एउटा महत्त्वपूर्ण पुस्तक

monoBook review of The Battle For China’s Past Mao and the Cultural Revolution
दि ब्याटल फर चाइनाज पास्ट माओ एन्ड दि कल्चरल रिभोलुसन अर्थात् एउटा ऐतिहासिक दस्ताबेज

माओको मृत्यपछि चीनमा प्रतिक्रान्ति भयो । माओले स्थापित गरेका मूल्यहरूमाथि धावा बोलियो र माओपक्षधरहरूलाई धरपकड गरियो । सांस्कृतिक क्रान्तिलाई विनाशको संज्ञा दिइयो । विस्तारै मार्क्सवादका आधारभूत मूल्यहरूलाई विस्थापित गरियो र देङ सियाओ पेङको “विरालो कालो होस् कि सेतो” को उत्पादक शक्तिको सिद्धान्तलाई अघि सारेर कम्युनिस्ट आवरणमा पुँजीवादको अभ्यास गर्न थालियो । सारमा माओ र उनको योगदानलाई नै अस्वीकार गर्ने अभियान चलाइयो । चीनमै यसो गर्न थालिएपछि माओ र साम्यवाद विरोधी शक्ति यसका विरुद्ध जानु अस्वाभाविक थिएन । माओका विरुद्ध मिहिन पाराले आरम्भ गरेको देङ सियाओ पेङको योजनालाई साम्राज्यवादीहरूले योजनाबद्ध ढङ्गले अघि बढाए । उनीहरूले यसका विरुद्ध चीनबाट पलायन भएका साम्राज्यवादपरस्त बुद्धिजीवीका साथै साम्राज्यवादको पक्षमा सञ्चारमाध्यमहरूको भरपूर प्रयोग गरे ।
यस योजनाबद्धता सँगसँगै माओ, चिनियाँ नयाँ जनवादी क्रान्ति, महान् फड्को र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका विरुद्ध योजनाबद्ध ढङ्गले थरीथरीका कथाकुथुङ्ग्रीहरू बुनिन थाले, कपोलकल्पित कथाहरूका तानाबाना बनाइए । माओले चलाउनु भएको महान् अभियानहरूका विरुद्ध गलत किसिमले प्रचारप्रचारपसार गरिन थालियो । माओको बिम्ब विद्रुपीकरण गर्दै उहाँलाई हिटलर र राक्षसका रूपमा प्रस्तुत गरियो । देखावटी रूपमा चिनियाँ नवसंशोधनवादी–सुधारवादीहरूले यसप्रति असहमति जाहेर गरेजस्तो गरे पनि भित्रभित्रै उनीहरूले सांस्कृतिक क्रान्तिका साथै माओको बिम्ब विदु्रपीकरणको प्रवृत्तिलाई नै प्रोत्साहित गरे । यस किसिमको गलत प्रवृत्तिका विरूद्ध संसारभरिका क्रान्तिकारीहरू वैचारिक प्रतिरोधमा सक्रियताका साथा उभिए । राजनीतिक तथा बौद्धिक क्षेत्रबाट चिनियाँ नवसंशोधनवादका साथै बिम्ब विद्रुपीकरणसम्बन्धी साम्राज्यवादी योजनबद्धताका विरुद्ध संसारभरका माओवादीहरू सक्रियताका साथ लागे । खासगरेर सन् ९० को दशकको अन्त्यतिर र २१ औँ शताब्दीको पहिलो दशकको आरम्भमा लेखिएका पुस्तकहरू सोझै नयाँ जनवादी क्रान्ति र समाजवादी निर्माण अभियाननका साथै माओको बिम्ब विदु्रपीकरणलाई केन्द्र बनाएर आएका थिए । यसको तीव्र आलोचना चिनियाँ समाजबाट नै हुनु आवश्यक थियो । यसमा थुप्रैको भूमिका सराहनीय रहे पनि खासखास चिनियाँ लेखक तथा बुद्धिजीवीहरूको भूमिका निकै सह्राहनीय रह्यो ।
