अभाकियनवाद विरुद्ध विषयप्रवेश

photo ava(This is the translation of Against Avakianism, by Comrade Ajith, in Nepalese vernacular. Here we are publishing its first chapter ‘The Special Meeting and the RCP letter’. We will publish its remaining chapters one after another.)

(‘कम्युनिस्ट घोषणापत्र’ देखि माओको मुत्युसम्मको अवधि विश्वकम्युनिस्ट आन्दोलनको पहिलो चरण हो र त्यसले अबको क्रान्ति सम्पन्न गर्न सक्तैन र नयाँ चरणको क्रान्ति आरसिपीका अध्यक्ष बब अभाकियनले अघि सारेको “न्यु सिन्थेसिस” ले मात्र गर्नसक्छ  भनेर आरसिपी अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेपछि यसलाई लिएर एसिया, युरोपलगायतका रिमसित सम्बद्ध माओवादी पार्टी तथा सङ्गठनहरूले तीव्र प्रतिक्रिया जनाएका छन् । उनीहरूले  अभाकियनको यो धारणा “उत्तरवादी” प्रवृत्तिबाट प्रभावित छ र यो सारतः विसर्जनवादी प्रवृत्ति हो भनेका छन् । यस क्रममा पहिले भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलवाडीका महासचिव, रिमका सस्थापक सदस्य तथा २०१४ को एकतापछि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता के. मुरलीधरन अर्थात् कमरेड अजिथ, जो हाल जेलमा हुनुहुन्छ, उहाँको पुस्तक ‘अभाकियनवाद विरुद्ध’ प्रकाशित भएको छ । नेपाली भाषाका पाठकहरूलाई अभाकियनवादी भ्रमबारे जानकारी गराउने उद्देश्यले हामीले यसका अध्यायहहरू अनुवाद गरी क्रमिक रूपमा प्रस्तुत गर्ने योजना बनाएका छौँ । यस क्रममा यहाँ हामीले सो पुस्तकको विषयप्रवेश प्रस्तुत गरेका छौँ ।)

———————————————————————-

विशेष बैठक र आरसिपीको चिठी

विशेष बैठक रिमलाई विघटन गराउने कार्यको प्रतिरोध र बचाउका लागि दृढ सङ्घर्षका साथ निरन्तर रूपमा गरिएको सचेतन प्रयासको उपज थियो ।  यो सङ्घर्ष सन् २००९ मा विश्वव्यापी सङ्कट र जनताको सङ्घर्षका बीच केही खासखास पार्टीहरूको सक्रियतामा भएको थियो । तिनीहरूको प्रयासले सन् २००९ पछि मे दिवसहरूमा संयुक्त व्यक्तव्यको थालनी भयो, यसरी एकपल्ट फेरि माओवादीहरूको सामूहिक धारणा विश्वका जनतामाझ पुग्ने स्थिति बन्यो ।  रिमको  पुनर्गठन र गतिशील बनाउने मुद्दाले  नयाँ किसिमको  अन्तर्राष्ट्रिय निर्माण गर्ने विषयलाई प्रकाशमा ल्यायो । यस प्रक्रियालाई अघि बढाउन र  व्यापक बनाउने क्रममा महत्वपूर्ण गोष्ठीहरू, संयुक्त बैठकहरू र गतिविधिहरू सञ्चालन गरिए । यसले रिमसित पहिले नगाँसिएका माओवादी पार्टीहरूलाई पनि ऊर्जा दियो । यस सन्दर्भमा भएका बैठकहरूको प्रारम्भिक निष्कर्ष निकाल्दै औपचारिक रूपमै रिमको अन्तर्राष्ट्रिय सम्मेलनको आवश्यकता बोध गर्यो  । चारओटा पार्टीहरू—  कम्युनिस्ट पार्टी (माओइस्ट) अफ अफ्गानिस्तान, (C(m)PA)  माओइस्ट कम्युनिस्ट पार्टी अफ इटाली (mCP) प्रोलेटरियन पार्टी अफ पूर्व बाङ्ला (PBSP)  र कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी) नक्सलबाडी (CPI(M-L) NAXALBARI का नाममा निमन्त्रणपत्र पठाइएको थियो ।  निमन्त्रणपत्रमा भनिएको थियो : ”…वर्तमान  रिमको विघटन, कोरिम (RIM(CoRIM) कमिटीसित सम्बद्ध केही सदस्य पार्टीहरूमा उत्पन्न भएको गम्भीर वैचारिक, राजनीतिक मतभिन्नता र निष्कृयताको परिणाम हो” । यसमा अगाडि उल्लेख थियो : “कोरिमलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न यो असफल भएपछि हामी तल हस्ताक्षरित पार्टीहरूले, सबै सदस्य पार्टीहरूको सहभागिताको आशा  गर्दै रिमको विशेष बैठक आयोजनाको दायित्व पूरा गरेका हौँ ।” यो बैठकको मूल कामको उद्देश्य, “रिमलाई वर्तमान सङ्कट र विघटनमा पुर्याउने वैचारिक, राजनीतिक र सङ्गठनात्मक कारक तत्वहरू पत्ता लगाउनु र एउटा निचोडमा पुग्नुथियो ” र “माओवादी शक्तिहरूको अन्तर्राष्ट्रिय सम्मेलनका लागि विषयवस्तु र कार्यतालीका निर्धारण गर्नुथियो, जुनचाहिँ सिद्धान्तनिष्ठ वैचारिक एकरूपता, आपसी मेल र अन्तर्राष्ट्रिय तहमा पुनर्गठन गर्ने कार्यद्वारा अभिप्रेरित थियो ।” यसले यो पनि प्रस्ट पारेको थियो, “यी दुईओटा प्रमुख एजेन्डा हुनेछन् भने अरू एजेन्डाहरूको समावेश विशेष बैठकमा सहभागी प्रतिनिधिहरूद्वारा तय गरिनेछ ।”

