कम्युनिस्ट नुक्लिअसको समर्थन

new logoजेठ ७ गतेको आमसभालाई सक्रिय सहयोग गरौं

साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले नेपाली जनताको मुक्ति आन्दोलन र राष्ट्रिय स्वाधीनताका विरुद्ध अनेक किसिमका जालझेल र षड्यन्त्र गरिरहेको र सरकारमा बसेको सत्ताधारी वर्ग एक वा अर्को प्रकारले तिनै बाह्य प्रतिक्रियावादी शक्तिको गोटी बनिरहेको अवस्थामा मुलुकले भोगिरहेको जल्दाबल्दा समस्या र तिनको समाधानको सन्दर्भलाई लिएर कमरेड नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले यही जेठ ७ गते काठमाडौँमा गर्न लागेको जनसभा सान्दर्भिक र आवश्यक दुवै छ भन्ने हाम्रो पार्टी कम्युनिस्ट न्युक्लिअस, नेपालको ठहर छ ।

 

माओवादी आन्दोलनभित्रै एक थरीले महान् जनयुद्धको गरिमामय  रक्तिम इतिहास र मूल्यप्रति गद्दारी गर्दै साम्राज्यवादी–विस्तारवादी शक्तिहरूका सामु आत्मसमर्पण गरिरहेको अवस्थामा महान् जनयुद्धका मूल्यहरूको पक्षमा उभिनु हरेक क्रान्तिकारी पार्टी र योद्धाहरूको कर्तव्य हो । मुलुकको राजनीति संसद्वादी र क्रान्तिकारी धारमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको अवस्थामा नयाँ जनवादी क्रान्तिका पक्षधर माओवादी क्रान्तिकारीहरू नयाँ किसिमले धुवीकृत र सङ्गठित हुनु आवश्यक छ भन्ने पनि हाम्रो ठहर छ । यस यथार्थलाई गम्भीरताका साथ आत्मसात गरेर नै हाम्रो पार्टीले माओवादी आन्दोलनको क्रान्तिकारी धुवीकरणको अभियानलाई व्यावहारिक रूप दिन क्रान्तिकारीहरूबीच सहकार्य, कार्यगत एकता गर्दै पार्टी एकताको प्रक्रियालाई अघि बढाउने कार्यमा जोड दिएको हो । विगतका घटनाप्रक्रिया र अनुभवहरूको वैज्ञानिक समीक्षा र संश्लेषण गरेर र हाम्रा कमीकमजोरीहरूको गम्भीरताका साथ आत्मसात गरेर नै क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियाको जिम्मेवारी पूरा गर्न सक्छौँ भन्ने पनि हाम्रो ठहर छ ।

 

क्रान्तिकारीहरूबीचको सहकार्य तथा सहयोगले नै उत्पीडित जनतामा उत्साहको अभिवृद्धि गर्न, प्रतिक्रियावादीहरूका विरुद्ध जनमत निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन बल पुग्छ भन्ने ठहरका साथ हामीले यही जेठ ७ गतेको आमसभालाई सक्रिय समर्थन तथा सहयोग गर्ने निर्णय गरेका हौँ । विभिन्न जिल्लाका सम्पर्क समितिका संयोजक लगायतका कमरेडहरूलाई आआफ्नो स्थानबाट सहयोग गर्न निर्देशित गर्दै आम जनसमुदायलाई सो आभसभामा उपस्थित भई आमसभाले लक्षित गरेको उद्देश्य प्राप्तिको कार्यमा  सहयोग  पुर्याउन पनि हार्दिक अनुरोध गर्दछौँ ।

जेठ ४, २०७३

हेमन्तप्रकाश ओली ‘सुदर्शन’

(संयोजक)

कम्युनिस्ट न्युक्लिअस, नेपाल

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.