आजका खुसी र पीडाका रोचक समाचारहरू

( अपराधी तत्त्वहरूले घरी घरी हाम्रो वेबसाइटमाथि  आक्रमण गरिरहेका छन् यताका तीन दिनमा मात्रै हामीमाथि तीनपल्ट आक्रमण भयो, वेबसाइट खोल्दा  वेबसाइट बन्द गरिएको भनेर लेखिएको  सूचना आयो हाम्रा शुभ चिन्तकहरूले चिन्ता व्यक्त गरे  ।  कहिले ह्याक गर्ने र  कहिले  के  गर्ने  गरेर प्रायोजित र योजनाबद्ध किसिमले अपराधी तत्त्वहरूले यसका विरुद्ध युद्ध नै  चलाएका छन्  हामी न्याय  र सत्यका पक्ष्यमा भएकाले अलिकति पनि विचलित नभई निरन्तर यात्रामा छौँ र रहिरहने छौँ )

चौतारीमा  हामीले आज सनिवारका अनलाइन न्युजबाट  केही रोचक  समाचार लिएका छौँ ।

१.यसमा weeklynepal.com मा ‘हिसिलादेखि प्रधानमन्त्री हैरान’ शीर्षकमा समाचार छापिएको छ र हिसिलासिता गाँसिएका रोषक प्रसंगहरू छन् । त्यसै गरी onlinekhabar.com  मा ‘साझाकी महाप्रवन्धक ममता झा हिसिलाको शरणमा’ शीर्षकमा समाचार छापिएको छ र भ्रष्टाचारी ममता झा भ्रष्टाचार लुकाउन हिसिलाको शरणमा पुगेको  लेखिएको छ । तेस्तै nagarik online ले बाबुरामको मुस्तांग  आडम्बरभित्र रहेको  यथार्थको रहश्य उदघाटन गर्दै पशुपति समशेरले भनेको कुरालाई समाचार बनाएर लेखेको छ : ‘मुस्तांगको पछाडि ४९ पजेरो’ ।

२. यस्तै आजको onlinekhabar.com  मा नै ‘बैध्य पक्ष्यबाट  फिर्ता जग्गा पुन कब्जा’ शीर्षकमा एउटा रोचक र खुसीको समाचार छापिएको छ । नयाँ-पुराना सामन्तहरूको मिलोमतोमा सुकुम्बासीहरूको जग्गा बलपूर्वक कब्जा गरिए पनि जनताले फेरि आफ्नो कब्जामा लिएका छन् . जनताको यस किसिमको शाहसिक प्रतिरोधप्रति हाम्रो हार्दिक येक्यबद्धा  । जस्तो सो समाचारमा भनिएको छ :

० मंसिर, बर्दिया । एकीकृत माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा गरेको छ । प्रमुख तीन दलका स्थानीय नेता सम्मिलित सहजीकरण समितिले हिजो फिर्ता गरेको काँग्रेस नेता विनयध्वज चन्द र उनका परिवारको राजापुरस्थित ४५ विघा जग्गा बैद्य पक्षले आज पुनः आफ्नो कब्जामा लिएको हो । केही भूमिहनिसहित गएका बैद्य पक्षका कार्यकर्ताले जग्गामा झण्डा गाडेका छन् ।

३. त्यसै गरी युवा नेता लेखनाथ न्यौपानेले भनेको भनेर nagarik news online ले आजै एउटा रोचक तर पीडाजन्य समाचार ‘माओवादी नेताहरू सगोत्री र नातामुखी बनेका माओवादी नेताकै आरोप’ शीर्षकमा  समाचार छापेको छ, जुन यथार्थको नजिक छ ।  जस्तो समाचारमा भनिएको छ :

टेकनारायण भट्टराई, पाल्पा, मङ्सिर १०-एकीकृत नेकपा माओवादीका युवा नेता एवम् क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले माओवादी नेताहरु सगोत्री र नातामुखी बनेका बताएका छन्। उनीहरुमा आफ्नैलाई मात्र काखी च्याप्ने र उनैका प्रिय बन्ने प्रवृत्ति  भएको पनि उनले बताए। उनीहरुमा आफ्नैलाई मात्र काखी च्याप्ने र उनैका प्रिय बन्ने प्रवृत्ति  भएको पनि उनले बताए।

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.