कारबाही तत्काल फिर्ता गरियोस् : विप्लव

8(पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर महासचिबका नाममा रामबहाहुर थापा ‘वादल’ ले पार्टीका इमानदार र क्रान्तिकारी युवा नेताका रूपमा स्थापित कमरेड अनिल शर्मामाथि कारबाहीको फरमान जारी गरेपछि पार्टीको माथिल्लो तहदेखि तलसम्मका कार्यकर्ताहरू आश्चर्यचकित हुनुका साथै आक्रोसित पनि भएका छन् । यसबीच पार्टीमा सामान्य छलफल पनि नगरी महासचिवले आफ्नै तालले त्यस किसिमको कारबाही गरेको निर्णयप्रति असहमति र आश्चर्य प्रकट गर्दै नेकपा–माओवादीका केन्द्रीय सचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही भदौ २३ गते एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । दि नेक्स्ट फ्रन्ट कमरेड विप्लवको वक्तव्यप्रति क्रान्तिकारी ऐक्यबद्धता प्रकट गर्छ र कमरेड अनिल शर्मामाथिको कारवाही तत्काल फिर्ता लिन आह्वान गर्दछ । तल कमरेड विप्लवको वक्तव्यको पूर्ण पाठ प्रस्तुत गरिएको छ ।)

———————————————————————————————————————-
प्रेस विज्ञप्ति
आज हाम्रो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मामाथि अनुशासनहीनको आरोप लगाउँदै महासचिव वादलले कारवाहीको नाममा निकालेको वक्तव्य कुनै कमिटीको निर्णय नभएको साथै पार्टीपद्धति विपरीत भएकोले उक्त निर्णयप्रति असहमत रहेको जानकारी गराउँछु । साथै उक्त निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गर्दछु ।
भदौ २३, २०७१

विप्लव
सचिव, केन्द्रीय समिति
नेकपा-माओवादी

You can leave a response, or trackback from your own site.

4 Responses to “कारबाही तत्काल फिर्ता गरियोस् : विप्लव”

  1. Rebati upadhaya says:

    रामबहादुर थापाको तानाशाहीको विरोधमा उठौं, जुटौं ।

  2. ajay sapkota says:

    अनिल शर्मा विरही माथिको कारवाही विप्लव लगायत सिंगो फरक दस्तावेजलाई समर्थन गर्ने क्रान्तिकारी नेता कार्यकर्ता माथिको हमला चेतावनी सबै हो भनेर बुझ्दा हुन्छ |

    माओले भने झैँ प्रतिक्रान्तिकारी आफ्नो विनाश नभइन्जेल गडबडी मच्चाई रहन्छन भने जस्तै हो बादलको तथाकथित वक्तव्य

    • Sheela says:

      Badal laai krantikari haru maathi yestai bitanda machchaauna bhanera Prachand-baburam le farak bichar samuha janme ko dherai pa6i 6irayekaa hun, yeti bujhdaa hun6

  3. prasantagole says:

    अजय साथीलाई ध्यन्यवाद . यो त हिटलरी फसिवाद जस्तै नै भयो .

Leave a Reply

See real websites hosted and built by iPage customers.