क्रान्तिकारीहरूबीच एकता

logo cpi(हालै, भारतमा दीर्घकालीन जनयुद्ध सञ्चालन गरिरहेको पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र ‘क्रान्तिकारी अन्तराष्ट्रियतावादी आन्दोलन’ (रिम) को सस्थापक पार्टीमध्ये एक भारतीय कम्युनिस्ट पार्टी (मा–ले) नक्सलबाडीबीच पार्टी एकता सम्पन्न भएको छ । मई दिवसको ऐतिहासिक दिन पारेर   भाकपा (माओवादी) का जनरल सेक्रेटरी कमरेड गणपति र भाकपा (माले) नक्सलवाडीका सेक्रेटरी कमरेड अजिथको  हस्ताक्षरका साथ जारी गरिएको एकता घोषणापत्रमा मार्क्सवाद—लेनिनवाद–माओवाद पार्टीको पथप्रदर्शक सिद्धान्त हुने र भारतीय क्रान्तिको दिशा दीर्घकालीन जनयुद्ध हुने कुरा प्रस्ट पारिएको छ । साथै   हजारौँ सहिदहरूको बलिदान खेर जान नदिने र अन्ततः साम्राज्यवादको दक्षिणएसियाली किल्ला ध्वस्त पार्ने प्रतिबद्धता पनि सो घोषणापत्रमा गरिएको छ । यो एकताले नेपाललगायत विश्वका क्रान्तिकारीहरूमा पनि नयाँ उत्साह र ऊर्जा थपेको छ । सो  एकता घोषणपत्रप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै हामीले यहाँ त्यसको अनुवाद प्रस्तुत गरेका छौँ ।)

—————————————————————————————————-

मे १, २०१४

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीबीच एकताघोषणा

भारतका माओवादी पार्टीहरूलाई एउटै पार्टीमा आबद्ध पारौँ

विश्वसर्वहारा वर्गको अन्तर्राष्ट्रिय दिन, गौरवशाली मे दिवसका अवसरमा हामी भारतका माओवादी पार्टीहरू भाकपा (माओवादी) र भाकपा (मा–ले) नक्सलवाडी, महान् जिम्मेवारी बोध  र दृढ विश्वासका साथ एउटै पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का रूपमा एकताबद्ध भएको घोषणा गर्दछौँ । यसरी विश्वसर्वहारा वर्गको अभिन्न अङ्ग भारतीय सर्वहाराको अग्रदस्तालाई मजबुत बनाएर  हामी भारतीय क्रान्ति र विश्वसर्वहारा क्रान्तिका लागि पहिलेभन्दा थप दृढताका साथ लाग्ने कुराको प्रतिबद्धता जाहेर गर्दछौँ ।

सन् १९६७ को महान् नक्सलवाडी आन्दोलनसँगै माओवादी आन्दोलनले आकार लिएको हो । पार्टीका संस्थापक कमरेडहरू चारु मजुमदार र कन्हाइ चटर्जीको नेतृत्व र उत्प्रेरणामा क्रान्तिकारी आन्दोलन र दरिलो पार्टी निर्माणका लागि हजारौँ नेता,  कार्यकर्ता तथा आम जनताले आफ्नो बहमूल्य जीनको बलिदान गरेका छन् ।

