आधार इलाकाको खोजी गर्दा : असारे काका

asare ba(नेपालको कम्युनिस्ट आन्दोलनमा असारे कामरेड भनेर परिचित ईश्वरीप्रसाद दाहाल नेपालको कम्युनिस्ट आन्दोलनमा एक जना स्थापित आदर्श व्यक्तित्व हुनुहुन्छ । जीवनको पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताउनु भएको कमरेड असारे अहिले  कमरेड विप्लवले नेतृत्व गर्नुभएको माओवादी पार्टीमा पोलिट ब्युरो सदस्य हुनुहुन्छ । उहाँको सिङ्गो जीवनाभूति र अनुभवका साथै कम्युनिस्ट आन्दोलनमा लाग्दाका सङ्घर्षका उकालीओरालीहरू, वर्गसङ्घर्ष र आन्तरिक सङ्घर्षका जटिल, तर रोमाञ्चक क्षणहरू समेटिएको पुस्तक ‘सङ्घर्षका पाइला’ प्रकाशित भएको छ ।

जनगणतान्त्रिक सम्पर्कं मञ्च, केन्द्रीय समितिद्वारा प्रकाशित यस पुस्तकमा तीन खण्डहरू छन् । अनुभव र अनुभूति तथा राजनीतिक यात्राका दृष्टिले पहिलो खण्ड महत्वपूर्ण छ र पार्टी प्रतिबद्धता तथा नेपाली क्रान्तिको दिशाका सम्बन्धमा उहाँको वर्तमान ठम्याइँ जान्न दोस्रो खण्डका सामग्रीहरू सहयोगी छन् । हालै एक कार्यक्रमबीच सार्वजनिक भएको यो पुस्तक खास गरेर पहिलो खण्डका सामग्रीहरू सबै रोचक र ज्ञानबद्र्धक छन् । तिनैमध्येबाट यहाँ हामीले ‘आधारइलाकाको खोजी गर्दा’ शीर्षकको रचना प्रस्तुत गरेका छौँ ।)

आधार इलाकाको खोजी गर्दा

ऋषि देवकोटा ‘आजाद’ क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । त्यतिखेर सिन्धुली जिल्लाले रामेछाप जिल्ला पनि हेर्दथ्यो । सिन्धुली जिल्लामा राजनीतिक  प्रभाव राम्रो थियो भने रामेछापमा त्यस्तो प्रभाव थिएन । फेरि रामेछाप जिल्ला  पूरै पञ्चहरूको प्रभावित जिल्ला पनि थियो । रामेछाप जान भनेर ऋषि देवकोटा  ‘आजाद’ र म सिन्धुलीबाट हिँड्यौँ । वास्तवमा हामी आधार इलाका खोज्न हिँडेका  थियौँ । उहाँ मोहन विक्रमसिंह, निर्मल लामासित विद्रोह गरेर आउनुभएको  रहेछ । उहाँहरूसित आजादको अन्तर्विरोध चर्किएको रहेछ । त्यसपछि उहाँले  आधार इलाका खोज्न जान भनी मसित प्रस्ताव राख्नुभयो । त्यसक्रममा हामी दुईभाइ सँगै भयौँ र आधार इलाकाको खोजीमा सैंपु, रामेछापमा पुग्यौँ, जुन गाउँ  चतुरमान सुनारको गाउँ थियो । हामी चतुरमानकहाँ मध्यरातमा पुगेका थियौँ ।  त्यसपछि खाना खायौँ । हामीले आधार इलाकाका बारेमा चतुरमानजीसित रातमा  नै छलफल गर्यों । त्यसक्रममा हामी आधार इलाको खोजीमा गिद्दे लेक पुग्यौँ, जुन  ठाउँ चतुरमानको घरबाट दुईघन्टा टाढा पर्दथ्यो । त्यहाँ चुतरमान हामीलाई भात लिएर आउनुहुन्थ्यो । हामी चाहिँ जङ्गलमा शीत छल्नेगरी धूनी लगाएर बस्थ्यौं । त्यो जङ्गलमा वनभैंसीहरू पनि थिए ।  सात दिनसम्म हामीले त्यहाँ ठाउँ खोज्यौँ । यो ठाउँ उपयुक्त छ भनेर हामी  त्यहाँबाट हिँड्यौँ । एक किसिमले आधार इलाका खोजी गर्ने काम हामीले सम्पन्न  गरेका थियौँ ।

एउटा क्रान्तिकारीले नेपालमा क्रान्तिको खोजी गरिरहेको अवस्थामा  छुट्टै आधार इलाकाको खोजी गरेर क्रान्तिकारी बाटो निर्माण गर्ने अभियानमा  कमरेड आजादलाई मैले इमानदार भएर साथ दिन पुगेको थिएँ । त्यतिखेर  कमरेड आजाद भन्नुहुन्थ्यो कि “निर्मल लामा र मोहनविक्रम सिंह नेपालमा  क्रान्ति होइन, कुरा मात्र गर्ने हुन् । हामीले नेपालमा क्रान्ति सम्पन्न गर्नुपर्छ ।”  आधार इलाका बनाएर जानुपर्छ भनेर आजाद त्यसरी आधार इलाकाको खोजीमा  हिँड्नुभएको थियो ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.