इन्द्र राउतको प्रतिरोध अभियानप्रति ऐक्यबद्धता

नयाँ कोशी मासिक पत्रिकाको सन्दर्भमा गोपाल किराँती नामका पाखण्डीका विरुद्ध ज–जसले  आवाज उठाउनु भयो, त्यसमा पनि साथी इन्द्र राउतले जसरी प्रतिरोध गरिरहनु भएको छ, द नेक्स्ट  फ्रन्ट यसप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दै यस अभियानलाई अझ अघि बढाउन आह्वान गर्दछ । अति महत्त्वाकाङ्क्षी र सुख–सुविधा र आनन्दको जिन्दगीप्रति सदैव लालायित, रूपमा मालेमा र सारमा घोर जातीयतावादको पुर्पक्ष गर्ने गोपाल किराँतीजस्ता व्यक्ति कसरी माओवादी  पार्टीको त्यो तहमा पुगे ! यो आफैँमा अचम्म र विडम्वनाबो विषय छ । हरेक कुरामा धाक, धम्की र घुर्की लगाउँदै  पिविएम होइन, स्थायी समिति सदस्य  चाहियो भनेर सधैँ बबण्डर मच्चाउने गोपाल किराँतीमा मार्क्सवादको अलिकति पनि अध्ययन छैन र यसप्रति अलिकति पनि विश्वास छैन भन्ने कुरा सबैलाई थाहा छ । अघिल्लो दिन सुखसुविधाको विरोध गर्दै र क्रान्तिका ठूलाठूला कुरा गर्ने र भोलिपल्ट मन्त्री भएपछि सबैभन्दा राम्रो कोठा, विशेष कुर्सी र  विशेष गाडीका लागि बबण्डर मच्चाउने किराँती सुखसुविधा र पदका लागि गुट फेर्ने कुरामा पनि त्यत्तिकै चर्चित छन् ।  मन्त्री हुँदा उनको नाम माओवादी पार्टीलाई सबैभन्दा बदनाम गराउने पात्रका रूपमा लिइन्छ ।  शाही कालका मण्डलेहरूका लागि जनयुद्धका कायकर्ता र पार्टीका विरुद्ध खुलेरै उभिए । यो राष्ट्रको त के कुरा किराँत राज्य समितिको एउटा टोल पनि उनको बिर्ता होइन । यस्ता पाखण्डीहरू मात्र अटाउने एउटा गुटको प्रवक्ता बन्दै गोपाल किराँतीहरूजस्ता ‘नेताहरू’ कसरी इमानदार र क्रान्तिकारी कार्यकर्ताको दमन  गर्दै शाही शैलीमा आतङ्क मच्चाइरहेका छन् भन्ने कुराको भण्डाफोर गरिनु आवश्यक हुन्छ । इन्द्र राउतले आरम्भ गरेको यो अभियान अन्यत्र पनि चलाउनु आवश्यक छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.