कमरेड अजिथ अस्पतालमा ,चोम्स्कीसहित १५ जना बहुचर्चित बुद्धिजीवीहरूको अपिल

PHOTO AJITHभारतीय कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ  नेता ६२ वर्षीय के. मुरलिधरन अर्थात् कमरेड  अजिथ १५ महिनादेखि भारतीय  जेलमा निर्वासित  हुनुहुन्छ l मुटुको  उपचार  गरिरहेको समयमा उहाँलाई  पक्राउ  गरिएको  थियो l फेरि उहाँ मुटुको समस्याका कारण एकदमै विरामी पर्नुभएको र ठूलो दवाबपछि उहाँलाई अस्पतालमा लगिए  पनि सरकारले उपचारमा  गम्भीरता देखाएको छैन l यसैबीच उहाँको  उपचारका लागि ‘जानकीय मनुष्यभकासा प्रस्थानम’ संस्थाले ले अपिल गरेको छ l  कमरेड अजिथको उचित उपचारका लागि  चारैतिरबाट दबाब परे पनि सरकारले बेवास्ता गरेको  छ l  यस सन्दर्भमा सर्वहारावादी अन्तर्राष्ट्रियतावादी मूल्यलाई केन्द्रमा राखेर हामीले पनि दवाबका लागि  आवाज उठाउनु आवश्यक  छ l कमरेड अजितको  उचित उपचार तथा शीघ्र रिहाइका लागि चौतर्फी दबाब  सिर्जना गरौं  l कमरेड अजिथ माओवादीहरूको अन्तर्राष्ट्रियतावादी संगठन ‘रिम’ का संस्थापक सदस्य हुनुका साथै बहुचर्चित पुस्तक ]ल्याण्ड, कास्ट एण्ड सर्भिचुड’ र  ‘अग्नेस्ट अभाकियानिज्म’ का लेखक पनि हुनुहुन्छ l

यसैबीच प्रो नोम चोम्स्की सहित भारतका बहु चर्चित पत्रकार,  लेखक  र  प्राध्यापकहरूले उचित  उपचारको  माग गर्दै अपिल प्रकाशित गरेका छन्, जसमा  आनन्द तेलतुम्डे, बर्नाड डि’ मेलो, मिना कान्दास्मी, कनम राजेन्द्र, बिआरपी भास्कर, के भेनु, एमएम सोमशेखरन, नियमल बाबु, डा. केटि राममोहन, डा. टिटि श्रीकुमार, डा. . देविका, प्रो. एके रामकृष्नन, पिके बेणु गोपाल रहेका छन् l

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.