निमन्त्रणापत्रको खेस्रा तयार पार्न संलग्न पार्टीहरूमा पनि “ कोरिमसित सम्बद्ध पार्टीहरूमा देखापरेको गम्भीर वैचारिक, राजनीतिक भिन्नता” लाई लिएर खासखास विचारहरू थिए । यद्यपि पार्टीहरूको नामका सम्बन्धमा भने कसको विचार र व्यवहारका कारण रिम विघटनको स्थितिमा  पुग्यो भन्ने  चाहिँ बुझेर पनि उल्लेख गरिएको थिएन । यी सबै कुरालाई बैठकमै उठाउनु ठीक हुन्छ भन्ने सोचिएको थियो । आफ्नो नयाँ वैचारिक अडानका कारण आरसिपीले बृहत् अन्तर्राष्ट्रिय माओवादी आन्दोलन र रिमबाट  आफूलाई बाहिरै राखेको कुराप्रति बहुमत हस्ताक्षरकारीहरू प्रस्ट थियौँ । यस कुरामा रिमसित सम्बद्ध पार्टीहरूबीच मेल र बेमेलका बीच पनि आआफ्नै अडान भए पनि आरसिपी  र अन्य पार्टीहरूलाई पनि बोलाउनु पर्छ भन्ने कुरालाई स्वीकार गरिएको थियो । प्राप्त माध्यमहरूबाट रिमसित सम्बद्ध पार्टी र सङ्गठनहरूसमक्ष चिठी पुर्याउने काममा भरमग्दुर प्रयास गरियो । प्रत्यक्ष सम्बन्ध भएकाहरूलाई पार्टीसम्म खबर पुर्याउन अनुरोध गरियो । बैठक कुन उद्देश्यका साथ गर्न लागिएको छ भन्ने कुरा सम्बद्ध पक्षसमक्ष, निम्ता र कुनै न कुनै किसिमले जानकारी पुगेको कुरा पनि थाहा हुनआयो । आफू “सहभागी हुने मनसाय नभएको” कुरा आरसिपीले घुमाउरो पाराले आमन्त्रित पार्टीहरूसमक्ष पुर्यायो ।”

रिमसित सम्बद्ध पार्टीहरूलाई बोलाउने कुरामा आयोजकहरू, घोर दक्षिणपन्थी रुझानका कारण प्रचण्ड–बाबुरामले नेतृत्व गरेको एकीकृत कम्युनिस्ट पार्टी (माओवादी) लाई विशेष बैठकमा उपस्थित गराउनु ठीक हुँदैन भन्ने कुरामा एकमत थिए । प्रचण्ड–बाबुरामले नेतृत्व गरेको एकीकृत कम्युनिस्ट पार्टी (माओवादी) भित्र वैचारिक सङ्घर्ष चलाइरहेको समूहसित निमन्त्रणापत्रको खेस्रा तयार पार्दा सरसल्लाह भएको थियो । त्यतिबेर उनीहरू एकीकृत माओवादीको संशोधनवादी समूहलाई विद्रोहद्वारा बाहिर राख्न सकिन्छ र विभाजन रोक्न सकिन्छ भन्ने कुराको अपेक्षा गरिरहेका थिए । यो कुरा प्रस्तावित बैठकभन्दा अघि नै सम्पन्न गर्न सकिन्छ भन्ने कुरा उनीहरूले जानकारी गराएका थिए । यही नै एकीकृत माओवादीको नाम मस्यौदामा हस्ताक्षरकर्ताका रूपमा समावेश गर्न सकिने आधार थियो । यदि प्रचण्ड–बाबुराम संशोधनवादी केन्द्रबाट अलग हुने स्थितिले साकार रूप लिएन भने त्यसभित्रको माओवादी समूह पर्वेक्षकका रूपमा मात्र सहभागिता जनाउँने छ भन्ने कुराको पनि समझदारी थियो । पछि जब विद्रोही कमरेडहरू अलग हुने भन्ने कुरा आयो, हामीले सरसल्लाहद्वारा नै हस्ताक्षरकर्ताबाट एकीकृत (माओवादी) को नाम हटायौँ । यसरी माथि उल्लेखित चार पार्टीहरू मात्र निमन्त्रणा मस्यौदामा हस्ताक्षर कर्ताका रूपमा देखापरे, जुन एकीकृत माओवादीबाहेक सबै रिम पार्टीहरूलाई थाहा भएको कुरा हो ।