माओ, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्त्व  र मूल्यका साथै चीनमा पुँजीवादको पुर्नस्थापनाका विरुद्ध निकै पुस्तकहरू लेखिएका छन् । यसमा पनि चिनियाँहरूले नै लेखेका पुस्तकहरूमध्ये डन पिङ हाङको अनोन कल्चरल रिभोलुसन र मोबो गााओको पुस्तक दि ब्याटल फर चाइनाज पास्ट माओ एन्ड दि कल्चरल रिभोलुसन (२००८) निकै महत्त्वपूर्ण पुस्तकहरू हुन् । डन पिङ हाङको पुस्तक नेपालीमा अनुवाद भई पाठकसमक्ष आइसकेकाले त्यसको परिचय दिनु आवश्यक छैन । त्यसैगरी क्यु, एम डे बोर्जा र सु एल. डोङद्वारा सम्पादित पुस्तक म्यानुफ्याक्चरिङ हिस्ट्री, सेक्स, लाइज एन्ड ¥यान्डम हाउसेज मेम्बायर्स अफ माओज फिजिसियन (१९९६), ग्रेगोर बेन्टन लिन चुनद्वारा सम्पादित पुस्तक वाज माओ रियल्ली ए मोनोस्टर ? (२०१०) माओको विम्ब विद्रूपीकरण तथा चिनियाँ समाजवादी आन्दोलनका विरुद्ध साम्राज्यवादीहरूले फैलाएका अनेक थरी भ्रम र वितण्डाको भण्डाफोरसित सम्बद्ध महŒवपूर्ण पुस्तकहरू हुन् । अपरिचित सांस्कृतिक क्रान्ति बढीभन्दा चिनियाँ महान् सांस्कृतिक क्रान्तिको मूल्य र महŒवमा केन्द्रित छ । मोबो गाओको पुस्तक दि ब्याटल फर चाइनाज पास्ट माओ एन्ड दि कल्चरल रिभोलुसन चाहिँ चिनियाँलगायत खासगरेर पश्चिमा लेखक तथा कथित बौद्धिक समुदायले माओ र चिनियाँ समाजवादी उपलब्धिहरूका विरुद्ध चलाएको सूचनाभ्रम र प्रचारआतङ्कका विरुद्ध वैचारिक र बौद्धिक सङ्घर्षमा आधारित छ ।
चीनको दुर्गम गाउँ गाओमा जन्मिएका मोबो गाओ भाषा तथा सामाजिक अध्ययनका प्राध्यापक हुन् । हाल अस्ट्रेलियाको अडिलेडमा रहेका प्राध्यापक गाओ मास मिडियासित सम्बद्ध विद्वान पनि हुन् । खासगरेर उनले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र महान् फड्कोका विरुद्धमा पश्चिमा लेखक तथा राजनीतिज्ञहरूले चलाएका गलत प्रचार र माओको बिम्ब विद्रुपीकरणका सम्बन्धमा बुनिएका कपोल्कल्पित कथाहरूको चिरफार गर्दै सत्यतथ्यलाई बाहिर ल्याउने महŒवपूर्ण काम गरेका छन् । यस क्रममा उनले जङ च्याङ हालिडेको पुस्तक माओ दि अनोन स्टोरी का साथै माओका नीजी डाक्टर भनिएका लि झिसुइले अमेरिकी योजनामा लेखेको पुस्तक दि प्राइभेट लाइफ अफ चेयरम्यान माओ :दि मेमयार्स अफ माओज पर्सनल फिजिसियनले कसरी गलत किसिमले यथार्थको विभ्रमीकरण गरेका छन् भन्ने कुरा सत्यतथ्य र तर्कपूर्ण किसिमले खण्डन गरेका छन् ।
