‘कम्युनिस्ट आउटलुक’ को नयाँ अङ्क

Cover small size(विगत केही वर्षदेखि निरन्तर रूपमा क्रान्तिकारी विचारको संवहन गर्दै आएको पत्रिका कम्युनिस्ट आउटलुकको नयाँ अङ्क बजारमा आएको छ । राष्ट्रियतासम्बन्धी विशेष अङ्का रूपमा प्रकाशित यस अङ्कमा ऋषिराज बरालको पोखरा बैठक : जारी छ लडाइँ, सुदर्शन मङ्गोलको भारतीय गेमप्लान’, भरत दाहालको नेपालविरुद्ध भारतको दीर्घकालीन योजना’, जीवन हमालको दलभित्र दलालैदलाल’, हस्तबहादुर केसीको कसरी पतन भए एमाले र एमाओवादी’, गेम थापाको जनमुक्ति सेना : स्थापनादेखि अन्त्यसम्म, अशोक सुवेदीको राष्ट्रघातका विरुद्ध प्रगतिवादी कविहरूको हुँकारलगायतका रचनाहरू  समाविष्ट छन् । यहाँ हामीले  निस्तेज पारौँ भारतीय गेम प्लानशीर्षकको  सम्पादकीय प्रस्तुत गरेका छौँ ।)

…………………………………………………………………………………………………………..

निस्तेज पारौँ भारतीय गेमप्लान

भारतीय विस्तारवादको बढ्दो चलखेल र हस्तक्षेपलाई अविलम्ब रोक्न नसके नेपालको अस्तित्व निकट भविष्यमा सिक्किमको जस्तो हुने नियतिलाई कसैले रोक्न सक्ने छैन । यो समय नेपालको राष्ट्रियता इतिहासमा सबैभन्दा कमजोर र संवेदनशील बन्न पुगेको छ । नेपालको  राजनीतिक, आर्थिक, सामरिकलगायत हरेक क्षेत्रमा भारतीय विस्तारवादको हस्तक्षेपले नेपाल अहिले भुटानीकरणको स्थितिमा छ र उसले फिजीकरणको दोस्रो चरणबाट अन्ततः नेपाललाई सिक्किमीकरणतिर लैजाँदैछ । यो सबैलाई ज्ञात भएकै कुरा हो । यस्तो बेला भारतीय विस्तारवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निर्णायक विजयमा नपु¥याउने हो भने एउटा राष्ट्रवादी गीतजस्तै हुनेछ– ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।

यतिबेला भारतीय विस्तारवाद कथित दोस्रो संविधानसभाको निर्वाचनमार्फत आफ्नो बृहत् गेम प्लानपूरा गर्ने योजनामा लागेको छ । संविधानसभामा आफ्ना दलालहरूको दुइतिहाइ बहुमत बनाउने र त्यही सभामार्फत आफूले तयार पारेको ड्राफ्टमा नयाँ संविधानको घोषणा गर्ने ग्र्यान्ड डिजाइनमा भारतीय विस्तारवाद लागेको छ । पहिलो संविधानसभा असफल हुनुमा भारतीय विस्तारवादको तीव्र चलखेलले काम गरेको थियो । नेपालमा सधैँभरि राजनीतिक अस्थिरता पैदा गर्ने र त्यही अस्थिरताबाट धमिलो पानीमा माछा मार्ने रणनीति भारतीय विस्तारवादको हो । भारतीय विस्तारवाद नेपालमा नेपाली जनताको संविधान चाहँदैन । ऊ आफ्नो स्वार्थमा आधारित संविधान चाहन्छ, त्यो स्वार्थ उसले नेपालका आफ्ना दलालहरूमार्फत पूरा गर्न खोजिरहेको छ । सीधा रूपले सैनिक हस्तक्षेपबाट नेपाललाई सिक्किम बनाउन नसकिने विश्वको अहिलेको परिवर्तित स्थितिमा भारतले आफ्ना दलालहरूमार्फत सिक्किम बनाउन चाहन्छ ।

आज नेपालमा भारतीय विस्तारवादको नम्बर एक दलाल पार्टी एमाओवादी हो । त्यसपछि मधेसवादी दल अनि काङ्ग्रेस, एमाले र अन्य पार्टी रहेका छन् । एमाओवादीभित्र पनि प्रचण्ड र बाबुराम भारतका एक नम्बर दलाल हुन् । यी दुईबीच भारतको एक नम्बर दलाल को बन्ने भन्नेमा प्रतिस्पर्धा हुने गर्छ । मधेसवादी दलहरू त भारतको सिता खाएर गीता गाउने दलहरू नै भए । अहिले भारतका लागि एमाओवादी र मधेसवादी दल निकै भरपर्दा दलाल पार्टी हुन् । बरु यतिबेला उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपाल एमाओवादीभन्दा धेरै राष्ट्रवादी देखिएको छ । अहिले भारत यी दुई शक्ति एमाओवादी र संयुक्त मधेसवादी मोर्चालाई एउटै गठबन्धनमा राखेर कथित संविधानसभाको दोस्रो निर्वाचनमा आफ्ना भरपर्दा दलालहरूको दुइतिहाई बहुमत पु¥याउन खोजिरहेको छ । एमाओवादीका अध्यक्ष प्रचण्डले मधेसी मोर्चाहरूसँग गठबन्धन गरेर जानुपर्छ भन्नुको तात्पर्य बुझ्न कसैलाई पनि अप्ठ्यारो पर्दैन । यस्तो बेला राष्ट्रवादी, देशभक्त, सच्चा क्रान्तिकारी  शक्तिहरु एक ठाउँमा आउनुपर्छ र भारतीय विस्तारवादको डटेर सामना गर्नुपर्छ ।

निःसन्देह भारतीय विस्तारवादको गेम प्लानलाई असफल पार्नु चुनौतीपूर्ण कार्य छ । तर त्यसका निम्ति हामीले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन आवश्यक छ । त्यो भनेको नेपालका सम्पूर्ण राष्ट्रवादी पार्टीहरू, विभिन्न देशभक्त शक्तिहरू एक ठाउँमा आउने र भारतीय विस्तारवादका सारा चुनौतीलाई निस्तेज पार्ने हो । चीन, उत्तरकोरिया, भियतनामलगायतका देशमा कम्युनिस्ट शक्ति एक्लैले मात्र लडेर साम्राज्यवाद र वैदेशिक शक्तिलाई पराजित गरेका होइनन्, त्यही देशका सच्चा देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा आएर मात्रै विदेशी शक्तिका विरुद्ध विजय हासिल गरिएको हो । आज नेपालमा पनि नेकपामाओवादीको नेतृत्वमा सम्पूर्ण वामपन्थी, देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएर मात्रै भारतीय विस्तारवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सफल पार्न सकिनेछ । अनि मात्र भारतीय विस्तारवादको गेम प्लान पनि निस्तेज हुनेछ ।

०००

 

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.