अन्तर्राष्ट्रिय क्षेत्रमा बैद्य समूह एक्लियो

baidhya oddice( वैचारिक तथा साङ्गठनिक दृष्टिले विसर्जनको स्थितिमा पुगेको मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादी अब अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एक्लिएको छ l पहिले रिममा रहेका माओवादी पार्टीहरू लगायत नयाँ माओवादी पार्टी निर्माण गरेर ‘माओवादी अन्तर्राष्ट्रिय केन्द्र’ निर्माण गर्न सक्रिय भएका पार्टीहरूले बैद्य समूहलाई क्रान्तिकारी पार्टी मानेका छैनन् l भारतीय माओवादीका बिरुद्ध सोनिया गान्धीलाई चिठी लेख्ने प्रचण्डलाई क्रान्तिकारी भन्दै मोहन बैद्यले संयुक्त हस्ताक्षर गरेपछि भारतीय माओवादी लगायत विश्वका मावोवादीहरू बैद्य समूहप्रति एकदमै आक्रोसित बनेका छन् l प्रचण्डका झैँ ‘मित्र राष्ट्रहरू” का राजदूतावाससित बाहेक अन्तर्राष्ट्रिय माओवादी आन्दोलनसित बैद्य समूहको सम्बन्ध करिकरिब समाप्त भएको छ l
केही महिना पहिले रिम निर्माणका सम्बन्धमा बैद्य समूहले पहिले रिममा रहेका पार्टीहरूलाई एउटा दस्ताबेज पठाएको थियो l (त्यसको अंग्रेजी प्रति हामीसित सुरक्षित छ l) तर विश्वका कुनै पनि माओवादी पार्टीले बैद्य समूहको सो दस्ताबेजलाई सकारात्मक रूपमा लिएनन् l आफ्ना कमीकमजोरी उल्लेख गर्नेभन्दा अरू भन्दा आफूलाई ठालू ठान्ने प्रवृत्तिका कारण पनि सो दस्ताबेज अन्य माओवादीहरूका लागि रुचिकर हुन् सकेन l मे दिवश २०१५ का सन्दर्भमा भारतीय माओवादी पार्टीसहित विश्वका २८ भन्दा बढी पार्टी तथा साम्राज्यवाद विरोधी संगठनहरूले प्रकाशित गरेको संयुक्त वक्तव्यमा बैद्य समूहले सही नगर्नुलाई पनि रिम निर्माणमा लागेका माओवादी पार्टीहरूले गम्भीरतापूर्वक लिएका छन् l उनीहरूका दृष्टिमा—बैद्य समूहको व्यवहार र महाधिवेशनको दस्ताबेज क्रान्तिकारी संदेश र छाप छोड्न सक्षम छैन l उनीहरूका ठम्याइंमा यो समूह अझै पनि प्रचण्डवादी प्रभावबाट मुक्त हुनसकेको छैन l उदाहरणका लागि माओवादी पार्टी इटालीले बैद्य समूहलाई लेखेको चिठीलाई लिन सकिन्छ l माओवादी पार्टी इटाली सन् १९८४ को रिम घोषणापत्रमा सही गर्नेहरूमध्येकै निरन्तरताको पार्टी हो l विषेश स्रोतबाट प्राप्त यो ‘प्रत्युत्तर चिठी’ लाई अनुवाद गरी हामीले यहाँ प्रस्तुत गरेका छौं l )
—————————————————————————————————————————
प्रिय कमरेडहरू,
हामीले तपाईँहरूको दस्ताबेज रुचिका साथ पढ्यौँ र हामी यसको सारतत्वको स्वागत गर्दछौँ ।
आरसिपि अमेरिका र अभाकियनवादप्रति तपाईँहरूको आलोचना, अघि बढाइको एउटा महत्वपूर्ण कदम हो । यसले अन्तर्राष्ट्रिय तहमा एकता र सङ्घर्षको प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याँउँछ भने कुरामा हामी सहमत छौँ ।
यसका साथै प्रस्ट कुरा के हो भने हामीले सङ्क्षिप्तमा केही प्रश्न पनि उठाएका छौँ । आउँदा महिनाहरूमा यसबारे हामी विस्तृत अध्ययनकार्य गर्नेछौँ । कृपया छोटो समयमा यति लामो पाठको राम्रो अध्ययन गर्ने कुरा हाम्रा लागि गारो छ भन्ने कुरालाई तपाईँहरूले गम्भीरतापूर्वक लिइदिनुहोला । हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि हाम्रो शक्तिभन्दा व्यापक र उच्च भए पनि अनुवाद कार्यका लागि हामीसित पुग्दो मात्रामा जनशक्ति छैन ।