सन् २००८मा प्रकाशित यस पुस्तकमा गाओले “इन्ट्रोडक्सन” शीर्षकअन्तर्गत यस किसिमको पुस्तकको आवश्यकता किन पर्यो भन्ने कुराका साथै यो पुस्तक विगतको विवरण अथवा अभिलेख मात्र नभएर वर्तमान चिनियाँ समाजको पनि चिरफार हो भन्ने कुरा प्रस्ट पार्दै वर्तमान चिनियाँ कम्युनिस्ट पार्टी र वर्तमान सत्ताधारीहरू माओ र साम्यवादी मूल्यका विरुद्ध छन् भन्ने कुरा पनि प्रस्ट पारेका छन् । माओको समयको चीनका बारेमा पुँजीवादीहरू तथा नववामपन्थीहरूले इः मिडियामार्फत फैलाएका भ्रमहरूको निवारण गर्नु र समाजवादी क्रान्तिको पक्षमा उभिनु यो पुस्तकको उद्देश्य हो भन्दै उनले ५ ओटा बुँदामा यसको आवश्यकता र उद्देश्यको चर्चा गरेका छन् ।
१. माओ र माओको विरासत, खासगरेर सांस्कृतिक क्रान्तिमा केन्द्रित रहेर गरिएका गलत कुराहरूको आलोचना गर्दै माओ र उहाँको क्रान्तिकारी भूमिकाबारे सत्यतथ्य बाहिर ल्याउनु, २. यस कालखण्डसित सम्बद्ध भएर इः मिडियाले गरेका गलत प्रचारसित सामग्रीहरूको वैचारिक चिरफार गर्नु, ३. यस्ता कपोलकल्पित कथाहरूको विश्लेषण गर्दै ती किन गलत छन् भने कुराका लागि सत्यतथ्यसित सम्बद्ध आधारभूत सामग्रीहरू प्रस्तुत गर्नु, ४. माओले निर्माण गरेका मूल्यहरू र स्थापित गरेको विरासतका आधारमा माओको मृत्यूपछि गरिएका ‘सुधारहरू’ को लेखाजोखा गर्नु र ५. ग्रामीण क्षेत्रको सर्वेक्षणमार्फत हाल चीनमा व्यवहारमा देखिएको पश्चगमनको वैचारिक पक्षलाई प्रस्ट पार्नु ।
चर्चा र विश्लेषणको आधार विगतको भए पनि यो विगत मात्र होइन, यथार्थतः यो वर्तमानको पनि चिरफार हो भन्ने भनाइ लेखकको रहेको छ । यसलाई प्रस्ट पार्दै उनले भनेका छन् :
“यो पुस्तक विगतका घटनासन्दर्भहरूको संस्मरण मात्र होइन, वर्तमानमा के भइरहेको छ भने कुराको पनि अध्ययन हो । यो माओ, माओकाल र सांस्कृतिक क्रान्तिको सन्दर्भ मात्र पनि होइन, यो वर्तमान चीनको पनि अध्ययन हो । प्रस्टताका साथ भन्नुपर्दा, यो उदारवाद विरुद्ध क्रान्तिको र समाजवादको निरन्तरताका विरुद्ध गरिएको फेरबदल विरुद्धको अध्ययन हो । यो प्रगतिका लागि एउटा वैकल्पिक उदाहरण पनि हो, एकै शब्दमा भन्दा सुन्दर मानव अस्तित्वलाई बुझ्ने सम्बन्धमा गरिएको एउटा लामो अध्ययन पनि हो ।”
माथिको भनाइबाट यो पुस्तक माओ र उहाँले अगाडि बढाउनु भएको समाजवादी निर्माण अभियानको पक्षमा र यसका विरुद्ध चिनियाँ नवशंसोधनवादीहरू तथा पश्चिमा प्रतिक्रियावादीहरूले फैलाएका भ्रमहरूको वैचारिक चिरफार हो भन्ने कुरा प्रस्ट हुन्छ । वास्तवमा यो पुस्तक प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी पक्षधरताको वैचारिक दस्ताबेज हो ।
१० ओटा अध्यायमा विभक्त २८० पृष्टको यो पुस्तक चिनिया“ क्रान्तिको नया“ दस्ताबेज हो । मोबो गाओले जङ च्याङ र हालिडेको पुस्तकको खण्डन गर्दै यसलाई बौद्धिक पाखण्डपन, नीचता र बदनियतपूर्ण चिन्तनको पराकाष्ठा भनेका छन् । संसारभरिका प्रतिक्रान्तिकारीहरू र साम्राज्यवादीहरू माओ र सांस्कृतिक क्रान्तिको विरुद्धमा उभिएका छन् भन्दै माओको पक्षमा गाओ यसरी प्रस्तुत भएका छन् ः
