आसोज ७ को बन्द कार्यक्रम सफल पारौं

8(असोज ७ को विरोध लार्यक्रमलाई लिएर नेकपा- माओवादीका अध्यक्ष्य मोहन बैध्य ‘किरण’ को वक्तव्यसंगै पार्टिका पश्चिम कमाण्ड इन्चार्ज कमरेड नेत्रविक्रम चन्दा ‘विप्लव’ को अर्को वक्तव्य आएको छ । यसमा भनिएको छ : ” राष्ट्रघाती, जनघाती यो सम्झौता देश र जनताको लागि कदापि स्वीकार्य हुनसक्दैन।” यत्रो राष्ट्रघाती सम्झौताका विरूद्ध जुन किसिमको कडा कार्यक्रम आउनु पर्थ्यो नआएका कारण पश्चिम कमान्डले फरक कार्यक्रम दिनुपरेको हो भन्ने यथार्थलाई हामीले बुझेका छौं । ७ गतेको अन्य कार्यक्रमका साथै पश्चिम कमान्ड सानदार ढंगले सफल पार्न सबैलाई अनुरोध गर्दछौं । कमरेड विप्लवको वक्तव्य तल प्रस्तुत गरिएको छ ।)

——————————————————————————————————————————
असोज ७ गते पश्चिम कमान्ड बन्द गरौँ
कथित नेपाल सरकार र भारतीय कम्पनी जिएमआरबीच उपल्लो कर्णाली जलविद्युत् परियोजनाको लागि भएको ऊर्जा विकास सम्झौता राष्ट्रघाती र जनघाती भएको स्पष्टै छ आम जनता राष्ट्रवादी एवम् जनवादी शक्तिहरूको असहमति र विरोधका बाबजुद यो सम्झौता जबर्जस्ती राष्ट्र र जनतामाथि लादिएको छ । राष्ट्रघाती, जनघाती यो सम्झौता देश र जनताको लागि कदापि स्वीकार्य हुनसक्दैन । तसर्थ, सम्झौताको खारेजी र नेपाली जनताको हितअनुकुल उपल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि हाम्रो पार्टी नेकपा–माओवादी पश्चिम कमाण्डले यही असोज ७ गते तीन राज्य (भेरी–कर्णाली, सेती–महाकाली र थारुवान) बन्द गर्ने जानकारी गराउँछ ।
दशैंको पूर्वसन्ध्यामा हुने यस बन्दले जनतालाई आवत–जावतमा केही असजिलो पार्नेप्रति क्षमा माग्दै देशकै भविष्य र जनताको विरुद्धमा भएको यो अक्षम्य सम्झौताप्रति दशैंको कारणले चुप लाग्न नहुने भएकोले सबै जनसमुदाय (देशभक्त, वामपन्थी, बुद्धिजीवी, उद्योग–व्यवसायी) लाई यातायात, कलकारखाना, शिक्षण संस्था, बजार व्यवसाय बन्द गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
२०७१/०६/०४

विप्लव
पश्चिम कमान्ड इञ्चार्ज
नेकपा–माओवादी

You can leave a response, or trackback from your own site.

2 Responses to “आसोज ७ को बन्द कार्यक्रम सफल पारौं”

  1. ajay sapkota says:

    विप्लब कमरेडलाई धन्यवाद
    टाढाको बाटो केहि अफ्ठेरो पर्ला तर स्वाभिमान नेपालीहरुले राष्ट्रघातको विरुद्द जरुर आवाज उठाउनेछन |बन्द सफल हुनेछ |
    भारतीय विस्तारवाद र तीनका दलालहरु मुर्दावाद

  2. Rebati upadhaya says:

    किरणकै वक्तव्यमा यो कुरा आउनसकेको भए राम्रो हुन्थ्यो. दुइटा वक्तव्यले संदेश राम्रो गएन. तर बिप्लवको वक्तव्यले केही काम गरेको छ,

Leave a Reply

See real websites hosted and built by iPage customers.