कमरेड रामवृक्ष यादवप्रति हाम्रो लालसलाम !

सबैभन्दा पहिले नेपालको कम्युनिस्ट आन्दोलनमा खास गरेर तरार्इक्षेत्रबाट अगुवाको भूमिका खेल्नुहुने कमरेड रामवृक्ष यादवप्रति हामी क्रन्त्तिकारी श्रद्धासुमन  अर्पण गर्दछौं । आजभन्दा १६ वर्षअघि फासिवादी काङ्ग्रेसी सरकार र यसले पालेका गुन्डाहरूद्वारा, मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा कमरेड रामवृक्ष यादवको हत्या भएको थियो ।

महान् जनयुद्धको तयारीको अगुवाइ गर्नेहरूमध्येका एक कमरेड यादवप्रति आज पार्टीले जेजति सम्झना र सम्मान गर्नुपर्ने थियो, त्यसो गरेको पाइंदैन । आफ्नो व्यक्तिगत स्वार्थका र आवश्यकताका लागि तराईका जनता र बलिदानका चिप्ला कुरा गर्ने तर बलिदानको सम्मान गर्नुपर्ने बेलामा परिवारवाद र उपभोक्तावादमा फसेका पार्टीनेताहरूका लागि रामवृक्ष यादव अब सन्दर्भहीन बन्नपुग्नु कुनै आश्चर्यको विषय होइन । तर राष्ट्रियता र जनतन्त्रका लागि लडिरहेका समग्र नेपाली जनताले आफ्नो अन्तिम लक्ष्य प्राप्त नगरुन्जेलसम्म उहाँ सदैव  वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनु हुनेछ । उहाँ खास क्षेत्र वा समुदायका मात्र नेता नभई, मुक्तिका लागि लडिरहेका समग्र नेपालीका अगुवा नेता हुनुहुन्छ। त्यसैले उहाँक सम्झना गर्नु भनेको बलिदानको नयाँ बाटोमा अघि बढ्न तमतयार हनु हो ।

यस घडीमा हामी ढाँट–छल र अनेक परिपञ्चद्वारा नेपाली जनतालाई धोका दिने र महान् जनयुद्धका महान्  सहिदहरूको रगतसित खेलवाड गर्ने सबै प्रकारका अवसरवादका विरुद्ध जुध्न र  मालेमादारा निर्देशित नयाँ  जनवादी क्रान्तिको पक्षमा अघि बढ्न समग्र क्रान्तिकारी साथीहरूलाई आह्वान गर्दछौं । खास गरेर हामी नेपालको क्रान्तिकारी बौद्धिक–सांस्कृतिक समुदायलाई नयाँ प्रतिबद्धताका साथ अगगाडि आउन विशेष अनुरोध गर्दर्छौं । सबै खाले अवसरवादका विरुद्ध नलडी माओवादी आन्दोलनलाई नयाँ किसिमले अघि बढाउन सकिँदैन भन्ने यथार्थलाई आत्मसात गर्दै क्रान्तिकारीहरू अब नयां किसिमले  एकताबद्ध भएर  अघि बढ्नुको विकल्प छैन भन्ने कुरा पनि हामी प्रस्ट पर्न चाहान्छौं।

ऋषिराज बराल

संयोजक,

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल

भदौ २, २०६८

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.