प्रस्तावित एजेन्डालाई लिएर दुईओटा मस्यौदाहरू तयार पारिएका थिए । लामो समयसम्म ‘पूर्व बाङ्ला सर्वहारा पार्टी’ सित सम्पर्क विच्छेद भएपछि यो मस्यौदा उनीहरूको सहभागिताबिना तयार पारिएको थियो । परन्तु अन्तिम मस्यौदा तयार पार्दासम्म उनीहरूसम्म पुग्न सकिन्थ्यो । तर विशेष बैठक एकदमै नजिकै आइसकेको अवस्थामा पिविएसपीले बन्दोबस्तीको समस्याका कारण उनीहरू बैठकमा भाग लिन असमर्थ भएको कुराको जानकारी गराए । “आरसिपीको ‘न्यु सिन्थेसिस” बारे बहसै भएको छैन । पर्याप्त बहस र विश्लेषणबिना यस किसिमका लाइन–प्रश्नहरूबारे निर्णय गर्नु हुँदैन ” भन्ने उनीहरूको विचार थियो । आरसिपीले सबै रिम पार्टीहरूलाई चिठी लेखेको छ भन्ने कुरा जनाउँदै त्यो चिठी हात परेर अध्ययन नगरुन्जेल विशेष बैठक स्थगित गरिनुपर्छ भनेर भिन्नै माध्यमबाट  उनीहरूले जानकारी गराएका थिए । यो सुझावलाई खारेज गरिएको थियो । यो विशेष बैठकमा एकीकृत माओवादीभित्रको क्रान्तिकारी समूहको पर्यवेक्षकका रूपमा उपस्थितिका साथ सम्पन्न भएको थियो । यसरी पहिलो चोटि हामीले आरसिपीको चिठीका बारेमा जानकारी पायौँ । यसको समय एकदमै सन्देहास्पद थियो । धेरै  पहिलेदेखि अहिलेसम्म आरसिपीले उसको अध्यक्षका विचारहरूलाई अहिलेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको  आधार विचारका रूपमा लागू गर्नुपर्छ भनेर सार्वजनिक रूपमा प्रचार गरिरहेको थियो । यो हठ नै रिमको विसर्जनको वैचारिक आधार बन्यो । मार्क्सवाद–लेनिनवाद–माओवादको अन्तर्राष्ट्रिय सान्दर्भिकतालाई खारेज गरिएको थियो । आरसिपीले यससित सम्बद्ध जिम्मेवारीलाई बहन गर्न निरन्तर इन्कार गर्यो । त्यसपछि सबै रिम पार्टीलाई आकस्मिक उत्प्रेरणाका साथ चिठी लेख्नुको अर्थ एकदमै प्रस्ट थियो, यो विशेष बैठकप्रति चलाखीपूर्ण प्रतिक्रिया थियो—अर्थात् यसलाई रोक्नु अथवा कम्तीमा पनि पछि सार्नु । यो सफल हुन सकेन ।

हुन त आरसिपीको चिठीमा धुर्त्याँइँपूर्ण किसिमले “प्रकाशनका लागि होइन” भनेर लेखिएको थियो । ध्यान दिनुपर्ने कुरा के छ भने, यो त्यो पार्टीबाट आएको छ जसले आफूलाई सबै किसिमले रिमभन्दा माथि ठान्दछ । तर कुनै पनि चाल, जतिसुकै धुर्त्याइँपूर्ण किन नहोस्, समयले यसको हिसाबकिताब गरिहाल्दो रहेछ । यो यस्तो चिज हो, जसलाई आरसिपीले लुकाउन सक्तैन । “हरेक ठाउँ र जहिले पनि” यस किसिमको विचार लाद्ने काम जोरजुलम मात्र हो । त्यसैले दुई महिना पनि नबित्तै उसको वदनियतपूर्ण खेल पर्दाफास भयो, त्यो “आन्तरिक” चिठी अनलाइनमा प्रकाशित भयो । यसबाट आरसिपीको चिठीसित सम्बद्ध यथार्थ र यसका विविध अवतारहरूको स्थिति बोध गर्न सकिन्छ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.