज बरालको एउटा ‘टिप्पणी’ छाप्यो । सो ‘टिप्पणी’ डा. बरालको नयाँ पुस्तक आजको साम्राज्यवाद र माओवादी आन्दोलनबाट लिइएको थियो ।

पहिलो कुरा, सो ‘टिप्पणी’ कुनै नयाँ लेखका झैँ, सो पुस्तकको स्रोत नखुलाई प्रस्तुत गरेर सम्पादकले आफ्नो जानी नजानी गलत नियत अथवा कुपमण्डुकता प्रस्तुत गरे भने दोस्रो कुरा सो ‘टिप्पणी’ को टाउकामा ‘हाइलाइट’ गरिएको अंश पनि अर्काको कसैको लेखको अंश ल्याएर राखेर आफ्नो ‘सम्पादनक्षमता’ को राम्रो उदाहरण प्रस्तुत गरे । यसले सम्पादकको जिम्मेवारहीन प्रवृत्ति र व्यवहारलाई दर्शाउँछ । जनदिशाको यस्तो  गैरजिम्मेवार र  पत्रकारिताको सामान्य मान्यताविपरीत कार्यप्रति क्षोभ प्रकट गर्दै यसलाई जनदिशाको गतिछाडा कार्यको संज्ञा दिन चाहन्छु । सो लेख मेरो हालसालै प्रकाशित पुस्तक आजको साम्राज्यवाद र माओवादी आन्दोलनको अंश भएको जानकारी  गराउँदै, अब सो पुस्तकको कुनै पनि अंश प्रकाशित नगर्न जनदिशा दैनिकलाई सुचित गर्दछु ।

ऋषिराज बराल

पुस २१ ,२०६९

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.