जङ र हालिडेको पुस्तकले सांस्कृतिक क्रान्तिलाई पार्टीभित्रको माओको शक्तिसङ्घर्षसित जोडेर माओले पार्टी, सेना, विद्यार्थी र जनतामा आफ्नो प्रभुत्व स्थापित गर्न खोजेको घटना भनेको छ । सत्य के हो भने सांस्कृतिक क्रान्ति चीनले समाजवादी लक्ष्य प्राप्त गर्न र चीन समाजवादी मुलुकका रूपमा अघि बढोस् भन्नाका लागि गरिएको निरन्तर क्रान्तिको घोषण थियो । … कथित मानवअधिकारवादी र नवउदारवादी चस्मा लगाएर सांस्कृतिक क्रान्तिको रणनीतिक उद्देश्यलाई —राजनीतिक र सांस्कृतिक दृष्टिले सम्पन्न वर्गमाथि प्रहार र सिकार बनाइएको भन्ने गरिन्छ । माओले त्यतिबेर जोड दिएर भन्नुभएको थियो— “केही मुट्ठीभर मान्छेहरू जो पार्टीलाई पु“जीवादीकरण गर्न चाहन्छन्, ती थोरै छन्, एक वा दुई प्रतिशत । यस्ता जो थोरै सङ्ख्यामा रहेका पु“जीवादीहरू छन् तीमध्ये केही सच्चिने छन् र अरू पनि सच्चिदै जानेछन् ।” त्यतिबेर प्रस्ट पारिएको थियो— “सांस्कृतिक क्रान्ति जनदमनका लागि नभएर जनतालाई प्रशिक्षित गर्नका लागि थियो । सांस्कृतिक क्रान्तिको उच्च विचारलाई एकदमै मनतोगततामा लिइ“दैछ र मूल उद्देश्यलाई एकातिर पन्छाएर यसलाई यथार्थबाट टाढा पु¥याइएको छ ।” ।
यो पुस्तक प्रस्तुतिका दृष्टिले असाध्यै रोचक छ र बौद्धिक तर्क र वैचारिक विश्लेषणका दृष्टिले खँदिलो छ । यसमा सैद्धान्तिक बहस मात्र छैन, जनसम्बन्धको विस्तार पनि छ । यो पुस्तक तयार पार्नेक्रममा उनले घुमेका चिनियाँ गाउँहरू र त्यहाँका जनताको मनोविज्ञान र माओप्रतिको ग्रामीण जनताको माया र हार्दिकता र सुधारवादी नेताहरूप्रति चिनियाँ जनताको बुझाइलाई उनले लाइभ टेलिकास्टझैँ वर्णन गरेका छन् । कतिपय ठाउँमा यो सन्दर्भले हामीलाई भावुक पनि बनाउँछ । त्यसैगरी इ ः मिडियाहरूले गरेका गलत प्रचार र कपोलकल्पित विवरणको पनि उनले बृहत् चिरफार गरेका छन् । यो पक्ष पनि निकै रोचक छ । माओ र समाजवादी निर्माणका क्रममा उहाँले चलाउनु भएको महान् अभियानहरूका विरुद्ध सूचना भ्रम र सांस्कृतिक साम्राज्यवादका विरुद्ध चोटिलो प्रहार हो यो पुस्तक ।
यो राजनीतिमा चासो राख्ने, त्यसमा पनि माओवादी आन्दोलनसित गाँसिएका नेता तथा कार्यकताहरूले अनिवार्य रूपमा पढ्नैपर्ने पुस्तक हो । साथसाथै बौद्धिक–सांस्कृतिक क्षेत्रका साथै सूचना तथा सञ्चार क्षेत्रमा काम गर्नेहरूले पनि गम्भीरतापूर्वक यसको अध्ययन गर्नु जरुरी छ । वास्तवमा यो पुस्तक प्रतिक्रान्ति विरुद्ध क्रान्तिका पक्षमा लेखिएको दस्ताबेज हो । यो पुस्तक प्रतिक्रान्ति विरुद्ध मोर्चाबद्ध हुन गरिएको वैचारिक आह्वान हो ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.