सन् १९७० दशको आरम्भको  धक्का र कमरेड चारु मजुमदारको सहादतपछि कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू विभिन्न समूहमा विभाजित भए । क्रान्तिकारी शक्तिहरूले आआफ्नो क्षेत्रमा आन्दोलनलाई अगाडि बढाउने क्रममा त्यस क्षेत्रका  क्रान्तिकारीहरूलाई एउटै पार्टीमा आबद्ध गर्ने गम्भीर प्रयासहरू गर्दैआए।  चार दशकभन्दा बढीको यो लामो प्रक्रियामा दुई प्रमुख घटक भारतीय कम्युनिस्ट पार्टी  (माले) पिुल्स वार र माओवादी कम्युनिस्ट केन्द्र सन् २००४ को २१ सेप्टेम्बरमा एउटै पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का रूपमा एकीकृत भए । यसले एउटै केन्द्र निर्माण गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादमार्फत साम्यवादसम्म पुग्ने कार्यका लागि मजदुर, किसान र उत्पीडत तह र तप्काका जनसमुदायलाई सङ्गठित गरेर  अघि बढ्न ठूलो उत्साह प्रदान गर्यो । त्यसैगरी भारतीय कम्युनिस्ट पार्टी (मा–ले) नक्सलवाडीले  विसर्जवादी के. वेणु र अवसरवादी के. रामचन्दनले नेतृत्व गरेको सिआरसी, सिपिआइ (एमएल)का विरुद्ध भीषण वैचारिक सङ्घर्ष गर्दै सही अर्थका माओवादीहरूसित एकता गर्ने प्रयास निरन्तर रूपमा गर्दैआयो । यही लामो प्रयासका परिणाममा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र भारतीय कम्युनिस्ट (माले) नक्सलवाडी एकताबद्ध भएका छौँ र यसले हाम्रो पार्टी भाकपा (माओवादी) थप मजबुत भएको छ । यस एकताले निसन्देह रूपमा, एकातिर शासक वर्ग र साम्राज्यवादका विरुद्धको दीर्घकालीन जनयुद्धमा आमउत्पीडित जनताको जनपरिचालन र अर्कोतिर संशोधनवाद र विसर्जनवादका विरुद्ध माक्र्सवाद–लेनिनवाद–माओवादलाई आत्मसात गरेर  क्रान्तिकारी पार्टी लाइनका साथ  निरन्तर सङ्घर्ष गर्दै जाँदा, केही समय लागे पनि सही अर्थका माओवादी पार्टीहरू एउटै पार्टीमा एकताबद्ध हुन सक्छन् भन्ने कुरा प्रमाणित भएको छ । हाम्रो पार्टी मार्क्सवादी –लेनिनवादी  समूहका रूपमा देशका विभिन्न भागमा रहेर काम गरिरहेका  क्रान्तिकारी  शक्तिहरूलाई एकताबद्ध गर्दै लैजाने कार्यलाई निरन्तरता दिइरहनेछ ।

एकीकृत पार्टीले मार्क्सवाद– लेनिननवाद–माओवादलाई आफनो पथप्रदर्शक विचारका रूपमा लिएको छ र सिर्जनात्मक प्रयोगमार्फत यसको रक्षा,  विकास गर्दै यसलाई थप समृद्ध तुल्याउनेछ । क्रान्तिकारी व्यवहारबाट आर्जित पाठको समीक्षा गर्दै र विश्वसर्वहारावर्गको आन्दोलनसित सम्बद्ध   विगतको  अनुभवबाट शिक्षा लिँदै, यसले क्रान्तिको दिशा र व्यवहारको थप विकास गर्नेछ । यसले सामन्तवाद र साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्तिको कार्यभारलाई आफ्नो काँधमा लिन्छ । यो क्रान्ति सांस्कृतिक क्रान्तिमार्फत निरन्तर क्रान्ति गर्दै  त्समाजवाद हुँदै साम्यवादी दिशामा अघि बढ्छ । साम्राज्यवाद, सामन्तवाद र दलाल पुँजीवाद नयाँ जनवादी क्रान्तिका निसाना हुन् र यसको मूल सारतत्व  ग्रामिण सशस्त्र क्रान्ति हो । क्रान्तिको बाटो दीर्घकालीन जनयुद्ध  हो । सामन्तवाद र आमउत्पीडित जनताबीचको अन्तर्विरोध प्रधान रहेको छ । साथै विश्व स्तरमा साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबीचको  अन्तर्विरोध प्रधान अन्तर्विरोध रहेको छ । यो विश्वका अन्य आधारभूत   अन्तर्विरोधहरूसित जोडिएर तीव्र बन्दै गएको छ ।

एकताको यस प्राप्तिले  भारतीय क्रान्तिको अग्रदस्ताको रूपमा रहेको भाकपा (माओवादी) लाई  क्रान्तिको कार्यभार पूरा गर्न थप उत्साह र ऊर्जा प्रदान गरेको छ । दशकौँको हाम्रो अथक सङ्घर्ष महान् कम्युनिस्ट नेताहरू, लाला योद्धाहरू र उत्पीडित आमजनताको बलिदानद्वारा नै  भाकपा (माओवादी) ले  जनयुद्धलाई भारतमा छापामार आधार इलाका र लालासत्ताका रूपमा विकसित गरेको छ र फलस्वरूप मध्य तथा पूर्बी भारतमा क्रान्तिकारी जनसमितिहरूको निर्माण  गरेको छ र त्यसलाई  जनमुक्ति सेना र जनमिसिलसियाले सुरक्षा प्रदान गर्दै आएका छन् । यी  प्राप्तिहरू    सबैभन्दा भीषण दमन अभियानका सन्दर्भमा आर्जित  गरिएका हुन्,  जुन यतिबेर जनताविरुद्धको युद्ध–‘अपरेसन ग्रिन हन्ट’ का नामले कुख्यात छ ।  यसक्रममा दशौँ लाख जनताको निर्ममतापूर्वक हत्या  गरिएको छ । हत्या, बलात्कार, घरहरूमा आगो लगाउने, अन्नबाली नष्ट गर्ने र जनताको उठिबास गराउने जस्ता अमानवीय र जघन्य कुकृत्यहरू सामान्य भएका छन् । अहिले भारतीय सत्ताले यस क्षेत्रमा हवाइ र स्थल सेनामार्फत लगातार  आक्रमणको अभ्यास गरिरहेको छ ।  निर्मम दमन र हत्याका बाबजुद  पनि  दीर्घकालीन जनयुद्ध छालमय भएर निरन्तरतामा छ ।  पश्चिमी घाट (यो भाकपा ( माओवादी) को विशेष इलाकाकाको विशेष नाम होअनुवादक) को  दक्षिणी किनारातर्फ हालै भएको विस्तार साम्राज्यवादको दक्षिणएसियाली खम्बालाई ध्वस्त नपारुन्जेलसम्म  क्रान्तिको ज्वाला निरन्तर फैलिरहनेछ भन्ने कुराको प्रमाण हो ।