१.तपाईँहरूको दस्ताबेजले रिमसित सम्बद्ध पार्टीहरूको विशेष बैठकहरूलाई न्यूनीकरण गरेको छ । सहभागी हुनका लागि केही वस्तुगत कारणहरू भएका भए पनि यी, दुर्भाग्यवस नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र यसमा देखापरेको अवसरवादी संशोधनवादी विचलनले उत्पन्न गरेको चौतर्फी अन्यौलले असर पारेको बेलामा भएका महत्वपूर्ण बैठकहरू भएकाले, बैठकको आवश्यकताको महसुस गरिनुपर्दथ्यो । यसरी यसको प्रभावको सचेतन समीक्षाबिना यस किसिमको बैठकलाई बेवास्ता गर्नु त्रुटिपूर्ण थियो ।
२. अरू अन्तरराष्ट्रिय सङ्गठनहरू र तिनीहरूको भूमिकासम्बन्धी बुझाइ अवश्य पनि सतही छ र ती अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने कुरा त्यति हरहिसाब राख्नुपर्ने विषय होइन, र तिनीहरूले वैचारिक, सैद्धान्तिक तथा व्यावहारिक क्षेत्रमा खासै प्रभाव पार्दैनन् । आइएलपिस जुन गम्भीर विभाजनबाट गुज्रियो र अहिले पनि सङ्कटमा छ, यसको भूमिका बहसछलफल र अन्तर्राष्ट्रिय सङ्गठन रिमका सम्बन्धमा र त्यसपछि पनि केही उल्लेख्य छैन । यस अर्थमा रिमको अनुभवलाई अगाडि राखेर हामी यस किसिमका सङ्गठनहरूको आलोचनालाई गहनता र गम्भीरतापूर्वक अघि बढाउनु आवश्यक ठान्दछौँ, अन्यथा हामी हाम्रो असल चाहना र प्रयासअनुरूप जान सक्तैनौँ, जसले वर्तमान स्थितिलाई रूपान्तरण गर्नसकोस् ।
३. तपाईंहरूको प्रस्तावमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबारीको एकतालाई पनि त्यति महत्व दिएको अभिव्यक्ति पाइँदैन, जसले अन्तरराष्ट्रिय सङ्गठनको समस्या र सारतत्वमा परिवर्तन ल्याएको छ । र पनि भाकपा नक्सलवारीको स्थिति र गतिविधिबारे तपाईँहरूको दस्ताबेजमा उल्लेख गरिएको बुझाइप्रति भने हामी सहमत छौँ ।
४. हालसालै हामीले मालेमा र अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनमा भएका विकासका सम्बन्धमा टर्की, ल्याटिन अमेरिका र युरोपमा सकारातमक र नकारात्मक दुवै पक्ष देखेका छौँ । हामीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र तिनलाई तीवता दिनुपर्छ । हामीलाई लाग्छ तपाईंको दस्ताबेजमा यसबारे सही अपिल हुन्थ्यो भने यसले ऐक्यबद्धता जनाउनुको साथै उद्देश्य प्राप्तिमा पनि सहयोग पुग्थ्यो ।
५. हाम्रो आन्दोलन र विश्वका मालेमावादी पार्टी र सङ्गठनहरूको बुझाइ, नेपालको स्थिति राजनीतिक क्षेत्रमा प्रचण्डवादी प्रभावमा अझै पनि रुमलिइरहेको छ र यसले तपार्इँहरूलाई घटना सन्दर्भहरूको सही विश्लेषण र संश्लेषण गर्न दिइरहेको छैन र यसले तपाईँहको पछिल्लो महाधिवेशनलाई पनि अन्तर्राष्ट्रिय रूपमा सकारात्मक सारतत्व प्रदान गराउन सकेको छैन भन्ने रहेको छ ।
आन्तरिक तहमा यो तपाईँको पार्टीको विशिष्ट पक्ष हो भने अन्तर्राष्ट्रिय स्तरमा तपाईंहरूको महाधिवेशनको दस्ताबेज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि आवश्यक मात्रामा आकर्षण र सुरुचिको विषय बन्नसकेको छैन ।
हामी यी सन्दर्भहरूमा तपाईँहरूसित सोझै अथवा दुई पक्षीय तथा त्रिपक्षीय अथवा विस्तारित रूपमा छलफल गर्ने आशा गर्दछौँ र हामीले उठाएका प्रश्नहरू तपाईँहरूका लागि रुचिकर छन् भने हामी यसको उत्तरको प्रतीक्षा पनि गर्दछौँ ।
कमरेडली,
पिसिएम, इटाली
जनवरी २०१५

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.