घाइते तथा अपाङ्ग योद्धाहरूको संघर्षप्रति हाम्रो ऐक्यबद्धता

विसर्जनवादी राजनीतिका प्रवक्ता प्रचण्डले पार्टीनीति र निर्णयविपरीत जनमुक्ति सेनाको आत्मसमर्पणको नीति अघि सारेपछि विभिन्न सिविरमा रहेका जनमुक्ति सेनाका कमरेडहरू एकदमै आक्रोसित बनेका छन् । अझ घाइते र अपाङ्ग कमरेडहरूलाई त एकदमै उपेक्ष्या गरिएको छ । भुसको आगोझैं भित्रभित्रै विद्रोह सल्केको छ  । यसै क्रममा  पाचौँ डिविजनअन्तर्गत  रोल्पाको दहबनका घाइते तथा अपाङ्ग कमरेडहरूले यस उपेक्ष्या र अपमानकाविरुद्ध संघर्ष समिति नै बनाएर आत्मसमर्पणवादीहरूलाई चुनौती दिएका छन्  । घाइते अपाङ्ग एवं योद्धा संघ पाचौँ डिभिजनका अध्यक्ष कमरेड खुसिराम चौधरी को संयोजकत्वमा बनेको यस १५ सदस्यीय संघर्ष समितिमा  राज बहादुर रोका उपाध्यक्ष, चित्र बहादुर डागीँ सचिव, राजेन्द्र रावत सदस्य रहनु भएको छ ।अध्यक्ष खुसिराम चौधरीले मंसिर १२ गतेसम्म माग पूरा नभए बर्गीकरणको काम समेत अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ । स्वेच्छिक अवकासमा जाने घाइते तथा अपाङ्गलाई उच्च स्तरको कमाण्डर सरह आर्थिक प्याकेजको व्यवस्था गरिनुपर्ने, राज्यबाट सम्मानपत्र तथा कदरपत्र अनिवार्य दिनुपर्ने, आजिवन उपचारको ग्यारेन्टी र पेन्सनको व्यवस्था गरिनुपर्ने, बाल बच्चाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्ने लगायतका मागहरू उहाँहरूले  अघि सार्नुभएको छ ।

हामी बुद्धिजीवीहरू र हाम्रो वेबसाइट, महान् जनयुद्धका क्रममा घाइते तथा अपाङ्ग भएका कमरेडहरूले चलाएको आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दै यसलाई समग्र सिविरव्यापी बनाउन हार्दिक अपिल गर्दछौं

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.