साम्राज्यवादीहरू र यसका दलालहरू पारपाइनसक्नुको सङ्कटमा फसेका छन्, क्रान्तिकारीहरूका लागि  स्थिति अनुकूल बनेको अहिलेको विश्वपरिस्थितिमा साम्राज्यवादी विश्वमा वर्गसङ्घर्ष र  माओवादीहरूले चलाएको जनयुद्ध र उत्पीडित मुलकका साम्राज्यवाद विरोधी शक्तिहरूले चलाएको आन्दोलन चर्किँदै जानेछ । भारतमा शासक वर्गले एकातिर मध्य तथा पूर्बी भारतमा चार लाखभन्दा बढी शैन्यशक्ति प्रयोग गरेको छ—जहाँ  वर्गसङ्घर्ष क्रान्तिकारी गृहयुद्धका रूपमा तीव्र बन्दैछ छ, उत्पीडित जनताको क्रान्तिप्रकिो प्रतिबद्धता र जनमुक्ति सेनाको ठोस संरचनाका कारण  वैकल्पिक क्रान्तिकारी  नयाँ जनवादी राज्यसत्ताको केन्द्रका रूपमा विकसित हुँदैछ । उनीहरू  पश्चिमी घाट जहाँ वर्गसङ्घर्ष नयाँ किसिमले विकसित भइरहेको छ, त्यहाँ सैनिकीकरणको प्रक्रियालाई अगाडि बढाइरहेका छन् ।  त्यसैगरी अर्कातिर मजदुर किसान आदिवासी दलित र आमउत्पीडन जनताका विरुद्ध जनविरोधी भूमण्डलीकरणका नीतिहरू  थोपरिएका कारण जुझारू सङ्घर्षले दिशा लिन थालेको छ ।  यस किसिमको अनुकूल वातावरणको सदुपयोग गर्दै पार्टीले  क्रान्तिकारी आन्दोलनलाई  अझ उच्च र व्यापक बनाउन  हरसम्भव प्रयास गर्दै आफ्नो अन्तराष्ट्रिय जिम्मेवारीलाई अझ राम्ररी पूरा गर्नेछ  । यसका लागि लाखौँ जनताको परिचालनमा जोड दिएर र छापामार युद्धलाई थप विस्तार र तीव्र बनाएर नै क्रान्तिकारी आन्दोलनले सामना गर्नुपरेको जटिल समस्याहरूको सामना गर्न र तीमाथि विजय प्राप्त गर्न सकिन्छ ।

असाध्र्य दुर्दमनीय स्तिथिमा रहेका बहुसङ्ख्यक भारतीय जनताका पीडा र  दुखप्रति गहिरो पीडा  बोध गर्दै  विश्वसाम्राज्यवादको अमानवीय व्यवस्था र  यसले विश्वव्यापी रूपमा खडा गरेको विध्वंसात्मक  वातावरणीय स्थिति  र मानजीवनको अस्तित्वप्रति सचेत  बन्दै हजारौँ  सहिदहरू जसले साम्यवादका लागि आफ्नो जीवन समर्पित गरे र रातो झन्डालाई आफ्नो रगतले  सिञ्चित गरे, उनीहरूको  मूल्यको सम्झना गर्दै हामी यो एकतालाई क्रान्तिका लागि शक्तिशाली  हतियारका  रूपमा  लिने कुराको सपथ खान्छौँ ।

गणपति

जनरल सेक्रेटरी

भाकपा (माओवादी)

अजिथ

सेक्रेटरी

भाकपा(माले) नक्सलबाडी

You can leave a response, or trackback from your own site.

One Response to “क्रान्तिकारीहरूबीच एकता”

  1. ajay sapkota says:

    खुसीको खबर

Leave a Reply

See real websites hosted and built by iPage customers.